यादव भट्टराई युवा पुस्ताका सक्रिय सर्जक हुन् । उनको कलम मुक्तक रचनामा जमेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा मुक्तक रचना समेटिएको छ । यस मुक्तकले नववर्षले सारा तिक्तता बिर्सिई सबैमा कामना गर्न सकोस् भन्ने विचार अगाडि सारेको छ । -सम्पा. |
त्यागेर आलस सबै जाँगर र सङ्घर्षले
हटाई सारा दुःखकष्ट अब नयाँ हर्षले
वैरभाव, दम्भ र कल्मष नहोस् अब कतै
देओस् खुसी र उत्साह सबमा नयाँवर्षले ।
भैरहवा
हाल काठमाडौँ