SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » खुसीको दिन
आख्यान

खुसीको दिन

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • कथा
पुण्य खरेलको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी सक्रिय स्रष्टा, द्रष्टा र साहित्य सञ्चार क्षेत्रका साथै सङ्गठनका क्षेत्रमा परिचित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा पुरानो कथा ‘खुसीको दिन’ समेटिएको छ । यस कथाले निम्न तहका कर्मचारी र उनका परिवारमाथि उच्च तहका कर्मचारीले गर्ने शोषणको भण्डाफोर गरेको छ । यो कथा नारी चेतनाका दृष्टिले पनि उल्लेख्य छ ।

-सम्पा.

“हत् ! यस्तो कोठामा पनि बस्ने हो ? भर्खर गाउँबाट आएकाले तिमीलाई त थाहा नै छैन । क्याहो त्यो गङ्गेलाई यादै नभएको ? यस्तो ठाउँमा गुजारा चल्छ ? वहाँ सर्नू ! मैले खोजिदिएको छु डेरा !”

अम्बिकाले पनि सोचिन् “ठिकै होला । यहाँ साँगुरो छ । अलिक फराक ठाउँ पाए राम्रो हुने थियो ।”
तर बोल्न भने सकिनन् । हाकिमको उपस्थितिमा उनी पुरै जेठाजुको सामू परेझैं हुन्थिन् । उनी हाकिमबाट पन्छिन खोज्थिन् तर उनी जता लुके पनि हाकिम चाहिं उनी भएछेउ नै आउँथ्यो र एक थोक न एक थोक अर्ती उपदेश गर्थ्यो।

आफ्नो श्रीमानको अनुपस्थितिमा पराया लोग्नेको उपस्थितिले उनको सास थुन्थ्यो । सास फेर्न घरि उनी बाहिर जान्थिन्, घरि भित्र ।

अर्को दिन पनि आएर भन्यो-“लु ! मैले डेराको कुारकानी गरिदिएको छु । आजै सर्नू ! चर्पी पनि सजिलो छ, पानी पनि नजिकै छ । अफिस पनि नजिक पर्छ ! भरे नै सर्नू ! खोइ गङ्गे ? भरे गङ्गे आएपछि मकहाँ पठाउनू ! म त्यसलाई सरिहाल् भन्छु ।”

उनी एकै शब्द बोलिनन् । सुरुसुरुमा उसले भलो चिताएकै जस्तो लागे पनि अहिले दिक्क लाग्न थालेको थियो । चिया खान माग्ने निहुँमा घरि ऊ भान्सा कोठाभित्रै पस्थ्यो । उनले अप्ठ्यारो लागेर बाहिर निस्कँदा पछिपछि बाहिरै निस्कन्थ्यो । यस्तो चालाले उनलाई हैरान पारेको थियो । अझै आज त उसले मुखैले भन्यो- “मलाई त नारी जातिप्रति खुब श्रद्धा लाग्छ । आफ्नै जस्तो लाग्छ । दुःख गरेको देख्ता नमिठो लाग्छ, छिटो पर सर्नू ! मलाई केही मद्दत गर्न नजिक होओस् !”

उनका पेटमा छेपारो त पसेकै थियो, तर हाकिमले गङ्गेलाई विवश पारेछ । सुकवार बिहानै पिउनले भाडाकुँडा लुगाफाटो ओसार्‍यो । लोग्नेले सुटकेस झोलातोला झुण्ड्यायो । अम्बिकाले पनि छोरीलाई काखीमा च्यापिन् र छोरालाई डोर्‍याएरहाकिमले भनेकै डेरातिर लुरुलुरु गइन् ।

एक हप्ताभित्रमा हाकिम उनका कोठामा चौध चोटी आयो । सकभर गङ्गे नभएकै मौका पारेर आयो । अम्बिकाले त्यस हाकिमको करतुत थोरबहुत बुझिन्, त्यसैले आफ्नो थैलीको मुख बलियो गर्ने अर्कालाई चोर नलगाउने ठानिन्, तैपनि बेलुका आफ्नो श्रीमानसँग मुख खोलिन्- “तपाईंको पो हाकिम हो । मेरो को हो र त्यो ? फेरि आएर त्यस्तै कुरा बोलेछ भने चैं म सहन्न है ! मैले भन्दिएकी छु !”

