SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » भानुभक्तको रामायण
कविता

भानुभक्तको रामायण

Sahitya SagarBy Sahitya SagarAugust 10, 2021No Comments26 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
भानुभक्त आचार्य (विसं १८७१–१९२५) नेपाली साहित्यका आदिकवि हुन् । उनको परिचय साहित्यसागरका अङ्कहरूमा समेटिइसकेको छ । भानु आदिकवि मात्र नभइ नेपालका राष्ट्रिय विभूति पनि हुन् । भानुजयन्ती नेपालभित्र रहने नेपालीको मात्र नभएर विश्वमा छरिएर रहेका नेपाली जातिको साझा पर्व पनि भएकाले यस सन्दर्भमा साहित्यिक पत्रपत्रिकाले उनको स्मृति गर्नु र उनका रचनाहरूलाई पुन स्मरण र पठन गर्नु स्वाभाविकै हो । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भानुभक्त आचार्यको रामायण महाकाव्यको कपहिलो सर्ग बालकाण्डलाई नै शृङ्खलाको पहिलो कविताका रूपमा प्रस्तुत गरिएको छ । यो कवितालाई भानु प्रतिष्ठानले विकास गरेको भानुभक्त आचार्यको लिपिमा आधारित फन्टमै प्रस्तुत गरिएको छ । भानु प्रतिष्ठानबाट प्रकाशित रामायणको पछिल्लो संस्करण यसै फन्टमा प्रकाशित छ । यस अंशबाट हातमा रामायण नहुने नेपाली पाठकले रामायण पठनको आस्वादन लिन सकून् भन्ने उद्देश्य लिइएको छ ।

-सम्पा.

बालकाण्ड

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी।
ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी॥
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै॥१॥

हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू।
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू॥
आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई।
गन्र्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई॥२॥

साँचो बात गरैन कोहि अरूकै गर्नन् त निन्दा पनी।
अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी॥
कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ।
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ॥३॥

काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी।
मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी॥
ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी।
धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी॥४॥

जाती धर्म रह्वैन क्षत्रिहरूमा जो छन् इ नीचाहरू।
शूद्रादी त तपस्वि होइ रहनन् ब्राह्मण् सरीका बरू॥
स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी।
यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसारसागर् तरी॥५॥

यो चिन्ता मनमा भयो र अहिले सोधूँ उपायै भनी।
आयाको छु दयानिधान कसरी तर्नन् सहज् ई पनी॥
यस्तालाइ उपाय तर्न सजिलो कुन् हो उ आज्ञा गरी।
मेरो चित्त बुझाइ बक्सनुहवस् क्याले इ जान्छन् तरी॥६॥

नारद्ले दुनियाँउपर् गरि दया बिन्ती गर्या यो जसै।
ब्रह्माजी पनि खूप् प्रसन्न हुनुभो मर्जी भयो यो तसै॥
हे नारद् सब पाप हर्न कन ता रामायणैले सरी।
आर्को मुख्य उपाय छैन सबको हित् यै छ अमृत् सरी॥७॥

शम्भू देखि सुनेर तत्त्व सब यो गान् पार्वती गर्दछिन्।
राम्को नाम अपार जानि बहुतै आनन्दमा पर्दछिन्॥
जस्ले गान् कन गर्दछन् त ति सहज् संसार पार् तर्दछन्।
कालैको पनि ताप् हुँदैन भय सब् तिन्का सहज् टर्दछन्॥८॥

यो सब् शास्त्रविषे बडो छ रघुनाथ्को रुप् जनाई दिन्या।
जो छन् सब् इ पुराण्हरू इ सबमा यै मुख्य जानी लिन्या॥
गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल् भनी।
तिन्को पुण्य बखान गर्न त सबै सक्तीन मैले पनी॥९॥

सून्याथ्याँ शिव देखि यस्कि महिमा एक् श्लोक पढुन् ता पनी।
भक्तीले यदि यो पढ्यो पनि भन्या पाप् छुट्तछन् सब् भनी॥
जो एक् चित्त गरेर पाठ खुसि भै गर्छन् सदा यै भन्या।
जीवन्मुक्त तिनै त हुन् नर भई ईश्वर् सरीका बन्या॥१०॥

