SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » सरी है ! माईन्ड नगर्नुस्
आख्यान

सरी है ! माईन्ड नगर्नुस्

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • कथा
यश घिमिरे चितननमा रहेर साहित्य साधना गर्ने नवपुस्ताका राम्रा प्रतिभा हुन् । उनका कथाले समाजका फरक विषयवस्तुलाई प्रस्तुत गरेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘सरी है माइन्ड नगर्नुहोस्’ शीर्षकको कथा समेटिएको छ । यस कथाले वास्तविक अपराधी पहिचानमा प्रहरी प्रशासनले गर्ने कमजोरीबाट निरपराध मानिसमा पर्ने असरलाई निकै जीवन्त रूपमा व्यक्त गरिएको छ ।

– सम्पा.

जेठ महिनाको सुरुवाती दिन । तराईमा उखर्माउलो गर्मी सुरु भइसकेको थियो । निरञ्जनले आलस्यको हाई काढ्दै घडी हेर्यो । दिउँसोको तीन बज्नै लागिसकेछ । जस्तै गर्मी भए पनि दिनमा चार–पाँच कप कफी उसको आदतजन्य कमजोरी रह्यो ।’

सुगर फ्री क्युब’ राखेर कफी बनायो । घामको चर्को उज्यालो छल्न कालो चस्मा लगायो अनि कप लिएर कोठासँगै गाँसिएको कौसीमा निस्क्यो ।

उसलाई एसीयुक्त कुनै बन्द क्याफे भन्दा यही बाटोतिर फर्किएको खुला बार्दलीमा भएको कुर्चीमा बसेर पिउँन रमाइलो लाग्थ्यो । हिँडिरहेका मान्छे , कुकुर , गाई बाख्रा अनि उडिरहेका चराहरूलाई एक टक लगाएर हेर्दै उनीहरूकै आचरण, भङ्गिमा र मनोभाव पढ्ने कोसिसमा रहन्थ्यो ।

सामुन्ने बाटोपारिको दुई तल्ले पहेँलो घरको बरन्डाको छतमा एक जोडी परेवाहरू प्राकक्रीडामा रमाउँदै रहेछन् । उस्का आँखाहरू र मस्तिष्क त्यहीँ पुगेर स्थिर भयो ।

निख्खर कालो भाले र सेतो छिर्केमिर्के पोथी, बेला बेलामा एकअर्कालाई ठुँडले कन्याइदिएर त कहिले चुच्चो मिलाउँदै प्रेम साटासाट गर्दैथिए । यो दृश्यले पारपाचुके लिइसकेकी भू.पू श्रीमती सजनीलाई झलक्क सम्झायो।

“ कालो रङ्गलाई लिएर जनावर र पन्छीहरूको संसारमा कत्ति पनि बिभेद छैन । किन होला यो रङ देखेर मान्छेलाई मात्र अप्रीतिकर लाग्ने ? । कालो मान्छे – कुरूप , कालोरात – अप्रिय , कालोधन – अधर्मी , कालोपट्टी – बिरोध, कालोनाग – भयानक , कालो तिलक – बिद्रोह ,कालो कौवा – अपसकुन आदि इत्यादि विम्ब र प्रतीकका रूपमा लिन्छ मान्छे !

कालो हुनु आँफैमा नराम्रो या कुरूपताको पर्याय हुन्थ्यो भने यो पोथी परेवालाई चाहिँ किन यतिबिधि माया लागेको होला ? किन प्रेम उब्जिरहेको होला ?? । कालो वर्णकै हुनाले सजनीको मप्रति सधैँ हेय भाव रहिरह्यो । उनको ब्यबहारले मलाई जीवनभर हिनताभासले गाँजिरह्यो । आखिर बाहिरी आबरणले अल्पचेतयुक्त प्राणीलाई त केही फरक पर्दैन रहेछ भने चेतन मस्तिष्क बोक्ने उनलाई किन पर्‍यो ? “ – ऊ ,जोडी परेवा हेर्दै सोचमग्न भयो ।

तारन्तारको ’तँ काले नराम्रो, म गोरी राम्री, मेरो बाउआमाको आँखा फुटेकोले गर्दा तँ जस्तोलाई बेहोर्नु परेको ’ भन्ने अहमले अन्तत्वगोत्वा सम्बन्ध पारपाचुकेमा गएर टुङ्गियो । यो सम्झेर निरन्जनको मन एकतमासले अमिलो भएर आयो । चिसिइसकेको कफीलाई “टकिला“ जसरी स्वाट्ट पार्‍यो ।

“ ओई कुकुर्नी ! के टिकटक बनाउँदै बरन्डामा दुनियाँलाई देखार’ उफ्रेकी ? तल हिँड खुरुक्क। “– आँखा फुकालेर निरन्जनलाई हेर्दै अधबैँशे उमेरकी तामाङ्नीले आफ्नी छोरीलाई हप्काई ।

