![]() -सम्पा. |
जब मलाई फुर्सद थियो, वरपर हेरेर बहकिन्थेँ । म आफ्नो शारीरिक बनोटमा खोट लगाउँथेँ । म आफ्नो बुद्धि–विवेकलाई धिक्कार्थें । म आफ्नो लुवाइ–खुवाइ जस्तो अपनत्वको निन्दा गर्थें । म जे छु सबका सब बेठीक छु भन्ने धारणा राख्थेँ । त्यही बेठीकले मनको भकारी भरेको थिएँ ।
सामाजिक मुल्य–मान्यतासँगै समयले घोक्राउँदै अगाडि बढायो । कुनै अदृश्य शक्तिको अधीनमा छु जस्तो ! अनेक कर्ममा जोतिएँ, जोतिँदै छु । कर्म भन्ने कि अगिल्लो जन्मको बक्यौता ! त्यस्तै, यस्तै भाग–भोकको विचार–विश्लेषण गर्दा मेरो रूपरङ्ग, स्वभाव जस्ता निजत्व अनुसार मेरो विचार फुर्न थाल्यो । विचार मुताबिक कर्म गरेँ । सायद म यस्तै हुनलाई त्यस्तै सोच्थेँ । जिन्दगीले पाठ पढायो अथवा त्यही अदृश्य शक्तिले न्याय दिलायो । जेहोस्, अब मलाई लाग्छ, जे छु ठीक छु । बिल्कुलै ठीक !
काठमाडौँ ।
