SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » चटके, कठपुतली र तमासे
कविता

चटके, कठपुतली र तमासे

Sahitya SagarBy Sahitya SagarJanuary 14, 2023No Comments4 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
इन्दिरा प्रसाईँको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी कविता, आख्यान र गैरआख्यानमा कलम चलाउने प्रतिभा हुन् । उनले साङ्गठनिक एवम् सिर्जनात्मक ढङ्गले साहित्यसेवा गरिरहेकी छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘चटके, कठपुतली र तमासे शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपालको राजनैतिक विसङ्गतिको पर्दाफास गरेको छ ।

-सम्पा.

पर्दा खुल्लै छ
एउटा केही पुरानोजस्तो
रङ्गमञ्च देखिएको छ
रङ्गमञ्चको उज्यालोमा
धुमधामको तामझाम छ
अग्रिम पङ्तिमा
एउटा दीव्य आसन छ
त्यो आसन खाली छ ।

रङ्गमञ्चको पछिल्तिरपटि्ट पनि
बाक्लो पर्दा छ
पर्दा पछिल्तिर बसेर
कुन्नि कति छन् चटकेहरू
डोरी तानेर
कठपुतलीको नाच
एकनास देखाइरहेछन् ।

चटकेको इसारामा
हिजोदेखि आजसम्म
कठपुतलीको खेल
एकनास प्रदर्शन भइरहेछ
तीव्र प्रतिस्पर्धाका कठपुतलीहरू
तँछाड मछाडको दृष्य
थाहा छैन कहिलेसम्म कठपुतलीहरू
र हामी तमासे !

दीव्य आसनका ओरिपरि रङरङका
कठपुतलीहरू नाचिरहेछन्
रङ्गमञ्चभरि धेरै संख्यामा
रङ्गीचङ्गी पुतलीहरू पनि
छरिएका छन्, भरिएका छन्
स्थिर आँखाले
कौतुहलको भावले
निरीह मनस्थिति सँगाल्दै
प्रतिक्रियाविहीन दृष्टिले
रङ्गीचङ्गी पुतलीहरू
तिनको पहुँचबाट धेरै टाढाको
दीव्य आसन
लोभिएर हेरिरहेछन् ।

पहेंलो, हरियो, सिंदुरे,
रक्तिम र कालो रङ बोकेका
कठपुतलीहरू !
पर्दापछाडि कतै बसेर
अदृष्य डोरी समातेका चटकेहरू
कठपुतली नचाउँदै छन्
चटकेका सीपको कमाल हुन् कठपुतली
युगलाई अल्मल्याउने
निरन्तरका तमासा हुन् कठपुतली
ब्रुकब्रुक उफ्राइन्छन् कठपुतली
कहिले निहुरिन्छन् पाउसम्म
र दामै पनि चढाइदिन्छन् कठपुतली !
रगत कै होली पनि खेलाइन्छन् कठपुतली !
खेल जिते कठपुतलीले
हौसिन्छौं हामी तमासे
रमाउँछौं हामी तमासे
ताली बजाउँछौं हामी तमासे ।

चटकेको इच्छामा
कुनैबेला पहेंला कठपुतली पनि
नचाइन्छन् र दौडाइन्छन्
अथवा बेरङका कठपुतली नै भएपनि
त्यही अग्रपङ्तिमा विराजमान
दीव्य आसनमा बसाइन्छन् पनि
तमासेहरूको नियति
ताली बजाउँने
रमाउँने र गाना बजाना गर्नें
कठपुतलीका गलामा हर्ष प्रतीक भएर
माला पहिर्याउँने
विजयोत्सवमा जिन्दावादका
गगनभेदि नारा लगाउँने ।

यसरी यो क्रम दोहोरिन्छ
यही क्रम तेहरिन्छ
चटके चटक देखाइरहन्छन्
कठपुतली नचाइरहन्छन्
अनि तमासे हामी
चटकेका खेलमा सहभागी हुनु
शायद हाम्रो नियति
कठपुतलीको यशोगानमा
सरिक हुनु
मात्र हाम्रो जीवनशैली
तमासे भएर ताली बजाइरहन्छौं
तमासे भएर विजयोत्सव मनाइरहन्छौं ।

