दिव्य गिरी विशिष्ट साहित्यकार हुन् । उनको परिचय साहितयसागरका विभिन्न अङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा मुक्तक रचना समेटिएको छ । ‘पालाको पैँचो’ शीर्षकको यस मुक्तक रचनाले नेपाली राजनीतिको दाउपेचलाई व्यङ्ग्य गरेको छ । -सम्पा. |
जसलाई ताकेर उसले हानेकोथ्यो तिर
आज उसकै पाउमा राख्यो आफ्नो शिर
अचम्म नमान भ्राता! यहाँ यस्तै यस्तै हुन्छ
दुष्मन दुष्मन एकै भए, लाग्यो कि पीर ?