शिव अधिकारी इलामे जेठको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत दशैँ पर्वविशेष रचना शृङ्खलामा उनको घाँटी हेरी हाड मुक्तक रचना समेटिएको छ । यस रचनाले देखासिकी गरी चाड मान्नु नहुने विचार राखेको छ । -सम्पा. |
केही केही नराखेर, आड मान्नुहुन्न।
इष्टमित्र आउँछन् जान्छन् , डाड मान्नुहुन्न।
घाँटी हेरी हाड निल्न,जाने अति राम्रो ,
होडबाजी गरेर नि , चाड मान्नुहुन्न।
माई नपा -१०, लुम्बाक, इलाम।