विनयकुमार शर्मा नेपाल बहुमुखी साहित्यिक प्रतिभा हुन् । उनले सिर्जना, समीक्षा, कोश र भाषाका बहुमुखी क्षेत्रमा कलम चलाएका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ उनको सारभूत परिचयसहित म र तिमी मुक्तक रचना समेटिएको छ । यस रचनाले सम्बन्धको गहिराई खोजी गरेको छ । -सम्पा. |
म र तिमीमा यत्ति फरक हो कि म मान्दिनँ तिमी मान्दछौ ।
म र तिमीमा यत्ति फरक हो कि म जान्दिनँ तिमी जान्दछौ
यति लामो जीवनयात्रामा मलाई सुल्टैसुल्टो बुझ्ने हे प्रिय !
म र तिमीमा यत्ति फरक हो कि म छान्दिनँ तिमी छान्दछौ ।