पूजा पुस्तकको गर्या पनि त फल् एक् अश्वमेध्का सरी।
पाऊँछन् सुनियो कहीं पनि भन्या पाप् छुट्तछन् तेस् घरी॥
जो ता पुस्तकका नजिक् गइ नमस्कारै फगत् गर्दछन्।
तेस्ता जन् सब देवता पुजि हुन्या फल् भोगमा पर्दछन्॥११॥

चारै वेद पढेर शास्त्रहरूको व्याख्यान गर्दा पनी।
पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी॥
भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया॥१२॥

जस्ले राम्नवमी उपासि खुसिले जाग्रन् समेतै गरी।
यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी॥
तेस्ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्मा गर्यो।
यस्मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो॥१३॥

रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी॥
मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी॥
रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती।
कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्का रती॥१४॥

यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी।
शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी॥
रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो।
जस्तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो॥१५॥

जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी।
तिन्का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी॥
तेस्मा रामगिता छ झन् अति ठुलो जस्को महात्म्यै पनी।
सब् जान्न्या शिव मात्र छन् अरू त को जान्न्या छ यस्तो भनी॥१६॥

आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू।
गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू॥
राम्ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी।
लक्ष्मण्लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी॥१७॥

मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी।
पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी॥
पढ्थिन् पार्वति राम्गीता तहिं सुनी पाठ् गर्न लागी गया।
राम्गीता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया॥१८॥

मैह्ना दिन् यहि राम्गिता पढि लिया सब् ब्रह्महत्याहरू।
छुट्छन् ता अरू छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू॥
शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासी थ्यैं जो गई।
राम्गीता कन पाठ् गर्यो पनि भन्या ठूलो महात्मा भई॥१९॥

जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन्।
कोही श्राद्ध विषे पढुन् त तिनका पितृ़ सबै तर्दछन्॥
पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी।
आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी॥२०॥

राम्गीता उपवास् गरी कन बहुत् आदर् गरी पढ्छ जो।
तेस्लाई त न भन्नु मानिस भनी रामै सरीको छ त्यो॥
दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी।
बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी॥२१॥

धेरै बात गरेर हुन्छ अब क्या रामायणै हो जबर्।
पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर्॥
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी।
पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो फरि ठूलो भनी॥२२॥

जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या।
जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया॥
पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि।
जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य सब्का बनी॥२३॥

कैलाश्मा भगवान् सदाशिव थिया ध्यान्मा बहुत् मन् दिई।
वाम् काख्मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई॥
एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्मा परी।
आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोक्मा गरी॥२४॥

हे नाथ् बिन्ति म गर्दछू हजुरमा राम् हुन् जगत्का पती।
राम् देखी अरू कोहि छैन जनका संसार तन्र्या गती।
जस्मा भक्ति गर्यो भन्या अति गभिर् संसार सागर्महाँ।
नौका झैं तरि जान्छ झट्पट गरी तेस् नर्कि देहै तहाँ॥२५॥

यस्ता राम् कन लोकमा जनहरू एक् ईश्वरै मान्दछन्।
कोही तत्त्व न पाइ मूर्खहरू ता मानिस् सरी जान्दछन्॥
क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गर्या।
सीता रावणले जसै हरि दियो ठूलै विपत्मा पर्या॥२६॥

ईश्वरलाइ त शोक् हुँदैन र भनूँ हूँदैन अज्ञान् पनी।
इन्मा यो सब देखियो त कसरी जान्नू इ ईश्वर् भनी॥
लोक् यस्तो पनि भन्छ कोहि भगवान् यस्मा विचार् खुप् गरी।
जस्तो हो सब यो बताउनुहवस् सन्देह मेरो हरी॥२७॥

यस्तो प्रश्न सुन्या र पार्वतिजिको खूसी पनी खूप् भया।
राम् यस्ता प्रभु हुन् भनेर शिवले सब् तत्त्व ताहीं कह्या॥
सून्यौ पार्वति राम् अनादि परमेश्वर् हुन् ति आकाश् सरी।
सब् ढाकी कन बस्तछन् अघि विराट् सम्पूर्ण सृष्टी गरी॥२८॥

