यादव भट्टराई युवा पुस्ताका सक्रिय साहित्यसेवी एवम् विशिष्ट स्रष्टा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला विभिन्न शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा मुक्तक रचना समेटिएको छ । यस रचनाले नुन, जून र गुनलाई विम्ब बनाई तिनका महत्वका माध्यमबाट समाज र व्यक्तिमा हुने वास्सविक गुणको उजागर गरेको छ । -सम्पा |
निस्पट्ट अँध्यारो होस् जत्ति नै जूनको महत्त्व बेग्लै हुन्छ
परिकार जत्ति होस् भान्सामा नुनको महत्त्व बेग्लै हुन्छ
खसाल्नु गलत हुन्छ अरूको नजरबाट कसैलाई –
यत्ति बुझ कसैले गरेको गुनको महत्त्व बेग्लै हुन्छ ।