SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारत
समीक्षा

महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारत

डा. सिर्जना उप्रेतीBy Sahitya SagarNovember 1, 2022No Comments14 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

डा. सिर्जना उप्रेतीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी मूलतः समीक्षक प्रतिभा हुन् । नेपाली भषासाहित्यमै विधावारिधि उप्रेति प्राध्यापन पेसामा संलग्न छन् । देवकोटा विशेष यस शृङ्खलामा उनको ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा र भारत शीर्षकको समीक्षा समेटिएको छ । यसले देवकोटाको प्रभाव भारतसम्म रहेको पक्षलाई उजागर गरेको छ ।

-सम्पा.

महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्ना जीवन कालमा चार पटक भारतको दार्जिलिङ, कालेबुङ पुगेको तथ्य थाहा पाइन्छ । उनी सिक्किम पनि गएका थिए भन्ने कुरा उनले त्यहाँ सिक्किमका महाराजको प्रसस्ति गान गरेर प्रसंशा कविता पनि लेखेको कुराबाट थाहा लाग्दछ। एकपल्ट सिक्किम जान लाग्दा रम्फूको सीमामा पुलिस‌ले देवकोटालाई रोकेर कविता भन्न लगाएको थिए भन्ने घटनाले उनी भारतमा त्यतिबेला नै अत्यन् लोकप्रिय भइसकेका थिए भन्ने स्वतः सिद्ध हुँदछ । देवकोटाले तत्कालै On Teesta कविता रचेर ती पुलिसलाई सुनाएका थिए । पछि नेपालीमा पनि उनले टिस्टा बारे कविता लेखेका थिए।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले दार्जिलिङ, कालेबुङ, सिक्किम जाँदा तत्काल कविता रचना गरेका थिए। ती कविता प्रकाशित पनि भएको पाइन्छ। तीमध्ये दोर्जेलिङ‌को बाघ चूलीमा, सिक्किम, कालेबुङ, On Teesta, टिस्टा जस्ता कविताहरू उल्लेखनीय र प्रसिद्ध छन् । नेपाली साहित्य सम्मेलनले देवकोटालाई बोलाउँदा इन्द्र सुन्दास‌ले स्वयंसेवकका रूपमा त्यहाँ सघाएका थिए भन्ने जानकारी थाहा लाग्दछ ।

वि.सं २००६- २००७ मा काशी गएर बस्दा पनि उनले यथेष्ट रचना गरेको थाहा पाइन्छ । त्यसकाल रचिएका कतिपय कविता अझै पनि प्रकासित हुन नसकेको पनि यदाकदा सुनिन्छ । तर काशी कालका केही कविताहरूमध्ये बाघले बच्चा किन खान्छ ?, साँढे, मायाविनी सर्सी, प्रभुजी भेडो बनाऊ, भाँचूँ कि मेरो कलम, झञ्झावीर, मायाविनी सर्सी, पहाडी पुकार, युद्ध स्वागत आदि रचेको थाहा लाग्दछ । अझ नवरस, मैना, सुन्दरी, वसन्ती आकाश बोल्छ, भावना गाङ्गेय जस्ता कृति पनि यसै बेला उनले रचेका हुन् । महाराणा प्रताप, शाकुन्तल, बापू, हुरीको गीत, मृत्यूको जुँगा उखेल् जस्ता रचनामा उनले भारतीय गर्व गान गरेका छन्।