जोडी परेवाका मुनि एउटी १७–१८ बर्षकी किशोरी र उनको सानो भाइ भिडियो बनाउँदै गरेको निरन्जनले या त याद गरेन या चराको प्राककृडामा भुल्यो कुन्नि , गाली सुनेपछि अहिले पो देख्यो । ती तामाङ्नी दिदीले ऊतिर रश्मीले चुर हुँदै हेरेको चाहिँ अचम्म मान्यो ।

किशोरी भने आमाको गाली सुनेर भुत्भुताउँदै भित्र पसी ।
०००

“ सर ! अठार बर्षकी छोरी हराई । अफन्त सारासंसार कहीँ खोज्दा पनि भेटिएन । “ इलाका प्रहरी कार्यलयको इन्चार्जसामु तामाङ्नी दिदी आत्तिदै उजुरी गर्न पुगी ।

“कैलेदेखि ?। “

“ हिजो बिहानदेखि सर । हिजै साँझसम्म मुबाइलमा ,दुई तीन चोटि घन्टी बज्या’थ्यो । त्यसपछि त स्विच अफ भन्छ । झोला कपडा केही बोकेर लएकी छैन । कलेजकै डिरेसमा हराई “– उनको आँखाबाट बरर आँसु निक्लियो।

“ नरुनोस् ! हामी पत्ता लगाउँछौ । छोरी कतिमा पढ्थी? लभसब पर्‍र्या थियो कि , केही थाह छ ? अथवा कसैमाथि शङ्का छ तपाईंलाई ? “

“ पलस टु गर्दैथी’ । लबसब केही पर्‍र्या था’छैन। टिकटकमा भिडियोसिडियो बनाउँथी त्यत्ति हो ।“ – फरियाको सप्कोले आँसु पुछ्दै बोली –“ मलाई शंखा चाहिँ एउटा मान्छेको लाग्छ । नाम त थाहा छैन सर, कालेनकाले एउटा बाहुन मुर्दार सध्धैँ चस्मा ला’र हाम्रै घरतिर हेरि’बस्थ्यो । तिन चार महिना भो घरअगाडिको नारान बाजेकोमा कोठा भाडामा लेर’बस्या । हिजोदेखिन त्यो मान्छे नि गायब छ । मलाई त त्यसैले अप’रण गरेर बलात्कार गर्दै कतै थुनेर राख्या’छ भन्ने लाग्छ सर। “ – मुख फरियाको सप्कोले छोपेर ह्वाँह्वाँ रुँदै बिन्ती बिसाई ।

तमाङ्नी दिदीको साथ लागेर आउने एकहुल आइमाईहरूले निरन्जनलाई समाजमा घुलमिल नहुने खालको बाटोमा भेट्दा कोहीसँग नबोल्ने, प्राय: दिनभरि कौसीमा कालो चस्मा लगाएर मान्छेहरूलाई एकोहोरो हेरिरहने ’साइको’ टाइपको व्यक्तित्व भनेर बर्णन गरिदिए ।

“हामी त्यस्लाई पक्रेर ठेँडी कोचेर भए पनि सत्य कुरो ओकल्न लगाउँछौँ । ल, तपाईंहरूले किटानी जाहेरी दिएर अहिलेलाई घर जानुस् । “ – प्रहरी इन्चार्जले आश्वस्त तुल्यायो ।

उनीहरू जाहेरी लेखाएर फर्किए ।
०००

एक्लै बस्दा बस्दा र गर्मीले अत्याउन थालेपछि एक हप्ता जतिको घान्द्रुक, लान्द्रुक र तातोपानी तिर पहाडी यात्रामा हिँडेको निरन्जन, कोठामा आएर नुहाइधुवाई गरेर बसेको मात्र के थियो , एक हूल प्रहरीहरू गुटुटु गर्दै गेटबाट भित्र छिरेको देख्यो ।

“ काँ’ छ त्यो ?“ – ढोकाबाहिर कसैको रवाफिलो आवाज सुन्यो।

“भित्र “ – नारायण बाजे सुस्तरी बोले ।

ढोकै फुटाउला जसरी कसैको ’ढकढक’ सुनेसँगै उस्को मुटु कुनै स्थितर हुने घटना सम्झेर झन बेस्सरी “ धकधक“ गर्‍यो । उठेर बिस्तारै खोलिदियो ।

“निरन्जन भन्ने तैँ होस् ? “ – जोडसङ्ग ढोका धकेल्दै प्रहरी हवल्दार भित्र छिर्यो –“ ल इन्स्पेक्टरसापले बोलाउनु भएको छ । हिँड् मामाघर । “

