ममता मृदुलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी सञ्चार र साहित्य दुवै क्षेत्रमा सक्रिय प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘प्रित’ शीर्षकको मुक्तक समेटिएको छ । यस मुक्तकले परिस्थितिअनुसार गीत, शीत र प्रित हुन सक्ने विचार व्यक्त गरेको छ । -सम्पा. |
गाउन जानेकालाई म मधुर मिलनको गीत हुँ
कहिले लाग्छ बिहान कर्कलाको पातको शीत हुँ
मायामा घुलेको छु, जे सोचे पनि के फरक पर्छ प्रिय
त्यसैले लाग्छ मन मुटुमा छाइरहेकी मृदुल प्रित हुँ ।।