SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » चिन्ता र सङ्कल्प
कविता

चिन्ता र सङ्कल्प

डा. मधुसूदन लामिछानेBy Sahitya SagarNovember 26, 2022No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

डा. मधुसूदन लामिछानेको परिचय साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेको छ । उनी विशिष्ट कवि प्रतिभा हुन् । यहाँ उनको ‘चिन्ता र सङ्कल्प’ शीर्षकको कविता समेटिएको छ । यस कविताले नेपाली राजनीति र समाज व्यवस्थाका विविध विसङ्गतिको उजागर गर्दै तिनको अन्त्यको सङ्कल्प गर्न ढिला भइसकेको पक्ष उजागर गरेका छ । शास्त्रीय लयढाँचाअन्तर्गत शिखरिणी छन्दमा संरचित यो कविता लघुकाव्यउन्मुख संरचनामा संरचित छ ।

-सम्पा.

मान्छे हो आसुरी झैँ किन नि यसरी मूलमा हाल्छ छारो ?
बिस्तारै दीप निभ्छन् अशिव छ घरमा बढ्न थाल्यो अँध्यारो
पैसाची नीति चल्छन् भयभित बबुरो भोग्न थाल्दैछ सास्ती
छातीमै टेक्न आए रिपुदल सजिलै त्रस्त छन् गाउँ बस्ती ।

मेरो माटो दिवामा विचलित छ सदा ताक्छ गोली छिमेकी
वाणीमा दिव्यशोभा जहर छ मनमा खेल्न थाल्यो डुबुल्की
चिम्पाञ्जीले चलाए चलन छ ननिको खोज्दछन् भाग आफ्‍नै
गोरिल्लाले उठाए उठ उठ अब हे स्वर्ग नै हुन्छ आफ्‍नै ।

छाप्राकी धुर्त नारी रवि र शशिसरी रोशनी बन्छु भन्छिन्
जन्जाली जाल फ्‍याक्दै जलचर सजिलै तान्न सक्ने म भन्छिन्
चौतारो हुन्छ तारो भयभित जन छन् बाघ कुर्लन्छ आई
बेकम्मा बारुला छन् मधुमय रसमा हेर मौरी धपाई ।

तिम्रो हो सूर्य, मेरो गगनतल सदा हिँड्छ है हेर भन्छ
अर्घौतो खोस्छ हाम्रो अधिपति म भएँ अर्घ अर्पन्छु भन्छ
कुत्ताझैँ भाग खाने अधिक जनहरू बोल्न को सक्छ आज ?
बैरीका सामु भन्दै जय जय जय होस् हुन्छ त्यो लम्पसार ।

चल्ला होलान् भनेथ्यौँ रहर सब मरे फूल पार्दैन पोथी
ओथारो बस्छु भन्छे विवश छ कुखुरो दिक्क लाग्दो गृहस्थी
चढ्ने इच्छा थियो त्यो शिखर अति उचो मार्ग नै ध्वस्त पारे
जिम्दा ती कर्मयोगी नवयुवकहरू देशबाटै लघारे ।

लुच्चा, छुच्चा, लफङ्गा वरपर नरहे भात पच्दैन भन्छन्
लोभी पापी नजाती निच जति जहिल्यै देशका भक्त बन्छन्
झार्लाङ्गे योजना छन् कलम अति खुनी अन्ध भै लेख्छ मान्छे
आधा खायो डकार्‍यो अझ पनि जहिल्यै भाग खोज्दैछ भान्छे ।

कोसेलीले अघाए प्रतिदिन घिचुवा घिच्न छोड्दैन कैल्यै
खोस्टो भो देश हाम्रो खटन छ अरूकै बुद्घि फिदैन कैल्यै
चौपायाका गलामा गजव छ घुँघुरो बज्छ त्यो हिंड्न खोज्दा
आँखा इष्र्यालु छन् ती परतिर ननिका सत्यका द्वार खोल्दा ।

बेताले धुर्त बाठारहित मनुजता भेलमा खेल खेल्छन्
सेरोफेरो छ मेरो महल हल भनी दम्भमा दङ्ग पर्छन्
आसेपासे अनेकौँ सुखसयल यता धुर्त साँढे सरी छन्
सोझा, भोका र नाङ्गा तररर पसिना लाख पीडा यता छन् ।

दुर्भागी भाग खोज्छन् तलतल त अझै दुष्टका चक्र चल्छन्
दोचारे छन् र चार्छन् चरण चहकिला स्वार्थकै वीज रोप्छन्
भ्रष्टाचारी कुचारी मतिरहित सबै दम्भको हुन्छ खेती
रोप्छन् बारी भरी ती निम अनि धतुरो भन्दछन् फल्छ मोती ।