किन ? केका लागि ? भनेर भन्न नपाउँदै प्रहरीहरूले कठालो समाएर घिच्याउन सुरु गरिहाले ।

जीपमा ओरिपरी चार जना पुलिसहरूबाट घेरिएको ऊ पिँजरामा परेको मुसो जसरी ग्लानी र डर एकैचोटि लिएर कक्रिँदै बस्यो । बाटोमा मलाई किन समाइएको हो ? भनेर नसोधेको होइन, उत्तर कसैबाट पाएन ।
०००

डुङ्गडुङ्ग्ती पिसाब गन्हाउने ओसिलो प्रहरी चौकीको फलामे बारभित्र घुँडामा टाउको अड्याएर निरन्जनले सोच्न थाल्यो –’आखिर किन ? के भाउँतो आइलागेको हो यो ?।

सजनीले पो कुनै लफडा लगाई कि ? भुपु लोग्नेसङ्ग अझै रीश बाकी पो छ कि ? रिस पनि के बाँकी होला र ! जे जे भनी त्यही त्यही मानीदिएकै थिएँ ।’

जीवनमा कसैलाई नराम्रो गरेको, झैझगडा गरेको यादमा आएन । भएभरको जोर लगाएर सोच्यो कुनै गल्ती या अपराध गरेको एउटै घटना सम्झिन सकेन । धेरै सोचेर होला टाउको चट्चटी दुखेर फुटला जस्तो भयो ।

“ हँ त मिस्टर निरन्जन , मलाई हजुरसँग धेरै सोधपुछ गर्ने समय छैन । सिर्फ यत्ति कुराको जवाफ दिइबक्सियोस् , ती नानी कहाँ छिन् ? “– इन्स्पेक्टरले कुर्चीमा बस्दै व्यङ्ग्यमिश्रित स्वरमा सोध्यो ।

“ को नानी ?“ – यत्ति कुरो मुखबाट निस्किनु र फलामे पन्जाको जोरदार झापड गालामा बज्रिनु सङ्गसङ्गै जस्तो भयो । उसका आँखै अगाडि पहेँलपुर नाच्यो ।

“ साला , साधु पल्टिन्छस् ? । तेरो एकएक किस्सा थाह छ । कसरी दिनभरि कालो चस्मा ढल्काएर बरन्डामा बस्दै बाटोमा हिँड्ने तरुनीहरू घुर्थिस् । कसरी बाटो पारिकी तमाङ्नी दिदीकी कलिली छोरीमा तेरो गिद्धे नजर थियो । सब कुराको रिपोर्ट छ मसँग ।“ बाघ जसरी गर्जिएपछि एकछिनमा अल्ली नम्र भएर थप्यो – “ हेर भाइ ! तेरो भलाइ यसैमा छ , खुरुक्क जस्ताको तस्तै भन्, ती नानीलाई के गरिस् ? । बलत्कार गरेर मारेर फालिसकिस् कि कतै बन्धक बनाएर राख्या छस् ? भनिदे । होइन भने नर्क भनेको के हो , ज्यँुदो हुँदैमा देख्नेछस् ।“

बलात्कार र हत्या जस्तो सङ्गीन आरोप पो लगाइँदै रहेछ भनेर निरन्जनको सातो गयो । होसहवास उडेको चेहरा लिएर हात जोड्दै भन्यो – “ सर , मैले जीवनमा कुखुरो मारिनँ भने हत्या–बलात्कार जस्तो कुरो के गर्न सक्थेँ ? । हजुरलाई कसैले गलत सूचना दिएको हुनुपर्छ …. “ भन्दानभन्दै उस्को पानीपेटमा इन्स्पेक्टरले जोरसँग लात मार्यो । ऊ त्यही जमिनमा पेट समातेर पुकलुक्क ढल्यो ।

“ …बान , साला ! मलाई सिकाउँछस् ? कसले गलत कसले सही सूचना दिन्छ भनेर ? “ – इन्स्पेक्टर त्यही उभिईरहेका अरू सिपाहीतिर फर्केर बोल्यो – “ हवल्दार साप , यो घ्यु कमिलोलाई त्यो बेलासम्म धुलाई गरिरहनुस् जुन बेलासम्म यस्ले सत्य ओकल्दैन ।“
०००

“साप ! त्यो मान्छेलाई जति ठोके पनि एउटै कुराको रट लाउँछ ’मलाई केही थाहा छैन म पहाडतिर घुम्न निस्केको थिएँ’ भन्छ । यति कुटाई खादा ढुङ्गा पनि बोल्नुपर्ने हो । मलाई त निर्दोष छ जस्तो लाग्यो । फेरि केही दशी प्रमाण पनि त छैन हामीसँग । हजुर के भनिसिन्छ ?। “– निरन्जनलाई पक्रिएको सातौँ दिनमा हवल्दारले हाकिमको च्याम्बरमा आएर रिपोर्ट गर्‍यो ।