काशीमा बसेर रचना गरेको उनको मायाविनी सर्सी एउटा महत्त्वपूर्ण कृति हो। मायाविनी सर्सीमा बनारसप्रवासमा रहेर प्रजातन्त्र प्राप्तिका निम्ति होमिदा प्रलोभनमा फसेर क्रान्तिकर्मदेखि विमुख भएका व्यक्तिलाई सर्सीको मोहनी जालमा फसेका युलिसिसका दूतहरू ठान्दै आफूलाई अविजय युलिसिसका रूपमा उठाएक प्रसङ्‌गलाई समालोचक डा. शालिकराम शर्माले अघि सारेका छन् लक्ष्मीप्रसाद देवकोटा जीवनीगत परिचय र प्रवृत्ति, सन्दर्भ: देवकोटा ११० औँ जन्मजयन्ती)। काशीमा नेपाली काङ्ग्रेसको हुटहुटीमा लेखन्ते भएर गएर पछि विचल्लीमा परेका देवकोटाले ‘युगवाणी’ को सम्पादकका रूपमा पनि केही समय काम गरेको थाहा पाइन्छ । आर्थिक सङ्‌कटले ग्रस्त देवकोटाले यहाँ आफ्ना कविताहरू चार आना (२५ पैसा) गोटा बेचेको कुरा सुन्न पाइन्छ । एउट रोचक प्रसङ्‌गअनुसार काशीका सौभाग्य पुस्तकालयमा टिकादत्त धिताललाई उनले प्रतिश्लोक चार आना दिने सर्तमा कविता दिने निधो भएछ । त्यस सर्तअनुसार पहिलो दिन २५ श्लोक, दोस्रो दिन चौथो दिन ५० श्लोक, तेस्रो दिन २०० श्लोक, चौथो दिन ५०० र त्यसको पर्सिपल्ट २००० श्लोक रचेर टिकादत्त कहाँ पुऱ्याउँदा टिकादत्तले आफू हारेको भनी हात उठाएछन् । त्यहाँ टिकादत्तले उनलाई तपाईँ नेपाली भाषाका साक्षात् व्यास हुनुहुँदो रहेछ मैले चिनिनँ, माफ गर्नुहोस् भन्दै सर्त तोडेका रहेछन् । यसरी अत्याधिक आर्थिक अभावमा उनले काशीमा कविता बेचेरै पनि आर्थिक गर्जो टार्ने प्रयास गरेको प्रसङ्‌ग धेरैतिर उल्लेख पाइन्छ । वास्तवमा उनको ‘काशी बसाई खण्डकाव्य रचनाको सर्वोत्तम र सर्वाधिक उर्वर समय थियो ।

नेपाली भाषा प्रकाशिनी समितिले लक्ष्मीप्रसाद देवकोटालाई ‘युग कवि’ भन्ने पगरी गुथ्दै गर्दा काशीबाट प्रकाशित पत्रिकाका माध्यमबाट ईश्वर बरालले उनलाई ‘महाकवि’ को पदवि दिए। यसर्थ आज हामी विश्वभरि उनलाई नेपाली साहित्यका महाकवि भनेर चिन्दछौ । पछि सिद्धिचरण श्रेष्ठलाई प्रेमपूर्ण भई महाकविले आफ्नो ‘युग कवि’ को पदवी हस्तान्तरण गरेको प्रसङ्‌ग पनि रोचक छ ।

तत्काल कविता लेख्न सक्ने भन्ने मानेरै दार्जिलिङका पारसमणि प्रधानले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई त्रिमूर्तिमध्ये इलेक्ट्रिक कवि भनेको प्रसङ्‌ग पनि रोचक छ।