“हेर ! घरबाट आउँदा पनि अनेक विवाद र झगडा पर्यो। भाइले पनि औंला ठड्यायो । बाबुआमाले पनि तिमीलाई लिएर हिंड्दा छोरै होइन जतिकै गरे … अलिक सोच्नुपर्छ ।”

“के सोच्नु ? म त सोझा बाबुआमाका कुरा सुनेकी, सोझो गरीबनी खाएकी मान्छे ! आफ्नो जीउ–ज्यानभन्दा प्यारो त केही हुँदैन … मैले त आफ्नो ज्यान तपाईंलाई सुम्पिएको ठानेकी छु, त्यति हो ।”

“हो कि त्यो त ! तर नाथे खर्दारको जागिर ! हाकिमसँग टेक गरेर कसरी सकिन्छ र ? कति कुरा सहनु पनि पर्छ । जागिर गैगयो भने कसरी फर्किनु फेरि भोलि नै त्यही घरतिर ? फेरि भोलि नै सरुवा गर्‍योभने पनि कता हाँडा र चिण्डा बोकेर हिंड्नु ? कति शत्रु कति मित्रु !”

“के नामर्द कुरा गर्‍यो ? त्यही तपाईंको हाकिमका कुरा मान्नु, त्यसलाई सुम्सुम्याउनु भनेको तपाईंले ? तपाईंका जागिरका लागि मैले …? कि के ? मलाई चाहिं भोलि नै विदा दिनुहोस् ! म यो सहन्न, एक सहन्न, दुई … तीन सहन्न !”

“कस्तो निहुँ खोज्ने कुरा गरेकी नि फेरि ? तिम्रो इज्जतको ख्याल मलाई चाहिं छैन भन्ने बुझ्यौ कि क्या हो ? म आफैं तिमीलाई त्यस्तो … तिमीले के शङ्का गरेकी ? दुई–दुईटा छोराछोरी भए, अझै हाम्रो चिनजान हुन बाँकी नै छ र ! अलिकति त पुर्खाको रगत छ नि यी दुब्ला पाखुरामा । तर सस्याना कुरामा जोगिएर आफू पनि जोगिऊँ र जागिर पनि जोगाउँ भन्नेसम्म कुरा गरेको नि !”

गङ्गे अफिस गयो । आज सुक्रवारको दिन । तीन बजे नै फर्किन्छ भनेर अम्बिकाले पर्खिन् । छोरालाई बोर्डिङ पठाएकी छन् । जागिरे सभ्यताले छोरालाई बोर्डिङ पठाउने भइन् उनी पनि । सानो नानी निदाएको छ । मनबाट हाकिमको भूत हटाउनै सक्तिनन् । उनले कति कोसिस गरिन् त्यो भूतलाई रछ्यानमा फ्याँक्ने, तर जति कोसिस गरे पनि त्यो भूतले आफ्नै छाया झैं पछ्याएको छ छ ।

बार बज्न पाएकै थिएन । हाकिम त फेरि सिंडी उक्लिंदै छ । लोग्नेको जागिर बचाउन उनले रिसको साँपलाई अलिकति दूध खुवाएर भुल्याइन्, अलिक मथ्थर पारिन् । हाकिम सरासर उनको कोठामा पस्यो । उनी जुरुक्क उठिन् र ठाउँ सरिन् । हाकिम आएर बिछ्यौनैमा बस्यो ।

