देवकी तिमल्सिना युवा पुस्ताकी कवि एवम् कलाकार प्रतिभा हुन् । उनका कविता, गीत, मुक्तक र गीतिएल्बमहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘समय’ शीर्षकको मुक्तक रचना समेटिएको छ । यस मुक्तक रचनाले समयका विम्बमा आजभोलिका मानवीय कमजोरीलाई देखाएको छ । -सम्पा. |
आजभोलि समय कमजोर र निष्ठुरी भएको छ
जीवनको गतिशीलता परिस्थिति सँगै गएको छ
शून्यमा विलिन हुँदै गए सारा खुसी र मूल्यहरू !
भरोसाको पाटीबाट जिन्दगीेले इन्द्रेणी लएको छ ।