पारसमणि प्रधान र देवकोटाको सम्बन्ध
महाकवि लक्ष्मीप्रसाद देवकोटा र पारसमणिको अभिन्न सम्बन्धबारे प्रो. दिवाकर प्रधानले कहिलेकाँही प्रसङ्‌गवस् विद्यार्थीलाई रोचक प्रसङ्ग सुनाउनु हुन्छ। पारसमणि प्रधान र देवकोटामाझ निरन्तर पत्राचार हुने गर्दथ्यो। दार्जिलिङले त्रिरत्नलाई (नाट्यसम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देव‌कोटा कविशिरोमणि, लेखनाथ पौडेल) दार्जिलिङ बोलाएर सम्मान गरेको थियो । पारसमणि स्वयंले देवकोटालाई कालेबुङ, दार्जिलिङ सहर घुमाएका प्रसङ्‌ग पनि थाहा पाइन्छ । यसैबेला त्रिरत्नले पारसमणिकहाँ खसीको मासु खाएको अनि आफ्ना संस्मरणमा त्यो उल्लेख गरेको पाइन्छ । पारसमणिले पिगेरी वा सुङ्गुर पालन व्यवसाय खोलेर कुखुरा, खरायोसितै सुँगुर पनि पालेको देखेर देवकोटाले नेवारले त सुँगुर पाल्दैन, छुँदैन होइन र ? भनी प्रश्न सोधेछन्। उत्तरमा पारसमणिले “नेवारले खानु पो हुँदैन त, पाल्नु र बेच्नु त जति पनि भईहाल्छ नि” भनेर भनेको प्रसङ्ग पनि दिवाकर प्रधान गुरुज्यूले हामीलाई सुनाउनु हुन्थ्यो। अर्थात् पारसमणिले गोर्खालीले सरकारी नोकरी, शिक्षण वा किरानी बाहेक पनि अन्य व्यवसायमा आउनु पर्दछ भन्ने ठान्ने हुनाले नै यसो गरेका हुन्। यसैले व्यापारमा पनि गोर्खाली युवा जानुपर्छ, स्वनिर्भर बन्नका निम्ति नखाए पनि व्यापार-व्यवसायका लागि पाल्न सकिन्छ भन्ने पारसमणि प्रधानको मान्यताको देवकोटाले पनि त्यहाँ समर्थन र प्रशंसा गरेको थाहा लाग्दछ। पारसमणि प्रधानले Makers of Indian Literatune series का निम्ति त्रिरत्न कै मोनोग्राम (पुस्तिका) पनि लेखेका छन् । त्यो साहित्य अकादमी, दिल्लीबाट प्रकाशित भएको छ । देवकोटाले पारसमणि प्रधानलाई सम्मान गर्दै भारतीमा निरन्तर रचनाहरू दिएका छन् । उनका थुप्रै कविता भारतीमा प्रकासित भएको पाइन्छ ।

ई. १९५२ मा पश्चिम बङ्गालमा माध्यमिक शिक्षा परिषद्को नेपाली पाठ्य पुस्तक समितिमा सदस्य भएर देवकोटाले काम गरेको थाहा पाइन्छ। पश्चिम बङ्गालको Director of public Instruction-ले पारसमणिहरूको प्रयत्नलाई मान्यता दिनमा देवकोटा‌को महत्त्वपूर्ण भूमिका रहेको थाहा लाग्दछ । नेपाली पाठ्य पुस्तक छापिन लाग्दा मृगेन्द्र शमशेर गोर्खा भाषा प्रकाशिनी समितिका Director of public Instruction) थिए (गोर्खा भाषा प्रकाशिनी समिति १९३२ सम्म रह्यो । त्यसपछि नाम बदलेर त्यो नेपाली भाषा प्रकाशिनी समिति भयो। )। उनैले देवकोटालाई पाठ्य पुस्तक कमिटिका सदस्य बनाए। त्यसबेला दरबार हाई स्कुलका प्राधानाध्यापक शारदा प्रसाद मुखर्जी (१९२० मा), देवकोटा आदिले अनुशंसा ( Recommend / सिफारिश) गरेपछि नेपाली पाठ्यपुस्तकले मान्यता पाएको थियो । उनीहरूकै अनुशंसामा पारसमणिको कविता “वर्षा” पहिलोपल्ट नेपाली पाठ्य पुस्तकमा समावेश भयो । यसरी नेपालमा मात्रै होइन भारतमा पनि नेपाली पठन पाठनको आरम्भ गराउनमा देवकोटाको एउटा महत्त्वपूर्ण भूमिका रहेको थाहा पाइन्छ।

देवकोटाका भारतका अन्य साहित्यकारसितको सम्बन्ध पनि उत्तिकै प्रगाढ रहेको थियो। ई. १९५६ मा हरिवंश राय बच्चनको सहयोगमा अल इन्डिया रेडियोबाट उनले आफ्ना कविता वाचन गरेको थाहा लाग्दछ । राहुल सांस्कृत्यायनले देवकोटालाई बुद्ध‌पछिको सबैभन्दा श्रेष्ठ मानव अवतार मानेका र पछि वाल्मिकी तथा कालिदाससित पनि तुलना गरेको पाइन्छ । १९५३ मा राहुल सांकृत्यायनले देवकोटालाई प्रसाद-पन्त-निराला (जयशङ्‌कर प्रसाद, सूर्यकान्त त्रिपाठी निराला र सुमित्रानन्द पन्त) -बराबरका कवि भनेर भारतीय हिन्दी साहित्यिक मासिक “आजकल”-मा प्रशंसा पनि गरेका थिए । देवकोटाले कविगुरु रविद्रनाथ टेगोर भेटेको अनि एकै रातमा अङ्ग्रेजी बङ्गला शिक्षक पढेर बङ्‌ला भाषा सिकेको प्रसङ्‌ग पनि रोचक छ।