आँखा र चालढाल त उसको सारै राम्रो थिएन । उनले धेरै प्रयत्नले धैर्य थामिन् । हाकिमले भन्यो– “किन रातोरातो मुख पारेको ? एक ग्लास चिया दिन पनि यस्तो महँगो ? पैसा छैन भने लु !” उसले एउटा हात्तीको नक्सा भएको नोट अम्बिकापट्टि लम्कायो ।

“राख्नोस् तपाईंको पैसा !” चियासम्म खुवाउन चाहिं जागिर नभए पनि सक्छौं । अलिलि त हिङ बाँधेकै टालो हौं हामी पनि” भन्दै अम्बिका भान्साकोठातिर गइन् । हाकिम पनि भान्साकोठातिरै पस्यो । त्यतिबेला नै बाहिर कोही बोलेकोले बाहिर निस्कियो । फेरि एकै छिनमा भित्रै पस्यो ।

उसले अम्बिकालाई भन्यो– “अम्बिका ! तिमीलाई केही आपत्ति भए मलाई भन्नू, तर म आउँदा मुख चाहिं नबिगार्नू है ! मन पर्दैन भने म आउँदिन ! तर मलाई चाहि. घरको सम्झना आइरहन्छ । श्रीमतीको, घरको नियास्रो मेटाउन आइरहन मनपर्छ । मेरी श्रीमती पनि तिमी जस्तै ! … अनुहार रिसाएको जस्तो गरे पनि भित्रकी चाहिं दयालु ।”

“… …. ….” दारा किटिन् अम्बिकाले ।

“अम्बिका ! म एउटा कुरा भन्छु ल ! भोलि बिहान म आउँछु । आठदेखि नौ बजेभित्र । तिमीसँग प्राइबेट कुरा छ । बरु म तिमीलाई राम्रो, सुहाउने सारी भए पनि किनी दिउँला ! हो कि ? गङ्गेलाई त्यतिबेला तरकारी किन्न हाट पठाउनू ल ! तिमीलाई पनि म मद्दत गर्छु, तिमीले मलाई पनि मद्दत गर ल !”

“… ……. ….” अम्बिकाले यो पनि खपिन् ।

हाकिम गयो । अम्बिका मानौं चण्डी बनिन् । गङ्गे आउनासाथ झगडा हुने पर्यो। गङ्गेको सल्लाहले नै आएको हो कि त्यो ? भन्ने शङ्का पनि उनको मनमा उठ्यो । ‘स्वास्नी हाकिमकहाँ पठाएर प्रमोशन गराउँछन् अरे केही कर्मचारीहरू’ भन्ने कुरा पनि सुनेकी थिइन् । उनलाई उखर्माउलो भयो । हिजोका गङ्गेका निम्जा कुराले पनि उनलाई बढी इख्यायो । गङ्गे आउन्जेल धैर्यसाथ पर्खिन पनि उनलाई कठिन भयो । ढिलोढिलो गरेर भए पनि प्रतीक्षित समय आयो । थकित अनुहार लाएर गङ्गे आयो । दन्त्यकथामा श्रृङ्गारको निहुँमा जङ्गिने ‘शिशिर बसन्त’की सौतेनी आमाझैं अम्बिका पनि आगो भएकी थिइन् ।

“हाकिमलाई यता पठाएर के जाँच गर्न लाग्नुभएको थियो तपाईं ? तपाईंलाई मेरो दाममा बढुवा चाहिएको हो ?”
“तिमीले भन्न खोजेको चाहिं के हो ? छिचोलेर भन न ! खानासाना बनाउन ओर्न मद्दत होला भनेको त केको निहुँ मात्र झिक्छ्यौ । आइपुग्न पाएकै छैन !”

“के नबुझेको जस्तो गर्‍यो नि ? त्यो तपाईंहरूको साँढे छ नि साँढे ! त्यसलाई अन्तै पठाउनू नि ! अन्त ठाउँ पाइएन ?”

