घनश्याम न्यौपाने ‘परिश्रमी’ (२०१५ असार १४ गते कालीगण्डकी –५, बलाम नित्यडाँडा, स्याङ्जा, सुपुत्र : रुक्माङ्गद न्यौपाने र तारादेवी न्यौपाने) नेपाली साहित्यका सिर्जना र समीक्षा क्षेत्रमा स्थापित प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसाबाट सेवा निवृत्त न्यौपानेका उनका यो मौसम (२०५०), घामको छहारीमा (२०५३), जून चुहेको रात (२०६०), जूनको चुम्बन जस्ता गजलसङ्ग्रह प्रकाशित छन् । उनको जुनुमामा (संयुक्त बाल गजलसङ्ग्रह), अन्त्यमा (खण्डकाव्य २०३६), राम्रा चाचा मीठा पापा (बालगजलसङ्ग्रह ), कविता कानून (कविता सिद्धान्तकाव्य), पुष्पम् पत्रम् (मुक्तकसङ्ग्रह), पाश्चात्य साहित्य चिन्तन (सैद्धान्तिक समालोचना) लगायत दर्जनौं कृति प्रकाशित छन् । उनी एक समय २०५० देखि २०५३ सम्म इलाम क्याम्पसमा प्राध्यापन गर्थे । त्यसै समय उनले इलाममा गजल विधालाई विकास र विस्तार गर्ने अभिप्रेरक भूमिका खेले । परिश्रमीले पनि इलामको माटोलाई हार्दिकतापूर्वक सम्झन्छन् र इलामले पनि उनलाई हार्दिकतापूर्वक सम्झन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको पहाड शीर्षकको कविता समेटिएको छ । यस कविताले पहाडका विविध पक्षलाई समेटेको छ ।
-सम्पा. |
पहाड
प्रकृतिको
उचाइ हो ,
शिखर
तराई मधेसमा
कहाँ पाउनु
बेँसी फाँटमा
कहाँ भेट्नु,
पहाड
जडिबुटीको
घर हो,
सञ्जीवनीको
धरोहर हो ,
पहाड
उपहार हो
जीवनको
सदाबहार हो
मौसमको,
प्रतीक हो
पहाड
ऊर्ध्वयात्राको
उच्चताको,
पहाड
माथि चढ्नुको
पहिचान हो
अटल
विश्वास हो
सान हो,
मलाई
श्रमको
उत्तुङ्ग शिविरमा
काम गर्न मन लाग्छ,
विचारको हरियो चुलीमा
पसिना बगाउन
मन लाग्छ,
साहसको
उच्च शिखरमा
स्वाभिमानको
झन्डा गाड्न
मन लाग्छ ।