चिन्तु गिरी मोफसलमा रहेर साहित्यसेवामा समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित धमिलो ‘मुहान’ शीर्षकको मुक्तक समेटिएको छ । यसले आज समाज र संस्कृति एवम् राजनीतिको मुहान नै बिग्रँदै गएको पक्ष उजागर गरिएको छ ।
-सम्पा. |
धमिलो छ मुहानतिर सङ्लो खोज्ने समाज भयो
मुखियाको मिलेमतो सुन्दा पनि लाज भयो
प्रकृतिले सिंगारेको हाम्रो प्यारो जन्मभूमि
रक्षा गर्ने अभिभावक आज उल्टै बाज भयो ।