“हाम्रो हाकिम यता आउनुभएको थियो ? प्रष्ट भन न ! त्यो आज पनि यता आएको थियो भने म अहिले गएर त्यसलाई दुई टुक्रा पार्छु । त्यो स्साले ! कस कसका छोरीलाई जागिर खुवाउने भनेर … दुनियाँका छोरी बिगारेर कस्तो बिजेती … भन त ! आज आएको थियो त्यो यता ?” गएर शिरानीमा राखेको उसको सिरूपाते खुकुरी झिक्छ र दापबाट निकाल्छ ।

अम्बिका उसलाई समाउँछे– “भैगो ! अहिले कतै जानु पर्दैन । यो तुजुक पनि देखाउनु पर्दैन । नाडीमा ताकत छ भने देखाउनू ! त्योे भोलि यहीं आउँछ । भोलि बिहान आउँछु भनेको छ । कस्तो रण्डो ! आफ्ना मुनिका कर्मचारीका डेरा डेरा धाउने । लोग्ने मान्छे नभएका बेलामा बिस्तरा, भान्सा कोठामा आफ्नै घर–जहान झैं पस्छ । सक्नुहुन्छ भने मलाई मद्दत गर्नू, नत्र भने भोलि बिहान म एक्लै त्यसलाई ठिक गर्छु …”

भोलिपल्ट नौ बज्न पाएकै थिएन- “हाकिमको हात च्याट्टै छिनाएको छ अरे ! अम्बिका भन्ने उसकै कार्यालयको खर्दारकी स्वास्नीले खुकुरीले छिनाइ अरे त्यस राँगालाई ! … बल्ल मर्दका फेला परेछ त्यो राँगो …” यो हल्ला स्यालको हुइँया भएर क्षणभरमै त्यो सानो शहरभरि फैलियो । मानौं, कुनै हल्लाको आँधी आएको हो । हाटको दिन परेकोले पनि हल्लालाई मल लाग्यो ।

कसैले डाक्नु बोलाउनु परेन । आइमाईहरूको छिचोली नसक्नुको भीड जम्मा भैहाल्यो चोकमा । “अम्बिकालाई पुलिसले पक्रेको छ अरे !” भन्ने हल्लाले त आइमाईहरूको संयमलाई हाँकै दिए जतिकै भयो । त्यति ठुलो र फराक ठाउँ त होइन त्यो, तर पनि हाट जानेले हाट बिर्से, किनमेल छाडे, भान्सामा हुनेले डाडु पन्यू थन्क्याए । मेलापात माया मारे । डढोस् तर्कारी या उम्लियोस् दूध, चुलाहरू निर्जन भए । चोक आवाद भयो । हेर्दाहेर्दै महिलाहरूको जुलुस सुरु भयो ।

यस्तो लाग्थ्यो, मानौं अन्यायले र पापले गाग्रो भरिएको थियो । पापले बल्ल धुरीबाट साइरन बजाएको थाहा हुँदै थियो । अघिल्ला दिनसम्म त्यस हाकिमको मनपरीको बिरुद्ध पोल्टामा आगो बोकेकाहरू आज त्यो आगो ओकल्न, आफूआफू त्यो आगो निकाल्न भरमग्दुर लागेका थिए । महिलाहरूको जुलुस प्रहरी कार्यालयतिर लाग्यो ।

प्रहरीका हाकिमलाई पुरुषहरूको दबाब छेक्न सजिलो हुन्थ्यो, महिलाहरूको छेक्न गारो भयो । हाकिम महँगो अपराधमा परे । “म काठमाडौंको सिडिओ भएको भए ! त्यस आन्दोलनमा भुटिदिनेथें तीन–चार हजार साले आन्दोलनकारीलाई ! अनि आफैं आन्दोलन तैं चुप मै चुप !” भन्ने हाकिमले हात काटिमागेर पनि छुटकारा नपाउने छाँट देखियो । उसका गोलीहरू कुन कुना पसे ? गोलीहरूलाई पनि नैतिक बल चाहिन्छ कि झैं देखियो । ब्यान्डेज गरेका हातसँग हाकिमलाई कालो मोसो र जुत्ताको मालामा बजार परिक्रमा गराए महिलाहरूले । अर्कातिर अम्बिकालाई अविर र मालामा जयजयकार गरियो । धेरै पुरुषहरूले पनि सहयोग गरे, तर पनि जुन अभूतपूर्व कार्य भयो, त्यो नारी इज्जतको प्रमोसन थियो । दुई–एक अस्मिताको मूल्यमा भौतिक सुख किन्न पल्केका नैतिकताका हत्यारा महिलाहरू दुला पसे ।