अग्रपङ्तिको दीव्य आसनमा
कठपुतली बसाल्नुअघि
चटके कठपुतलीको
रङ फेरिदिन्छ तर भोग उस्तै
चटके स्वयम् भाग्य निर्माता कठपुतलीको
जन्मदाता, कर्मदाता
चटकेको हातको औंलामा
गाँसिएको कठपुतलीको अस्तित्व
चटकेको औंलाको शक्तिले
दीव्य आसनमा बसाइन्छ कठपुतली
चटकेकै खेल खेलमा
एकाएक दीव्य आसनबाट
हटाइन पनि सक्छ कठै कठपुतली !
सिंदुरे र रक्ताम्मे
अथवा हरिया नै कठपुतलीहरू !
कहिलेकाँहीं टुक्र्याइन्छन् पनि
गुलाफी, सुन्तले, कलेजी र
अन्य रातैजस्ता लाग्ने रङका पनि
रङमञ्चैभरि कठपुतलीहरू !
घाँसे हरियोबाट टुक्र्याएर
सुगा हरियो समेत कठपुतली !
चटकेको चाहना न हुन् कठपुतली !
कल्पना पनि गर्नै नसकिने गरी जोडिइन पनि सक्छन् कठपुतली
लाजै मर्दो गरी
एकाकार पनि पारिन सक्छन् कठपुतली !
एकनास नाचिरहेछन् कठपुतलीहरू !
नचाइएका छन् कठपुतलीहरू ।

चटकेको अनुशासनमा नबसे कठपुतली !
अथवा चटकेको डोरी चुँडालिहाले कठपुतली !
अलप नै पारिन सक्छन्
रङ्गमञ्चबाटै कठपुतली !
त्यसैले भयभित पनि छन् बरा कठपुतली!
कालो पनि छ कठपुतली
निख्खर कालो रङबाट झुर्केर
गाढा नीलो, फुस्रो कालो, आकाशे नीलो,
खैरो र अरू पनि त्यस्तै रङहरूमा
विभाजित छन् काला कठपुतलीहरू
काला खण्डित स्वरूपका कठपुतलीहरू
चटकेको नाँचमा सहभागी हुन पनि
मसिना धेरै मसिना भइदिनाले
चटकेकै खेलमा समेत
वाधा पार्लानजस्ता पनि छन् काला कठपुतलीहरू ।

दीव्य आसनबाट
पलायन पारिएको कठपुतली
तमासेको धारे हातको मर्मले
विछिप्त हुन्छ, विस्थापित हुन्छ,
चटकेको चटक हो कठपुतली !
आत्मसम्मानको अर्थ नबुझ्ने तमासेका लागि
निर्धो रङ्गमञ्चको उत्पात सुन्दरता हो कठपुतली !
अपरम्पार आकर्षण हो कठपुतली
कहिले हरियो र रक्तिम कठपुतली विजयी
कहिले पहेँलो र कहिले सिंदुरे विजयी
कहिले काँही दुई रङ अथवा
धेरै रङ मिसाएर पनि
बनाइदिन्छ चटके नयाँ विजयी सिङ्गो कठपुतली !
विजयको उन्मादमा चिच्याउँछौं
हामी तमासे !
शक्तिका पुजारी हामी तमासे !
विजयीका भक्त हामी तमासे !
पराजितलाई लघार्ने हामी तमासे !
पराक्रमसँगमात्र सरोकार राख्ने
बलेको आगोमात्र ताप्ने
चटकेको खेलमा रमेर
वास्तविक दृष्यका लागि
सँधै गान्धारीनियति स्वीकार्न तयार
हामी तमासे !
भरखरै फेरि प्रतिस्पर्धाको प्रारम्भ भएको छ
नचाइँदैछन् कठपुतली !
रङबाट बेरङ भएका कठपुतली !
दीव्य आसनमा बस्ने लालसामा
धमाधम नचाइँदैछन् कठपुतली
तँछाड मछाड गराइँदैछन् कठपुतली !
कठपुतलीको खेलमा सँधै झैं
यसबेला पनि सघाउँदैछौँ हामी तमासे
हाहा हिहीको खेलमा मस्त छौँ हामी तमासे
अलिकति लोभ र अथाह पापको चाश्नीमा डुबेको
खट्टिमिट्ठीको स्वाद लिँदै
पुस्तौँपुस्ता नाश्ने खेलमा
सहभागी हुँदै
रमाउँदैछौँ हामी तमासे
अस्तित्ववोध नभएका हामी तमासे
स्वाभिमानको अर्थ थाहा नपाएका
हामी तमासे
एकनास ताली बजाइरहेछौँ
हामी तमासे !

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 242
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

शत्रु

February 5, 2024

उहाँ हजुर

February 5, 2024

थाहै पाइनँ

January 28, 2024

हामी

January 28, 2024

ज्येष्ठका पीडा

January 18, 2024

कालमहिमा

January 18, 2024

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.