यस्ताका साथ लागी सुन रजत सबै हुन्छ पक्कै फलाम
रुन्छिन् आमा धरामा सहन नि नसकी गर्छ खै को जगेर्ना
द्रष्टाको दृष्टि गुम्ला छ नि पछि रहने भाइको छैन भाउ
भाषामा भारतीको भवन पनि ढल्यो धुर्त खोज्दै छ दाउ ।

उठ्नै पर्ने भयो लौ उठ उठन उठौँ वीरका सन्तति हौँ
लड्नै पर्ने भयो लौ अब पछि नहटे वीर हौँ साथमा छौँ
माटाका निम्ति मर्ने विमल तन मरे हर्षको गीत गाई
तिर्नै पर्ने भयौ लौ ऋण अब त तिरौँ रक्तधारा बहाई ।

जुध्छन् जुध्नेहरू छन् तल वितल जुधून् खेल हेर्ने छँदैछ
साँढे, राँगा र घोडा हर प्रहर जुधून् न्यायकर्ता छँदैछ
लुट्ने हो लुट थालौँ अब पछि नहटौँ भन्न थाले हजारौँ
अर्काकै भुट्न थाले गहुँ जहुँ र भने भाग्य आफ्‍नै सपारौँ ।

नेपालीका सुनौला स्वरित सुसपना दुष्ट आई जलाए
सामन्ती, राष्ट्रघाती प्रतिनिधि सबले मात्र कुर्सी बचाए
कल्ले मार्‍यो मरायो प्रतिदिन गतिला अग्रगामी विचार
सुक्दैछन् वृक्ष हाम्रा सरस फल कहाँ ? जिन्दगी छन् असार ।

बढ्दै आए थलामा रिपुदल खुकुरी धारिलो पार्नुपर्छ
भन्ने ती राष्ट्रवादी किन नि मुक बने बोल ए भन्नुपर्छ
आकाङ्क्षा उच्च आशा पवनसँग उडे मात्र दुर्गन्ध बाँकी
माटो मात्रै छ बाँझो विउ छ अगतिलो भन्छ फल्ला असर्फी

नौला आए र गाए सुमधुर ध्वनि ती चैत वैशाख ल्याए
छोटा, दुब्ला र दुःखी गरिब मुलुकका निम्तिमा गीत गाए
नौला बाजा बजाए मुलुकतिर, यता द्वार आफ्‍नै सजाए
बटो बिर्सी कुदेका दुषित मति हरे धुर्त बाठा उठाए ।

छारो छर्कन्छ आफै विमल मल भए मूल धारा पँधेरा
सङ्लो पानी कुलामा सललल नहुँदा बढ्न थाल्यो निरासा
नैटङ्की नोटमै छन् विचलन छ सधैँ बस्दछन् बाघ पाली
हालिन्छन् रे जरामै जहर हरघडी पात हाँगा नियाली ।

बाटो कच्ची र चिप्लो कठिन गिरिहरू सारथी छन् सुरामा
भाडा थुत्ने भरौटे भ्रमित भ्रमरझैँ प्रीति गर्छन् घडामा
हाम्रा आदर्श आस्था अधिकतम ढले ढाल्नु पर्नेछ भन्छन्
गाडी पुग्ला नपुग्ला भयभित मन कयौँ मार्गमा स्तब्ध गुड्छन् ।

झम्टा मार्ने चरा ती भुरुरुरु उरमा नित्य आएर डस्छन्
हा हा भन्ने गलाको ध्वनि सब सुकिसक्यो मात्र हेरी रहन्छन्
आशङ्काको अनौठो गगनतल कडा मेघ कालो कुदेको
सेता डल्ला नजाती वररर तनमा हेर्नु खै के झरेका ।

कब्लामा पर्न जाला अदुषित मृतिका ठोक्नु पर्नेछ कब्जा
ब्वाँसा आएर बासे पनि अभय भई खोज्नु पर्ने मुआब्जा
लचारीका गलामा टुङटुङ नमिठो हेर घण्टी बजेको
निर्धो भोग्दै छ पीडा तररर पसिना माथबाटै झरेका ।

गद्दारीका गलामा विषसहित घडा डस्न खोज्छन् सदैव
सत्ता भत्ता र सेना सबतिर नमिठा तर्कमा छन् कुतर्क
उठ्नै पर्ने भयो लौ मजदुर महिला जाति औ वर्ग सारा
बालौँ छिट्टै दियालो अब पछि नहटौँ कन्दरा झन् अँध्यारा ।

बाटो ठाडो उकालो भयभित जन छन् त्याग्नु पर्ने छ पैले
आगो झोस्दै हिँडेको किन किन त्यसरी त्याग्नु पर्ने छ ऐले
भेडा राँगासरी छन् सहनु नि कसरी ? बाघभैंm छन् बिडाला
मेरो हुन् खेतबारी पशु जन धन यी भन्न थाले गुरिल्ला ।