भारतमा देवकोटाका मूर्तिहरू
भारतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका मूर्तिहरू विभिन्न स्थानमा देख्न पाइन्छ । सिलगढीमा देवकोटाको पूर्णाङ्ग मूर्तिको स्थापना भएको छ। १९६३ ई. मा सिलगढी देवकोटा संघको स्थापना भयो। १९५९ मा उनको मृत्यु भएपछि १९६३ मा उनको नाममा स्थापना भएको यस संस्थामा उनको मूर्ति स्थापना गरिएको थियो। त्यसलाई पुननिर्माण गरेर २०२० को अगमसिंह गिरी जयन्तीका दिन नवीन पूर्णाङ्ग मूर्तिको अनावरण गरिएको छ। उनको मृत्युपरान्त ३-४ वर्ष भित्रैमा यसरी भारतमा सिलगढी देवकोटा संघको स्थापना र मूर्ति निर्माण एउटा महत्त्वपूर्ण घटना हो । वर्तमान समयमा १९२४ मा स्थापना भएको नेपाली साहित्य सम्मेलन अलि सुस्ताएको जस्तो देखिन्छ । केही समूहगत परिसीमामा यो केन्द्रित भएको जस्तो देखिएको बेलामा सिलगढीको छाता संस्था भएर देवकोटा संघ अघि बढिरहेको छ । भौगोलिक रूपमा पनि सिलगढी सबैका निम्ति सुगम स्थान हो, जहाँ सिक्किम, दार्जिलिङ, कालेबुङ र भारतका अन्य स्थलबाट सजिलै पुग्न सकिन्छ | अझ श्रीमान मिलन रुचाल जस्ता सक्रिय युवा यसका अध्यक्ष भएर र पी. टी. यालमो यसका सचिव भएपछि यी दुइको हल खुबै मिलेका कारण पनि वर्तमानमा यस संस्थाले भारतमा नेतृत्व लिएर नेपाली भाषा साहित्यको सेवा गरिरहेको पाइन्छ । यहाँ विद्यार्थी, शिक्षक, प्राध्यापक, लेखक कवि तथा बुद्धिजीविहरू र युवाहरूको संलग्नता बढ्दो छ । नयाँ सदस्य दिनानुदिन थपिँदै गएका छन् । बाडुली नामक मुखपत्र प्रकाशित गर्ने देवकोटा संघले देवकोटा विशेषाङ्क पनि प्रकाशित गरिसकेको छ । समय समयमा सङ्गोष्ठी, भाषिक विमर्श गरिरहने यस संघले भरखरै रामकृष्ण शर्मा र नगेन्द्रमणि प्रधानको जन्म शतवार्षिकी पनि मनायो । त्यहाँ रामलाल अधिकारीका छोरा अनन्तज्योति अधिकारी र नगेन्द्रमणिका छोरा उदयमणि प्रधानको पनि उपस्थिति थियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा मूर्ति कालेबुङको थानी डाँडामा अवस्थित छ भने उनको जन्म शतवार्षिकी मनाउँदा असमको देवकोटा नगर, मालिगाउँमा पनि एउटा अर्धकदको मूर्ति स्थापना भएको छ। असममा नव सापकोटा, मुन्नि सापकोटा, डा. खगेन शर्मा आदिको नेतृत्वमा प्रत्येक वर्ष त्यहाँ देवकोटा जयन्ती मनाइन्छ । मैले स्वयं यस्ता कार्यक्रममा दुइवटा कार्यपत्र प्रस्तुत गर्ने अवसर पनि त्यहाँ पाएकी थिएँ।