इन्सेक्टर निकैबेर घोरियो । केही सोच्यो अनि बोल्यो – “ हिरासतमा राख्नको लागि अदालतबाट अरू सात दिनको म्याद लिनु । त्यो नानीको बारे कतैबाट केहीनकेही सुराक हात नपरुन्जेल यसलाई अहिलै नछोडिहालूँ होला । अब अरू कुट्ने काम चाहिँ नगर्नु । मर्ला फेरि ।“

हवल्दार तिनिक्क तन्किएर बाहिरियो ।

निरन्जन, हिरासतमा परेको बाह्रै दिन जति भएको थियो क्यारे । उसलाई त कति दिन काटियो हेक्का पनि भएन । यी दिनहरूमा इन्स्पेक्टरले भने झैँ नमरीकन नै हरेक दिन नर्कको अनुभव लियो । दिनरातको कुटाई र ताडनाबाट बिक्षिप्त जस्तै बनेको उसले बाहिरको उज्यालो देख्न पाउँला भन्ने आशानै हराइसकेको थियो ।

तर त्यो दिन बिहानै प्रहरी कार्यालयको टेलिफोनमा एउटा शुभ समाचारको घन्टी बज्यो।

“हेल्लो , इलाका प्रहरी कार्यलय । भन्नुस् के सेवा गरौं ।“ – सधैँ भन्ने रेडिमेड जवाफ लिएर प्रहरी जवानले फोन उठायो ।

उताबाट कसैले केही भनेको ध्यानपूर्वक सुनेपछि जवाफ दियो–“एकछिन होल्डमा बस्नुस् है , ’साप’लाई दिन्छु ।“

निकैबेर प्रहरी निरिक्षकले फोन कानमा लगाएर उताको कुरो सुनिरह्यो । अनि अन्त्यमा भन्यो – “ल, छोरीलाई लिएर आजै कार्यालय आउनुस् ।“

त्यस्को केहीबेरमै कार्यलय प्रमुखले हवल्दारलगायत अन्य सहकर्मीहरू लाई आफ्नो कोठामा बोलाएर फोनमा भएको कुरा बेलिबिस्तार लगायो । अनि उनीनहरूलाई केही निर्देशन पनि दियो ।

“निरन्जन सर ! चिया प्युनुस् ।“ – हातमा चियाको कप समातेर उभिएको हवल्दारको यति मीठो बोली र सत्कार देखेर उसलाई विश्वासै लागेन । त्यस्तो राक्षसमा अचानकको एक सय असी डिग्रीको बदलाव के कारणले आयो होला ? मन मनमा यसो भनेर जिल्ल पर्‍र्योे । त्यति नै बेला उस्लाई तथानाम मुख छोडेर बोल्ने इन्स्पेक्टर साहब पनि टुप्लुक्क त्यहीँ आइपुग्यो ।

“निरन्जन जी ! हामीबाट सानो चुक भएछ । व्यक्तिगत रूपबाट नलिइदिनु होला है । यस्तै हो , काम गर्दै जाँदा कहिलेकाहीँ भुलचुक हुन्छ । कुरा के भने नि , ती नानी कलेजबाटै भागेर इन्डिया फ्लिम खेल्न भनेर पो गएकी रै’छिन् । इन्डियातिरकै एउटा बदमासले हिरोइनको रोलमा खेलाइदिने लोभ देखाएर फकाएर लगेको रहेछ । उनीहरूले टिकटक भिडियोबाटै एकअर्कालाई चिन्या रे । त्यो मान्छे फ्रड रहेछ भन्ने थाहा पाएपछि बाटोमा माग्दै र चन्दा उठाउँदै ती नानी अहिले चाहिँ घर फर्किइसकी रे । कस्तो बदमास्नी केटी । “– नजिकै आएर अस्तव्यस्त सर्टको काँधमा जमेको धुलो हातले टक्ट्क्याइदिँदै थप्यो – “अब जे हुनु त भैगयो । प्लिज माइन्ड नगर्नुहोला है । उनीहरू आएपछि कागजी काम–कारबाही पूरा गरेर आजै तपाईंलाई रिहा गर्छौं ।“

निरन्जनको दिमाग झिनिन्न भएर आयो । “यत्रो दिनसम्मको लगातारको अपमान, यो पीडा, यो घुटन, यो कहिलै नतङ्ग्रिने गरी पाएको शारिरीक र मानसिक चोटको भर्पाई ’सरी है । माइन्ड नगर्नुस् हो ?। “–

उसलाई त्यहीँ बेस्सरी चिच्याउन मन लाग्यो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 493
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.