SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कथा : भिखारी
आख्यान

कथा : भिखारी

Sahitya SagarBy Sahitya SagarAugust 28, 2021No Comments6 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

गाई डे मोपासाँ

उसले राम्रा दिनहरू पनि देखेको हो तर अहिले विपत् र कमजोरीका दिनहरूभोगिरहेको थियो ।

पन्ध्र वर्षको हुँदा भार्भिले राजमार्गमा एउटा गाडीले उसको खुट्टाहरू किचिदिएको थियो । त्यस बेलादेखि दुवैतिरको कानमाथिसम्म पुग्ने बैसाखीका भरमा ऊ खेत–खलिहान हुँदै सडकहरूमा घिस्रँदै माग्ने काम गर्दै आएको छ । बीचमा उसको टाउको दुई पर्वतहरूबीच खाँदिएजस्तो देखिन्छ ।

अल सेन्ट डेको राति लेस विलेटिसका पादरीले उसलाई एक खाडलमा भेटेका थिए र निकोलास टुसेन्ट नाम दिएर पालनपोषण गरेका थिए । पढाइलेखाइ केही दिन सकिएको थिएन । त्यसैकारण डुल्न र भिक्षा माग्ने नै सिक्यो ।

एक पटक बेरोनेस डी अभारीले उसलाई आफ्नो फार्महाउससँगै पोल्ट्री फार्ममा पराल बिच्छ्याएर सुत्न दिएकी थिई । अनि एकदम भोक लागेको बेला एक टुक्रा रोटी र केही पिउन दिन्थी । कहिलेकाहीँ त ती बूढी महिला झ्यालबाट केही सिक्का पनि फ्याँकिदिन्थी । अहिले त मरिसकी ।

गाउँमा मानिसहरूले उसलाई धेरथोर अपुगै भए पनि केही दिन्थे । गाउँमा उसलाई सबैले चिन्थे । काठको बैसाखीसहित यो घरबाट त्यो घर ४० वर्षसम्म दिनका दिन घिसारेर हिँड्ने उसलाई देखेर गाउँका सबै वाक्क भइसकेका थिए । तर ऊ अन्त कतै जान पनि चाहँदैनथ्यो किनभने पूरा देशका यी तीनचार गाउँबाहेक संसारका कुनै पनि ठाउँबारे उसलाई थाहा थिएन । भीख माग्ने काम परिचित घेरामै आफूलाई सीमित राखेको थियो उसले ।

संसार कति टाढासम्म फैलिएको छ भन्ने उसको दृष्टिले भेउ पाएको थिएन । उसले आफूलाई त्यो प्रश्न सोधेको पनि थिएन । खेत र गल्लीमा भेट्दा भेट्दा वाक्क भई जब गाउँलेहरू उसलाई भन्थे, ‘यहीँ ख्वान्च्याङ ख्वान्च्याङ खोच्याइरहनुभन्दा किन तँ अन्त गाउँतिर जाँदैनस् ?’ ऊ केही जवाफ दिँदैनथ्यो । बरु डराएर लुत्त भाग्थ्यो । नयाँ अनुहारहरू, गाली, अपमान, अपरिचितहरूले शङ्कास्पद रूपमा हेर्नु उसको नियति थियो । हिँडिरहेका पुलिस देख्नासाथ ऊ झाडी या ढुङ्गाको थुप्रो पछाडि लुक्थ्यो । टाढैबाट तिनीहरूलाई देख्नासाथ, तिनीहरूको चम्किलो बर्दी देख्नासाथ जङ्गली जनावरले बास खोजेझैँ उसलाई कता जाऊँ, के गरूँ छटपटी हुन्थ्यो । ऊ आफ्ना बैसाखी छेउतिर फ्याँक्थ्यो र भुइँमा कुक्रुक्क परेर आफूलाई सकेसम्म लुकाउँथ्यो ।

प्रहरीहरूसँग उसलाई कुनै समस्या हुँदैनथ्यो तर पनि तिनीहरूबाट सकेसम्म टाढा बसूँ भन्ने कुरा उसको रगतमै थियो । कहिल्यै नदेखेका बाबुआमाको रगतबाटै सायद यो डर उसमा सरेको थियो ।

उसको कुनै पनि किसिमको आश्रयस्थल थिएन, छानो थिएन । गर्मीमा ऊ ढोकाबाहिर सुत्थ्यो र हिउँदामा कसैको गोठ, तबेलातिर लुत्त छिरेर सुत्न उसले जानेको थियो । कसैले देख्नुअघि नै कुलेलम ठोकिसक्थ्यो । फार्म घरभित्र कुन दुलोबाट छिर्नुपर्छ भन्ने उसलाई थाहा थियो । बैसाखी लिएर हिँड्दा हिँड्दा उसका पाखुराहरू कसिला भएका थिए ।

एक किसिमले भन्ने हो भने उसले खेतबारीको पशुजस्तै जीवन बिताइरहेको थियो । ऊ मानिसहरूबीच नै थियो तर कसैलाई चिन्दैनथ्यो, कसैलाई मन पराउँदैनथ्यो । बैसाखी बीचमा ऊ हल्लँदा चर्चको घन्टीझैँ देखिने भएर उसलाई मानिसहरू ‘घन्टी’ भन्थे ।

दुई दिनसम्म उसले केही खान पाएको थिएन । कसैले पनि उसलाई केही दिएनन् । सबैको धैर्य क्षीण भइसकेको थियो । स्वास्नीमान्छेहरू उसलाई देख्दा दैलोबाटै चिच्याउँथे, ‘ए अल्छीको पोको ! यता नआइज । अस्ति तीन दिनअघि मात्र मैले तँलाई एक टुक्रा रोटी दिएकी होइन ?”