देवकोटाबारे भारतबाट प्रकाशित लेख, विशेषाङ्क, श्रद्धाञ्जलि वा स्मृति अङ्क तथा पुस्तक पुस्तिका
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु ई. १९५९ मा भएको एक महिनापछि कालेबुङबाट प्रकाशित ‘गोरेटो’ ले १५ नोभेम्बर ई. १९५९ (पी आर प्रधानको सम्पादनमा निस्कने पाक्षिक पत्रिका) -मा श्रद्धाञ्जलि अङ्‌क प्रकाशित गरेको थियो ।

ई. १९६३ मा देवकोटा संघको स्थापना, सिलगढीमा भयो (उनको मृत्युको ३-४ वर्ष पछि नै) । यसको “बाडुली” मुखपत्रले उन‌को विशेषाङ्क प्रकाशित पनि गरेको छ। यसैले उनको जन्म शतवार्षिकी अङ्क प्रकाशित गरेको छ । दार्जिलिङबाट प्रकाशित हुने ‘दियालो’ (नेपाली साहित्य सम्मेलनको मुखपत्रमा देवकोटा अङ्‌क प्रकाशित भएको पाइन्छ ।

सिलाङ‌को नेपाली साहित्य एवं सांस्कृतिक सङ्गठनले महाकवि लक्ष्मीप्रसाद देवकोटा श्रद्धाञ्जलि अङ्‌क भनेर एउटा स्मारिका १९९६ मा प्रकाशित गरेको पाइन्छ।

उत्तर-बङ्‌ग विश्वविद्यालय (एनबियु) ले “नेपाली जर्नल” शोधमूलक पत्रिकामा लक्ष्मीप्रसाद देवकोटा अङ्‌क प्रकाशित गरेको छ ।

कालेबुङबाट प्रकाशित हुने रिसर्च जर्नल “सन्धान” (महानन्द पौडेल र नवीन पौडेलको सम्पादन) -मा ई. २००१ मा लक्ष्मीप्रसाद देवकोटा जन्म शतवार्षिकी अङ्‌क प्रकाशित गऱ्यो । जसमा जम्मा ३२ वटा लेख सङ्कलित छन् । नेपालबाट पद्म देवकोटा (लक्ष्मीप्रसादका छोरा अनि रमेशचन्द्र सिजापतिको लेख छोडेर ३० वटा अन्य लेख भारतीय नेपालीहरूद्वारा नै लेखिएर सङ्ग्रहित गरिएको छ।

डा. गोकुल सिन्हाले ‘देवकोटा दोर्जेलिङै‌मा’ नामक सँगालो छापेका छन् । यसमा उनले देवकोटा भारत आएर दार्जिलिङ, कालेबुङ, सिक्किम भ्रमणकालमा रचेका रचना/कवितालाई सङ्ग्रहित गरेका छन् ।

दार्जिलिङबाट साहित्य सङ्गमले महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति अङ्‌क प्रकाशित गरेको छ ।

दियालोले दुइपल्ट महाकवि लक्ष्मीप्रसाद देवकोटालाई छापेका छन् -१९७० -मा देवकोटा विशेषाङ्क प्रकाशित गरेको थियो भने २०११-१२ मा जन्म शतवार्षिकी अङ्‌क प्रकाशित गरेर देवकोटाको स्मरण र सम्मान गरेको छ ।

चन्द्रेश्वर दुबेले महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे दुइवटा पुस्तक प्रकाशन गरेका छन् – १) देवकोटै देवकोटा २) देवकोटा र एस्किल्स।

