SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » कथा : मुढो
आख्यान

कथा : मुढो

Sahitya SagarBy Sahitya SagarAugust 21, 2021No Comments8 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

दिनेश बस्नेत

‘‘जसे बिरामी भइछे, हस्पिटल लगेछन् रे ।’’ ‘‘आइसियुमा राखेछन् रे, बाँच्ली जस्ती छैन रे ।’’ भेटेर आउनेहरूले कुरा गर्थे । ‘‘के बाँच्ली त नि । जण्डिस लागेको बेलामा धोकेपछि ।’’ मैले यस्तै विभिन्न कुरा सुनेँ ।
विचरी जसे भाउजू ! देख्दा, भेट्दा बोल्ने र घरमा काम लिने भए पनि सर्किनी हुन् । त्यसैले उनलाई हाम्रो घरमा भेदभावयुक्त व्यवहार हुन्थ्यो । यसो त हाम्रो घरमा मात्र होइन, सम्पूर्ण गाउँमा यही चलन थियो । विवाह, व्रतबन्ध, पूजाआजा आदिमा निम्ता नगर्ने, मर्दा मलामी नजाने, मुढोसम्म पनि नलाने, यतिसम्मकी बिरामी पर्दा पनि कतिपय गाउँले भेट्न नजाने । तर पनि जसे भाउजू गाउँमा घर–घर डुल्थिन् । उनलाई धेरै गाउँलेले खेतालाको रूपमा मात्र नभई बेहिसाबले पनि दलाउँथे । हाम्रो घरमा पनि बेलाबखत मेला आउँथिन् । कहिले भेटघाट र गफगाफ गर्न मात्र पनि आउँथिन् । चिया, खाजा जे पाकेको छ, मिठो मुखले खान्थिन् र आफूले खाएको भाँडा आफैँले माझ्थिन् । आँगनको छेउमा भाँडा घोप्ट्याएर त्यहीँबाटै बिदा हुन्थिन् । ती भाँडा सुकेपछि खरानी पानी राखेर, पखालेर या सुनपानी छर्केर आमाले घर भित्र्याउनुहुन्थ्यो । जसे भाउजू निकै रसिली, हँसिली र जाँगरिली थिइन् । अझ रत्यौलीमा मादल बजाउन र गाउन खप्पिस थिइन् ।

धेरै पहिला एकदिन जसे भाउजू हाम्रो घर आएकी थिइन् । आमा गुन्द्री बुन्दै हुनुहुन्थ्यो । आमाको आडमा बसेर पराल केलाएर परालको गाँस गुन्द्री बन्न दिँदै थिइन्, आमाले भन्नुभयो, ‘‘अलि दिउँसै आएको भए पनि हुन्थ्यो नि मोरी तँ । यति गुन्द्री आजै उठाउँथे क्यारे नि ।’’

‘‘हिजो पँधेरोमा भेटिँदा भनेको भए हुन्थेन त बूढीमाउ ।’’ उनले भनिन् । एकछिनपछि आमाले हतासो ठोक्दै भन्नुभयो, ‘‘तँलाई म एउटा गज्जबको सल्लाह दिन्छु मान्छेस् ? फेरि अलि सोचविचार गरेर भन् । म बूढीपाकीले दिएको सल्लाह घैघुराने खाले हुँदैन । जीवन र घरव्यवहार नै काँचुली फेर्ने खाले सल्लाह दिन लागेकी छु ।’’ ‘‘बूढीमाउ पनि…. भन्नोस् न । हजुर मेरी आमा समानकी हुनुहुन्छ । हजुरले मेरै लागि दिएको सल्लाह पनि कहीँ नमानुँला त,’’ उनले आज्ञाकारी भावमा भनिन् ।
‘‘कुरो के भने, तँ बलिइ पनि छेस्, जाँगरिली पनि छेस् । तिमीहरूको अलिकति भए नि बारी छ, तँैले तरकारी खेती गर’’, आमाले फेरि भन्नुभयो, ‘‘तेरो बूढो हप्तामा तीन दिन हलो जोत्ने, चार दिन फिल्म हेर्न जाने गर्छ अरे । छोराहरू सानै छन् । तँलाई अहिले निकै गारो छ । हामीले गर्जो टार्ने भनेको पसिना बगाएर हो ।’’