त्यसपछि ऊ आफ्नो बैसाखी अर्को घरतिर सोझ्याउँथ्यो । त्यहाँ पनि उसले त्यस्तै व्यवहार पाउँथ्यो । कुनै पनि घरको ढोकामा उभिन पुग्दा सबैले “हामी वर्षैभरि यो अल्छी मुलालाई पाल्न सक्दैनौँ” भन्थे ।

तापनि ‘यो अल्छी मुला’लाई हरेक दिन खाना त चाहिन्थ्यो । फुट्या कौडी नपाएर ऊ सेन्ट हिब्येर, भार्मिली, लेस बिलेटिस सबैतिरबाट निराश भयो । उसलाई अब टुर्नोलिसको आशा थियो तर त्यहाँसम्म पुग्न राजमार्गको बाटो पाँच मिल हिँड्नु पथ्र्याे । ऊ कति धेरै थकित भइसकेको थियो भने अब त केही गज मात्र घिस्रिन सक्थ्यो । उसको पेट र खल्ती दुवै रित्ता थिए तर पनि उसले पाइला सा¥यो ।

डिसेम्बर महिना थियो र रुखका पातविहीन हाँगाहरू हुँदै खेत–खलिहानमा चिसो हावा बहिरहेको थियो । कालो, डरलाग्दो आकाशमा बादल कुदिरहेथ्यो । ट्याक ट्याक् बैसाखी र टेढामेढा खुट्टाले टेक्दै उसले विस्तारै आफूलाई अगाडि बढाइरह्यो ।

हिँड्दाहिँड्दा कहिलेकाहीँ कतै खाल्डोतिर ऊ केही मिनेट थकाइ मार्न बस्थ्यो । भोकले उसलाई झुत्ती खेलाइरहेथ्यो र खानेकुरा कसरी जुटाउने भन्ने चिन्ताले ग्रस्त भइरहेको थियो । तीन घन्टासम्म उसले कष्टदायी यात्रा ग¥यो । अन्त्यमा जब गाउँका रुखहरू देखिन थाले, उसमा नयाँ ऊर्जा थपिएजस्तो भयो ।

पहिले भेटेको गाउँलेसँग भिक्षा माग्दा यस्तो जवाफ पायो, “ओहो ! फेरि आइस् बजिया ? तँबाट कहिले छुटकारा पाइने हो !” ‘घन्टी’ आफ्नो बाटो लाग्यो । हरेक ढोकामा कर्कश शब्दबाहेक केही पाएन उसले । पूरा गाउँ नै चक्कर मारे पनि फुट्या कौडी पाएन उसले ।

त्यसपछि ऊ नजिकैका खेतहरूतिर गयो । हिलाम्मे जमिनमा कठिनताका साथ बैसाखी चलाउँदै ऊथाकिसकेको थियो । जताततै उसले उस्तै चिसा हृदयहरू र झोक्की मिजासहरू भेट्यो । उसले त्यो चिसो दिन खानेकुरा वा पैसा भेटेन ।

आफूले थाहा पाएका सबै घरहरू चहारिसकेपछि ‘घन्टी’ चिकोटको खलिहान भएर बग्ने कुलोको किनारमा थचक्क बस्यो । आफ्ना बैसाखीलाई छेउमा राखेर आफूलाई परेको आपत्बारे सोची बस्यो ।

मानव हृदयमा हुने अनिश्चित आशा जगाइराख्यो उसले आफूभित्र । त्यो खलिहानको कुनामा, डिसेम्बर महिनाको हावा खाँदै ईश्वरबाट वा कोही मान्छेबाट अचम्मैसित केही पाइन्छ कि भनी ऊ प्रतीक्षारत रह्यो । केही काला कुखुरीहरू भुइँमा भएका अन्नका दाना खोज्दै यताउता दगुरिरहेका थिए । कहिलेकाहीँ तिनीहरू मकैका दाना वा साना कीराहरू भेट्थे र चुच्चोले च्यापेर पेट भर्थे ।

उसले तिनीहरूलाई पहिले त त्यस्सै हेरि मात्र रह्यो । पछि झट्ट उसको मनमा तीमध्ये एक कुखुरालाई चट्टसँग सुकेका काठका टुक्राटाक्रीमा पोलेर खान पाए त गज्जब हुन्थ्यो भन्ने सोच्यो ।