असम‌का छविलाल उपाध्यायले देवकोटा महाकाव्य रचना गरेका छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटा भारतमा अझै पनि सर्वाधिक रुचाइने नेपाली साहित्यकार हुन्। उनको मुनामदन भारतका विभिन्न भाषामा अनुवाद भएका छन् । अङ्ग्रेजीमा मुनामदनको अनुवाद गरेर दान खालिङ र गङ्‌गा सिंह (सामसिङ्का गुरु)-ले छुट्टा छुट्टै प्रकाशित पनि गरेका छन्। निमा लेप्चाले मुनामदन – २ नामक काव्य रचना गरेका छन् । यसमा मुना र मदनको मृत्युपछि उताको संवादलाई झ्याउरे छन्दमा रचिएको छ । यो पनि एउटा रोचक काव्य हो। मणिकुमार प्रधानको उपन्यासको शीर्षक फर्की आए मुना मदन हो। भरखरै पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रको प्रकाशनमा डा. शैलेन्द्रप्रकाश नेपालको सम्पादनमा निस्कने राष्ट्रिय त्रैमासिक साहित्यिक पत्रिका हिमाली सौगातको ५० औँ अङ्‌क – सिक्किम साहित्य अङ्कमा पनि देवकोटाको मन र तन कथामा लक्षणा डा. हेमन्त कुमार नेपाल र बापू एन्ड अदर सोनेट कविता सङ्ग्रहमा सङ्ग्रहित कविताको आलोकमा महाकवि देवकोटाको भारतीय चेतना-डा. सृजना शर्माको लेख सङ्कलित छन् ।

डा. कमला सांकृत्यायन, डा. कुमार प्रधान आदिले महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे धेरै अध्ययन गरेको प्रसङ्‌ग पनि स्मरणीय छ। यसरी लक्ष्मीप्रसाद देवकोटा भारतमा अझै पनि पढिँदै छन्, लेखिँदै छन्।

कालेबुङ्‌को नेपाली साहित्य अध्ययन समिति, असमको देवकोटा नगरमा अनि सिलगढीको देवकोटा संघमा प्रत्येक वर्ष देवकोटा जयन्तीको आयोजना गरिन्छ, माल्यार्पण, कविता वाचन, कार्यपत्र प्रस्तुति आदि यस समयमा आयोजना गर्ने गरिन्छ।

भारतमामा महाकवि लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यलाई नाट्य रूपान्तरण गरेर पनि बेलाबेला रङ्गमञ्चमा पनि उभ्याउने परम्परा छ । जस्तै, ई. १९६२-६३ मा कालेबुङ्‌मा देवकोटाको मुनामदनलाई नाटकका रूपमा खुब प्रशंसा प्राप्त भयो । प्रधानाध्यापक टिकाराम शर्माको नेतृत्वमा मुनामदन नाट्यटोली काठमाडौँसम्म आएर अभिनय गरेर प्रसंशित भएको उल्लेखनीय छ ।

डा. रिन्जी इडेन वाङ्‌दी गुरुआमाले देवकोटाको लुनी र म्हेन्दूलाई नाट्यरूपान्तरण गरेर अभिनय गर्न लगाएकी थिइन्।

सिक्किम सरकारी महाविद्यालय, तादोङमा ई. २००१ मा त्यहीँका प्राध्यापक रूद्र पौडेलद्वारा नाटकीय रूपान्तरण गरेर म्हेन्दुको मञ्चन भएको थियो। यसले पनि खुबै प्रसिद्धि कमाएको थियो।

भारतमा देवकोटा विषयक विभिन्न सभा, सङ्गोष्ठी पनि बेलाबेला आयोजना गरिन्छन् । जस्तै- कालेबुङ, नेपाली साहित्य सम्मेलन- दार्जिलिङ, देवकोटा संघ-सिलगढी आदिद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा विषयक संगोष्ठी आयोजना गरिएको थियो।