आमाको कुरा उनले गम खाएर सुनिरहिन् । केही भन्न खोजेकी थिइन् तर आमाले उछिनेर भन्नुभयो, ‘‘मेरा पनि बूढा राजनीतिमा हिँड्दा ठिक्क भयो । कहिल्यै घरव्यवहारको मतलव गर्ने, सोच्ने फुर्सद भएन । छोराछोरी सानै । कमाइ नहुँदा घरव्यवहार चलाउन कति गारो हुन्छ । पैसा हुनेले पैसा नहुने मान्छेलाई कसरी हेप्दा रहेछन् ? कसरी तल खसालेर बोल्दा रहेछन् ? आफन्तले नै कतिसम्म पक्षपात गर्दारहेछन् भन्ने मैले भोगेको छु । तँलाई पनि मैले मेरै दुःख सम्झेर यो सल्लाह दिएकी हुँम् । आमा बन्दाको व्यथा आमालाई थाहा हुन्छ भन्ने सोचेर भनेकी हँु, तेरै भलो चिताएर ।’’ आमाको कुरा निकै टक लगाएर श्रद्धालु भक्तजनले प्रवचन सुने जसरी जसे भाउजूले सुनेकी थिइन् ।

आमाले फेरि भन्नुभयो, ‘इज्जत बेच्नु हुन्न बाबै ! पसिना बेचेर सानो भइँदैन । केही लाज हुँदैन । मैले पनि यति ठूलो परिवार तरकारी बेचेरै धानेकी छु । तँैले पनि जाँगर चला । ’’
उनले आमाको कुरा काट्दै भनिन्, ‘‘हजुरले गरेको काम मैले गर्दा के लाज हुन्छ र ? मलाई त यसरी सुझाउने मान्छे नभएर हो । तपाईंको कुरा मनमै गड्यो । अब म खेतालो जान र गाउँलेलाई सघाउन छोड्छु । मेरा बाबुकी जोइ कसैकहाँ गए । सबैले आफ्नै जरामा मल पानी हाल्नेबारे त सोच्ने रहेछन् । पहिले किन भनिनौँ बूढी । बरु तरकारीका बीउ कहाँ पाइएला ?’’

आमा आफ्ना कुराले भाउ पाएर खुसी हुनुभयो । ‘‘मैले नि बजारबाट किनेर ल्याउने हुँम क्यारे । तँ पनि बजार गएको बेला किनेर लेरा न । त्यति काम त तेरो बूढाले पनि गर्ला है ।’’ ‘‘गर्ला नि, कति सताउने हो त नि अब पनि ।’’ त्यति भनेर उनी बाटो लागिन् ।
केही दिनसम्म उनी हाम्रो घरमा आइनन् । बाटोमा पनि भेटिनन् । थाहा भयो उनले आमाको राय आत्मसाथ गरिछन् । बारीमा काउली, बन्दा र सिमीजस्ता मौसमअनुसारको तरकारी खेती गर्न थालिछन् । परिवारले पनि उनलाई भरपुर सघाउँदा रहेछन् ।
समय पुगेपछि मिहिनेतको फल उब्जियो । उनी पनि बडो उत्साहित भएर बेच्न थालिन् । उनको घरको आर्थिक अवस्था परिवर्तन भयो । छोराहरू पनि सुकिलामुकिला र भकुल्ला देखिन थाले । जसे भाउजूका नाक, कान, घाँटीले सुनका गहना देखे । सम्पूर्ण परिवर्तन र विकासको श्रेय आमाले पाउनुभयो ।