“मोसो उनीहरूलाई पनि घस्नु पर्छ !” भन्ने आवाज पनि ठुलै थियो, तर भागेर र दैलो ठोकेर उनीहरू यो पल्ट जोगिए ।
हाकिमलाई भीडबाट छुटाएर प्रहरीले सुरक्षा गर्‍यो। गङ्गा र अम्बिका डेरामा पुगे ।

अर्को दिन । हिजो र आजको दुई समयको बीचमा आएको आश्चर्यचकित भिन्नताले गङ्गा र अम्बिकालाई असन्तुलित बनाएको थियो । ती दुईमा भएको त्यो घटनाभन्दा अगाडिको शङ्कायुक्त, विवादयुक्त स्थिति पखालिएको थियो । अम्बिका प्रसन्न थिई । गङ्गा किंकर्तव्यविमूढ थियो । जागिरको सिंगौरोमा धुल्याहा लागेकै हो कि त भन्ने आशङ्कामा ऊ अँध्यारो थियो । भोलिप्रति शङ्का ग्रस्त देखिन्थ्यो ऊ । तर अम्बिका विपरित ध्रुवमा थिई, ढुक्क थिई ।

“किन अँध्यारो हुनुभएको तपाईं ? यत्रा मानिसहरूले स्याबासी दिए ! तपाईंलाई चाहिने कुरा त्यही स्यावासी होइन ?” अम्बिकाले कुरा उठाई ।

“स्यावासीले तिम्रो नाङ्गो आङ ढाक्छ र ? छोराको बोर्डिङ चल्ला र ? जागिर रहन्छ कि जान्छ ठेगान खोइ ?” व्यथा बोल्यो गङ्गा ।

“मेरो आङ त अब नाङ्गो हुँदैहुँदैन । लुगाले मात्र ढाक्छ र मान्छेको नाङ्गोपन ? त्यस किच्चकले मलाई मलमलका लुगामा पनि नाङ्गो पार्ने प्रयत्न गरेथ्यो, तर सकेन । कोहीकोही मान्छे मूल्यवान लुगा लगाए पनि नाङ्गै हुन्छन् । कोही बिना लुगाफाटो पनि जरझुट्ट हुन्छन् । सुर्ताउनु पर्दैन तपाईंले रत्तिभर पनि । म भएँ ! … लु त हेरौं ! कसरी जान्छ तपाईंको जागिर ? त्यसमाथि भएन जागिरै नभए पनि हाम्रा पितापुर्खाले राम्ररी निर्वाह गरेकै हुन् नि !”

सावित्री जस्ती देखिई अम्बिका । उसले अझै भनी– “मलाई त आजसम्म यस्तो रमाइलो दिन आएकै थिएन । मलाई कसैले सबैभन्दा खुसीको दिनको वारेमा सोधेमा यही दिन सबैभन्दा खुसीको दिन भन्ने छु । लङ्गडो ठानेकी थिएँ मैले आइमाईलाई, तर मलाई थाहा भयो, हामी पनि सक्ता रहेछौं अन्यायको बिरुद्धमा लडाइँ गर्न । इज्जतका निम्ति लडाईंमा उत्रिने मान्छेको भीड देखेर म त अत्यन्त खुसी भएकी छु …”

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 494
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.