असमको मालिगाउँको देवकोटा नगर वास्तवमा नेपाली वस्ती थियो। ई. १९७७ मा यसलाई देवकोटा नगर नामाकरण गरिएको थाहा पाइन्छ। सयपत्री संकृत्ययन कला सङ्गमले यहाँ प्रत्येक वर्ष देवकोटा जयन्तीका अवसरमा कार्यक्रम आयोजना गरिन्छ। गुवाहाटीको डाउनटाउन विश्वविद्यालयमा ८ फरवरी २०१५ मा देवकोटा नगरको सयपत्री संकृत्ययन कला संगम, मालीगाउँ, नेपाली साहित्य सभा तथा डाउनटाउन विश्वविद्यालयको संयुक्त आयोजनमा एउटा बहुभाषिक संगोष्ठीको आयोजना गरिएको थियो। Humanism of Mahakavi Laxmi Prasad Devkota शीर्षकको यस संगोष्ठीमा विविध भाषाका विद्वानले कार्यपत्र प्रस्तुत गरेका थिए। नेपालबाट पनि प्रो. गोविन्दराज भट्टराई र प्राध्यापक बलराम अधिकारीले सहभागिता जनाएको उक्त कार्यक्रममा अङ्ग्रेजी भाषामा कार्यपत्रहरू प्रस्तुत भएका थिए । पछि २०१६ मा ती कार्यपत्रलाई सङ्कलित गरेर Laxmi Prasad Devkota: The Mahakavi नामक पुस्तक प्रकाशित पनि गरिएको थियो। यसका सम्पादकद्वय श्री नव सापकोटा तथा डा. शिवराज शर्मा थिए।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा सिलगढीमा सडकको नाम, पुस्तकालयको नाम पनि राखिएको छ । देवकोटा नगर मालिगाउँ, देवकोटा सडक सिलगढी, देवकोटा संघ सिलगढी, लक्ष्मीप्रसाद देवकोटा ग्राम्य (Rural) Library आदि सबै देवकोटाका आदरमा समर्पित छन्। लक्ष्मीप्रसाद देवकोटा कक्षा २ देखि विश्वविद्यालय स्तरसम्म पढिन्छन्, पढाइन्छन् । उत्तर बङ्ग विश्वविद्यालयमा केही वर्ष अघिसम्म देवकोटा विषयक एउटा Special Paper पनि पढाइन्थ्यो । जहाँ ५० अङ्कको सिङ्गो पत्र केवल देवकोटाको साहित्य केन्द्रित थियो ।

भारतमा डा. घनश्याम नेपालले लक्ष्मीप्रसाद देवकोटाका मौलिक गद्य साहित्यको शैली वैज्ञानिक अध्ययन मा पिएचडी उपाधि प्राप्त गरेका छन्। डा. सञ्जय राईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको फुटकर कवितागत विम्ब विधानको विश्लेषणात्मक अध्ययनमा पिएचडी गरेका छन् भने काशीबाट (काहिविवि) डा. दिवाकर प्रधानको निर्देशनमा डा. टुनाराज भट्टराइले महाकवि लक्ष्मीप्रसाद देवकोटाक फुटकर कवितामा प्रतीक योजनामा पिएचडीको उपाधि प्राप्त गरेका छन्। यस्तै, सिक्किमबाट पूर्वीय काव्यशास्त्रका आधारमा लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरूको अध्ययनमा डा.हमन्त कुमार नेपालले पिएचडीक उपाधि प्राप्त गरेका छन्। यसरी नै काशी हिन्दू विश्वविद्यालयबाट लक्ष्मीप्रसाद देवकोटा र सुभ्रमण्यम भारतीका कविताको तुलनात्मक अध्ययनमा डा. अरुणा राईलें पिएचडीको उपाधि प्राप्त गरेकी छन् भने यही विषयमा नेपाल पीठमा हुँदा दुर्गाप्रसाद अर्यालले पनि अध्ययन गरेर प्रकाशित गरेको थाहा लाग्दछ । देवकोटाको अरण्य चेतनामा प्रो. दिवाकर प्रधानले अध्ययन गरेर कार्यपत्र पनि प्रस्तुत गरेका थिए । यो उनको कविताका कुरा समालोचना सङ्ग्रमा पनि सङ्कलित छ।

पृथ्वीराज चौहान, महाराणा प्रताप, महात्मा गान्धी जस्ता ऐतिहासिक पात्रलाई लिएर साहित्य सिर्जना गर्ने देवकोटामा अगाध भारतप्रेम भेटिन्छ। भारतीय मिथलाई प्रयोग गरी उनले कालजयी कृति रचेका छन् । हनुमानले सूर्य निलेको मिथ रावण जटायु युद्ध, सीताहरण दुष्यन्त शकुन्तला, शाकुन्तल, सावित्री सत्यवान, राजपूत रमणी जस्ता मिथलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने कार्यमा देवकोटा सफल पनि भएका छन् । भारतीय गर्वगान उनको ‘कल्पना’ निबन्धमा पनि प्रस्तुत भएको छ । महाकविका दृष्टिमा भारत के हो भन्ने बुझे उनको बापुप्रतिको दृष्टिकोण सजिलै बुझ्न सकिनेछ । कल्पनामा देवकोटाको भनाइ यस्तो रहेको छ- भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय हो र उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ। म भारत देख्तछु त्यसलाई जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, वाल्मीकिको कविता, कालिदासका रचना, ऋषिमुनिहरूका काल्पनिक अन्वेषण र सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छ र त्यसका दाँजा कुनै देश छैनन्। हाम्रा पुरूखाका सुन्दर उत्पत्तिका कथाहरू, हाम्रा वेद सत्यका स्फुरणहरू, पुराण पुरुषको सत्य झल्काहरू, ती करोडौँ अमर सत्य प्रतिबिम्ब मूर्तिहरू र प्रतिभाहरू, शिल्प र चित्रहरू , ती भक्ति र भावनाको अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता छन्- तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु”।

