सरुभक्तको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । प्रायः सबै सिर्जनात्मक विधामा कलम चलाउने सरुभक्तको एउटा मुक्तक साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको छ । यस मुक्तकले दियोका विम्बमा विश्वास र उत्सर्गको महिमागायन गरिएको छ ।
सम्पा. |
निभ्न नदेऊ दियोलाई विश्वासको तेल थपीथपी
अन्धकार रातमा पनि उज्यालोको मन्त्र जपीजपी
के सोधिराख्नु समयलाई जीवन कति क्षणको हो
उत्सर्गी बाँच्छन् अरूका लागि हजार दुस्ख खपी खपी ।