- मुक्तक
यादव भट्टराई सिर्जना, समीक्षा, सङ्गठन र साहित्य सञ्चार जस्ता बहुमुखी क्षेत्रमा सक्रिय साहित्यकार हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा मुक्तक समेटिएको छ । यस मुक्तक रचनाले सुखदुख वा सफलता असफलताको चक्रलाई देखाएको छ ।
-सम्पा. |
बैगुन गर्नेहरू हुन्छन् बिर्सेर सधैँ गुन सम्झनुपर्छ
उष्णता होस् जति नै ग्रीष्मपछिको मनसुन सम्झनुपर्छ
रात जति नै गाढा होस् बिर्सनु हुँदैन बिहानीको उज्यालो
त्यही अँध्यारोमा पनि शीतलता छर्ने जून सम्झनुपर्छ।