बापू एन्ड अदर सोनेटमा देवकोटाका महात्मा गान्धीको मृत्युले रन्थनिएपछि लेखिएका कविता बापू र अन्य स-साना कविताहरू सङ्कलित छन्। यसमा उनले देखेका गान्धी अद्भूत छन्। महात्मा गान्धीको मानवतावादबाट अत्याधिक प्रभावित भएकै कारण वापूमा उनी ‘प्रमिथस” देख्छन् (पृ-७, Viii) मा बुद्धद्धारा अभय प्राप्ति र जागृतिको मार्गद्वारा मानिसलाई पवित्र बाटो देखाइएको प्रसङ्‌ग ल्याउँदछन् । यस्तै अर्को डेमी-बुद्ध गान्धी हुन् भनी आफैलाई जगाएर सम्पूर्ण मानवप्रति प्रेम, करुणा रोज्ने गान्धीलाई उभ्याउँछन् ।

उनले गान्धीलाई Our Bapu भनेर बारम्बार सम्बोधन गर्दै गर्दा उनलाई न त राष्ट्रियता, न ता जातियता वा नागरिकताले नै छेकाबार लाएको छ । राजनैतिक सीमाभन्दा लेखक, कवि पर हुन्छन् र भौगोलिकताको चौघेराले कविको कल्प‌ना जगत्‌लाई कज्याइरहन सक्दैन भन्ने एउटा सशक्त उदाहरण पनि यो हो।

महाकवि लक्ष्मीप्रसाद देवकोटा केवल नेपाली साहित्य र भाषाका मात्रै नक्षत्र होइनन् । उनले अङ्ग्रेजी भाषालाई माध्यम बनाएर एसिया तथा विश्व मानवमाझमा एउटा उत्कृष्ट व्यक्तित्व भई उभिएका महात्मा गान्धीबारे लेखिएको बापू एन्ड अदर सोनेटमा सङ्कलित कविता मात्रै पनि पर्याप्त छन् । यस कविताको माध्यमबाट नेपाली जातिको मानवता प्रेम, सत्य प्रेम, काव्य चेतना तथा वैश्विक चेतनालाई पनि प्रबोधन दिएका छन् ।

नेपाली साहित्यका त्रिमूर्ति भनिने कविशिरोमणि लेखनाथ पौडेल, नाट्यसम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटाको दार्जिलिङमा आगमनलाई नेपाली साहित्य सम्मेलनका प्रतिनिधि सूधपा-सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला तथा पारसमणि प्रधानले स्वागत गरेको घटनाले पनि भारत तथा नेपालका नेपालीमाझको अभिन्नता स्पष्ट देखिन्छ। आपसी सौहार्द्र, प्रेम, विश्वकल्याणको भावनाले गर्दा यी दुई देशका मानिसमाझको आत्मीयता यसरी महाकविको कलमबाट व्यक्त हुन सकेको हो।

माथि उल्लिखित विभिन्न प्रसङ्‌गले भारतमा महाकविलाई हेर्ने दृष्टिकोण तथा आदर भाव स्पष्ट झल्कन्छ । महाकवि वास्तवमा विश्व नेपालीकै हृद्पटमा अटल रहेका वैश्विक महाकवि हुन्।

  • Sahitya Sagar
    Sahitya Sagar
डा. सिर्जना उप्रेती
डा. सिर्जना उप्रेती
Post Views: 453
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.