म चोरी गर्न लागिरहेको छु भन्ने उसको मनमा आउँदै आएन । उसले ढुङ्गा टिप्यो र नजिकैको एउटा कुखुरालाई हानेर खुत्रुक्क पा¥यो । चरो प्वाक्क ढल्यो र पखेटा फटफट गर्न थाल्यो । अरू कुखुराहरू बुरुक्क भागिहाले । ‘घन्टी’ले बैसाखी उठायो र सिकार ढलेको ठाउँतिर लाग्यो ।
कालो जिउको त्यो रातो टाउके कुखुराको नजिकै पुग्न मात्र लागेको के थियो, उसले आफ्नो ढाडमा चर्को प्रहारको अनुभव ग¥यो । त्यो प्रहारको कारण उसको बैसाखी हातबाट फुस्केर खस्यो र ऊ दस कदम पर पुगेर पछारियो । चिकोट उसको पछिल्तिर रिसले उभिएको थियो । थप्पड हान्यो र लात्तीले भकु¥यो । ऊ भुइँमा पछारिइरह्यो ।

कामदारहरू पनि आफ्नो मालिकको पक्षमा उभिएर लङ्गडा भिखारीलाई दनादन हिर्काउन थाले । पिट्दा पिट्दा थाकेपछि तिनीहरूले उसलाई लगेर काठको खोरमा बन्द गरिदिए र पुलिस बोलाउन गए ।

‘घन्टी’ अद्र्धमृत अवस्थामा, रगतपच्छे भएर भोकले लस्त भुइँमा डङ्ग्रङ्ग लडेको थियो । साँझ आयो, रात प¥यो, बिहान भयो र पनि उसले केही खान पाएन ।

मध्यदिनमा पुलिस आए । तिनीहरूले बडो सतर्कतापूर्वक काठको खोरको ढोका खोले किनभने किसान चिकोटले उल्टो आफूलाई भिखारीले हमला गरेको र आफूले कठिनताका साथ प्रतिरक्षा गरेको भनेर जाहेरी दिएको थियो ।

प्रहरी अधिकारी करायो, “उठ् ए ! उठिहाल ।”

तर ऊ हलचल गर्न सकेन । ऊ बैसाखी लिएर उठ्न खोज्यो तर असफल भयो । प्रहरीले चाहिँ उसको त्यो कमजोरीलाई स्वाङ पारेको ठान्यो र जबर्जस्ती उठाएर दुवैतिर बैसाखी कोचिदियो ।

डरले ऊ थरहरी भयो– प्रहरीको बर्दीप्रति हुने वंशाणुगत डर, खेलाडीहरूलाई मैदानमा हुने खालको डर, बिरालोसँग मुसालाई हुने खालको डर ।

“हिँड्,” प्रहरी अधिकारीले भन्यो । ऊ हिँड्न थाल्यो ।

त्यहाँका अरू सबैले उसलाई लगेको हेरिरहे । आइमाईहरूले ऊतिर मुक्का उजाए । केटाहरूले उसलाई अपमानजनक गाली गरे । आखिर उसलाई लगियो । उनीहले छुटकारा पाए । आफ्ना दुई बैसाखीबीच ऊ गयो । भएभरको शक्ति लगाएर आफैलाई घिसार्दै ऊ हिँडिरह्यो । साँझसम्ममा तिनीहरूले अब के गर्ने हुन् भन्ने डर कायमै थियो ।

बाटोमा मान्छेहरू एक छिन रोकिएर उसलाई हेर्थे । गाउँलेहरू फतफताउँथे, “चोर हो कि अरू कोही हो ?”

साँझ पर्न लाग्दा ऊ सहर पुग्यो । कहिल्यै ऊ यति टाढा आएको थिएन । अब के गर्छन् भन्ने पत्तो पनि थिएन उसलाई । हिजो र अस्तिका चिताउँदै नचिताएका ती भयानक घटनाहरू हुनु, अपरिचित मान्छे र घरहरू–सबैले उसको मनमा त्रास उत्पन्न गराइरहेका थिए ।
उसले केही बोलेको थिएन । केही बोल्नै थिएन उसलाई । बुझेकै थिएन । अर्को कुरा उसले यतिका वर्षसम्म कसैसँग बोलेकै थिएन । त्यसैले जिब्रोको प्रयोग गर्न पनि बिर्सेजस्तो विचारलाई शब्दमा परिणत गर्न पनि अस्पष्ट अस्पष्ट ।

उसलाई सहरको झ्यालखानामा राखियो । उसलाई खाना पनि चाहिन्छ भन्ने प्रहरीहरूले सोच्दै सोचेनन् । भोलिपल्टसम्म उसलाई एक्लै त्यत्तिकै छोडियो । बिहान सबेरै उनीहरू जब उसको परीक्षण गर्न आए, ऊ भुइँमा मृत अवस्थामा भेटियो ।

(अमेरिकन लिटेरेचर डट कमबाट ‘द बेगर’ शीर्षक कथाको साभार अनुवाद ।)
अङ्ग्रेजीबाट अनुवाद : किशोर पहाडी

मधुपर्क भदौ २०७८
 

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 237
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.