मान भुलेल (तनहुँ, २०१९) नेपाली समाजमा बहुमुखी परिचय बनाएका प्रतिभा हुन् । उनी अध्ययन र जागिरका सिलसिलामा देश विदेशका विभिन्न ठाउँमा पुगेका छन् । हाल सानेपा ललितपुरमा बसोबास गर्दै आएका भुलेलको वास्तविक नाम मानबहादुर भुजेल हो । उनी पेसाले सिभिल इन्जिनियर हुन् । उनी सामाजिक एवम् साहित्यिक अभिरुचिका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संस्थामा २८ वर्षभन्दा बढी सेवा गरेका छन् । उनले स्कुले जीवनमा नै केही फुट्कर लेख, कथा र कबिताहरू लेखेका थिए । उनी वि.सं. २०४६–२०४७ तिर साहित्य लेखनमा बढी सक्रिय रहेको पाइन्छ । सुरुमा समालोचना दैनिकमा लेख प्रकाशित गरेर साहित्यिक लेखनको यात्रारम्भ गरेका उनी पछिल्लो चरणमा मुक्तक, कविता तथा बालकविता लेखनमा सक्रिय रहेका छन् । विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा उनका मुक्त्स्क तथा बालकविताहरू प्रकाशित भएका छन् । उनको मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । .साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनका दुई वटा मुक्तकहरू प्रकाशित छन् । यी मुक्तकमध्ये एउटाले वर्तमान प्रशासनिक व्यवस्थाप्रति व्यङ्ग्य गरेको छ भने अर्कोले प्रेमप्रणयको विषलाई आत्मसात गरेको छ । राजनीति र प्रशासनिक कमजोरीको विरोधका साथै पवित्र प्रेमको गायन गर्नु उनका मुक्तकको विशेषता नै हो ।
-सम्पा. |
घोषणा पत्र
इच्छा सुची जस्ता देखिने घोषणा पत्रहरू छापेर
पूराण शैलीमा दोहोर्याइ, तेहेर्याइ भाका हालेर
टालटुले चटके र पटके योजना ल्याउने बाचा गर्दै
झाले माले मिलेर खाउँला दामी मन्त्रालय बाँडेर ।
प्रतीक्षा
कहिले लजाई बोल्नलाई अल्मल गछ्र्यौ
कहिले वरिपरि आई सलबल गछ्र्यौ
सधैँ दलबल बाँधेर हिँड्ने तिमी
मेरो घरको सङ्घार कहिले झलमल गर्छयौ ?
तनहुँ
हाल ललितपुर