एक दिन तरकारी बेचेर फर्कंदा उनले आमालाई एउटा सारी र फलफूलको पोको ल्याएर दिइन् । सायद उनले ठानेकी थिइन्, त्यसरी दिँदा हाम्री आमा औधी खुसी हुनेछिन् । तर आमाले सङ्कोच मान्दै भन्नुभयो, ‘‘अबदेखि यसरी पोका ल्याएर मलाई दिने काम नगर, मलाई मन पर्दैन । यो तेरो पसिनाको कमाइ हो । बित्थामा खाँदा मलाई अर्काको भारा बोकेको महसुस हुन्छ । आइन्दा यस्तो काम नगर ।’’
‘‘के म तपाईंकी छोरी होइन र ? आज मातातीर्थ आँैसी छोरीले दिएको खाँदा भारा लाग्ने भन्ने हुन्छ बूढीमाउ । यस्तो कुरा गर्छेउ भने त म तिमीसँग बोल्दा पनि बोल्दिनँ । फर्केर पनि आउँदिनँ ।’’ जसे भाउजूले भावुक भएर भनिन् । उनले व्यक्त गरेको भावले सायद आमा पनि छताछुल्ल गरी मनभरि पोखिनु भयो । जसे भाउजूलाई एक तमाससँग हेरिरहनुभयो । दुई जनाबीचको स्थापित आत्मयीताले प्रत्यक्ष रूपमा एउटा मनदेखि अर्को मन छिचोलेको अनुभूति मैले पनि गरेँ ।
जसे भाउजू बेलाबखत हाम्रो घरमा आइरहन्थिन् । धेरैजसो तरकारीको बारेमा गन्थनमन्थन हुन्थे । उनी तरकारी खेतीबाट प्रसन्न थिइन् । उनको समुदायमा उनी मात्र एउटा नमुना–पात्र बनेकी थिइन् । पछि अरूहरूले पनि जसे भाउजूको देखासिकी गर्न थालेका थिए ।
बजार नजिक हुनाले बेच्न कुनै समस्या थिएन । सहर र गाउँको बीचमा एउटा झोलुङ्गे पुल थियो । पुल तार्ने बित्तिकै तरकारीले उचित भाउ पाउँथ्यो । एकदिन तरकारी बेचेर फर्कंदै गरेकी जसे भाउजूलाई भनेँ, ‘‘अब तपाईंका पनि दिन फिरे भाउजू, दुःख भए पनि अभाव र चिन्ता भन्ने चिज भएन ।’’

‘‘जाउँ बाबु खाजा खान’’, उनले आडको होटल देखाउँदै भनिन् । म अल्मलिएँ । ‘‘छुट्टाछुट्टै टेवलमा बसेर खाउँला नि बाबु, के हुन्छ त नि ।’’ उनले छुवाछूत कायम राख्दै भनिन् । मैले उनको प्रस्ताव स्वीकारेँ तर एउटै टेबुलमा आमुन्ने सामुन्ने भएर बस्यौँ । उनी अर्काे टेबलमा सर्दै भनिन्, ‘‘फेरि कसैले देख्न सक्छन् ।’’ खाजा खाएपछि सँगसँगै घर व्यवहारका गफ गर्दै बाटो काट्यौँ । उनले मेरै आमाका कुरा धेरै गरिन् ।
बेलुका उनले गरेका केही कुरा आमालाई सुनाएँ । आमा मख्ख पर्नुभयो । मेरी आमालाई मन पराएर मात्र होइन, उनले हाम्रो घरप्रति देखाउने सद्भाव र सद्व्यवहारबाट म प्रभावित थिएँ । उनलाई गाउँका उत्पीडित महिलाभन्दा पृथक लाग्न थालेको थियो । तर मेरो उनीप्रतिको मान्यता लामो समय टिकेन । जब समय र सङ्गतले उनलाई बिगारेर लग्यो । उनले रक्सी खान थालिन् । गति छाडा भएर धोक्न थालिन् । तरकारी बेच्न गएकी उनी डोको फालेर बाटोमा लम्पसार परेको, लगाएको फरिया पनि बेपर्वाहसित देख्नुपरेको स्थितिले मनमनै दुःख लाग्थ्यो । त्यसपछि उनी हाम्रो घर तरकारीका कुरा गर्न आउन छाडिन् । आमासँग सय÷पचास रक्सी खाने पैसा माग्न आउन थालिन् । आमाले गाली गर्नु हुन्थ्यो, ‘‘तँलाई रक्सी खान पर्ने लाज हराएकी ।’’