यो खानू त्यो नखानू सुर असुर भई भन्न थाल्छन् छिमेकी
बस्बस् उठ्उठ् उठेरै तनमन सब दे गर्छ चर्चा छिमेकी
हेर्दैमा लोभ लाग्दो र अहित नहुने खेल स्वाधीनताको
आयो हेर्‍यो बिगार्‍यो विगत छ नमिठो मर्ममा बल्छ आगो ।

के गर्ने वा नगर्ने मन मगज मथी कर्ममा जुट्नुपर्छ
कोकाँ कोकाँ कलाका स्वरलहरहरू देशकै चल्नुपर्छ
टोपी उच्चो छ हाम्रो अति चहकिलो ताक्न पाइन्न यहाँ
हाम्रो बाटो र माटो मुटुभरि छ सदा टेक्न पाइन्न यहाँ ।

गद्दारी गर्छ जेठो प्रबल छ घरमा माहिलो धन्धुकारी
कान्छा निर्लिप्तमै छन् जन धन सजिलै भर्न थाल्छन् भकारी
होचोमा मात्र घोचो विवरण छ झुटो मस्त अग्लो रमायो
ज्ञानी ध्यानी, इमानी सरल दिल कुट्यो मुर्खको गीत गायो ।

संस्थाका कर्मयोगी सुमति सुपथ होस् त्यागको रास लागोस्
आओस् सामथ्र्य सारा कुटिल मन ढलून् नीच दुर्भाव भागोस्
आमाको स्वप्न मीठो र प्रहर पहिलो सूूर्यझैँ चम्किलो होस्
बाबाको त्याग त्यस्तो अमृतमय बनोस् नित्य आभा उदाओस् ।

प्यारा भुप्रा र बारी सडक अनि खलाबाट निस्कन्छ आगो
आगो सल्क्यो धरामा महसुस गरिदा निस्कियो भाव कालो
स्वार्थी लोभी र भोगी जन लहर यता त्यागमूूर्ती उता छन्
गेव्रे आवाज दम्भी पहिरन सुकिलो दम्भमै गर्व गर्छन् ।

झुत्रे झात्रे र थाक्रे तररर पसिना झार्दछन् छन् गरामा
खने बस्ने र हिड्ने सकुसल उभिने स्थान खोज्छन् धरामा
दुम्सीका साथ लागी कुकुर कुखुरा मात्तिदै गर्व गर्छन्
के भन्ने हो बिचार विचलित बबुरा रातमा सूूर्य खोज्छन् ।

आँखा राता बनाई झररर असिना झार्दछन् गाउँबेसी
अन्यायीका अनौठा गतिविधि ननिका झार्नु पर्ने छ सेखी
त्यै बेला ज्वारभाटा चमचम खुकुरी चम्किए खेतबाट
लाठा भङु्ग्रा र भाला सबतिर हँसिया निस्किए द्घारबाट ।

झम्टा मार्ने इरादा लिइकन सठ त्यो बाजले हाम फाल्यो
के लाग्थ्यो मास उल्र्यो परिणत नमिठो वाजले प्राण त्याग्यो
निस्क्यो आवाज उम्दो छ दमित हँसिया बोल्न थाल्यो सगर्व
उठ्नै पर्ने भयो लौ उठउठ हसिया शानले बाँच्नुपर्छ ।

गोली बोली र डोली सहमति नगरे सित्तिमै जान्छ ज्यान
भोकालाई भुलाई भवन सब भरे आउदैनन् बिहान
अर्काका खेतबारी तररर पसिना झार्छ बाली उमार्छ
आशाका बोट रोपी जलमल मृतिका प्रेमका साथ गोड्छ ।

फुल्छन् फल्छन् र बढ्छन् रसमय फल ती चाख्न पाउन्न त्यल्ले
डाला थुन्से भकारी ड्रम अनि ठुइला भर्न पाउन्न त्यल्ले
बन्दै ज्यालामुखी त्यो वन अनि मनमा उग्र ओकल्छ आगो
ज्यानै जाओस् तथापी असहज गतिमा निभ्न जान्दैन आगो ।

-सल्यान

  • Sahitya Sagar
    Sahitya Sagar
डा. मधुसूदन लामिछाने
डा. मधुसूदन लामिछाने
Post Views: 343
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

शत्रु

February 5, 2024

उहाँ हजुर

February 5, 2024

थाहै पाइनँ

January 28, 2024

हामी

January 28, 2024

ज्येष्ठका पीडा

January 18, 2024

कालमहिमा

January 18, 2024

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.