‘‘के गर्ने त जातले पाएको ! खाने हो बूढीमाउ । आज मरे भोलि दुई दिन हुन्छ, लाए खाए सार मरे लम्पसार । खान बाँकी केही राख्ने होइन ।’’ उनले मति छाडेर बोलिन् । जसे भाउजूलाई घरबाट पन्छाउन हो कि गाली गर्दै भए पनि आमाले पैसा दिनुहुन्थ्यो । कहिलेकाहीँ मैले पनि दिन्थेँ । तर त्यसरी रक्सी खाने पैसा दिँदा मन भारी हुन्थ्यो । तरकारी बेच्न छाडेर रक्स्याहा भएपछि जसे भाउजू आपूm मात्र बिग्रेकी थिइनन्, उनीसँगै घर पनि बिग्रिएको थियो । हाँसीखुसी छोराहरूको भविष्य पनि अन्योल र अन्धकारमा डुबेको भएको थियो । तर जसे भाउजूले कसैले सम्झाएको मानिनन् । कताबाट उनलाई जन्डिस लागेछ । जन्डिस लाग्दा पनि रक्सी खान नछाड्दा अस्पताल पुगिछन् । अस्पतालामा गर्नुपर्ने उपचार गरेपछि उनलाई घरमा ल्याइएछ ।

उनलाई पिँढीमा सुताइएको रहेछ । झिँगा वरिपरि भन्किएका रहेछन् । जिउ फुलेर चिन्न नसक्ने भइछन् । मान्छे चिन्नसक्ने होस भने रहेछ । छोराहरू निन्याउरो मुख लगाएर वरिपरि बसेका रहेछन् । हिजोसम्मको हरियाली पाखो डढेलोले खाएर बिरूप भएझैँ लाग्यो जसे भाउजूको घर मलाई । छेउमा उभिएका उनका श्रीमान्तिर फर्किएँ । आफ्नो ज्यान आफैँले फाल्ने भई डङ्किनीले, सब खत्तम पारेर जाने भई भन्दै श्रीमान्ले मुडा ल्याएर बस्न दिए । ठिकै छ दाइ भन्दै उभिएर मैले जसे भाउजूलाई एकोहोरो हेरिरहेँ । उनी मलाई हेरेर बोल्न खोजिन् तर सकिनन् । हातको इसाराले बस्न भनिन् । तब म मुडामा बसेँ । धेरै समय भने बस्न मन लागेन । गाउँलेले गरेको हल्लाजस्तै रहेछ उनको अवस्था । अब उनी धेरै नबाँच्ने लागेर घर फर्किएँ ।
भोलिपल्ट बिहान अशुभ समाचार गाउँभरि पैmलियो । जसे भाउजू राति नै बितिछन् । खबर सुनिसक्नु भएकी आमाको अनुहार हेरँे । उहाँको अनुहारमा बादल मडारिएको थियो । पानी पर्न नसकेको आकासजस्तो देखिन्थ्यो । जसे भाउजूले मेरी आमालाई दिएको आमाको दर्जा र आमा खुवाउने औँसीमा दिएको कोसेली सम्झेँ ।

फेरि आमालाई हेरेँ । आमाको निकै बेरपछि बोली फुट्योे, ‘‘हुन त जसे भाउजूको मलामी जाने, मुढा लैजाने हाम्रो चलन होइन । अरूले जे भने नि एउटा मुढो घाटमा छोडेर आइज ।’’ यसपालि आमाको आदेश पालना गर्दा मलाई औधी खुसी लाग्यो । अबेर नगरी एउटा मुढो दाउराको घारबाट झिकेर म घाटतिर लागेँ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 179
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.