जस्तै चुम्बकका नजिक् परि गया नाच्छन् इ लोहा पनी।
तस्तै जस् कन पाइ नाच्तछ जगत् नाना प्रकारको बनी॥
यस्तो तत्त्व न जानि मानिस सरी राम्लाइ जो गर्दछन्।
संसार्का इ अनन्त ताप्हरू तिनैलाई सदा पर्दछन्॥२९॥

बादल्ले अरू ढाक्छ ढाक्छ अरू क्या श्रीसूर्य्यलाई पनी।
लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य्य ढाक्यो भनी॥
तस्तै तत्त्व न जानि बोल्छ जन जो सो भन्छ मानिस् पनी।
योगी ज्ञानि त चिन्दछन् इ रघुनाथ् त्रैलोक्यका नाथ् भनी॥३०॥

जस्लाई रिङटा छ भन्छ उ फगत् घुम्छन् उ पर्वत् भनी।
घुम्दैनन् इ त घुम्छ तेहि रिङटा जान्दैन कोही पनी॥
अज्ञान् रुप् रिङटा हुन्या जनहरू भन्छन् ति मानिस् पनी।
राम् ता हुन् परमेश्वरै सकल यस् चौधै भुवन्का धनी॥३१॥

सूर्य्यैमा पनि अन्धकार् छ कहिं क्या तस्तै छ राम्मा पनी।
शोक् अज्ञान् रति छैन जान्नु सबले आत्मा इनै हुन् भनी॥
आर्को गोप्य रहस्य भन्छु सुन यो संवाद् सितारामको।
भूभार् हर्न त को थियो जब हर्या छिन्छान् भयो कामको॥३२॥

भूमीको सब भार् हरेर रघुनाथ् राज् गर्न लाग्या जसै।
देख्या श्रीहनुमानलाइ र दया आयो प्रभूका तसै॥
सीतालाइ हुकुम् तहीं दिनु भयो सीते हनूमान् बडा।
हाम्रा भक्त भया इ तत्त्व लिनका खातिर् यहाँ छन् खडा॥३३॥

इन्लाई तिमि तत्त्व देउ भनि यो हूकुम् भयेथ्यो जसै।
सीताले हनुमानलाइ दिनु भो जुन् तत्त्व हो सो तसै॥
आर्को तत्त्व त केहि छैन हनुमान् कुन् आज आर्को कहूँ।
राम् हुन् ब्रह्म इनैकि शक्ति बलिई माया भन्याकी म हूँ॥३४॥

राम्को सन्िनधि पाइ गर्छु सबको सृष्टी र पालन् पनी।
आरोप् राम विषे गरिन्छ सब यो गर्न्या इनै हुन् भनी॥
यस् निर्मल् रघुवंशमा प्रभुजिले जो जन्म याहीं लिया।
विश्वामित्र निमित्त यज्ञहरूमा राखी दया मन् दिया॥३५॥

जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू।
जो मैलाइ बिहा गर्या सब कुरा यस्ता कहाँ तक् भनू॥
जो ता गर्व हर्या ति विर् परशुराम्को जो अयोध्या बस्या।
बार्है वर्ष बिहा गर्या पछि बसी जो ता वनैमा पस्या॥३६॥

यस्ता काम् जति काम् भया ति सब काम् गर्न्या म हूँ ता पनि।
भन्छन् लोक त रामलाइ सबका कर्ता इनै हुन् भनी॥
अन्तर्यामि अनादि साक्षि त ति हुन् कर्ता कहाँ ती थिया।
मेरा गूण लिंदा त लोकहरूले कर्ता भनी पो दिया॥३७॥

येती ताहिं सिताजिबाट उपदेश् पाई सक्याथ्या जसै।
आफै राम् प्रभुले पनी दिनु भयो फेर् तत्त्वको ज्ञान् तसै॥
यस्तो हुन्छ परात्म आत्म यहि हो यो हो अनात्मा भनी।
आत्मा और परात्मलाइ बुझदा पाइन्छ मुक्ती पनी॥३८॥

आत्माको र परात्मको छ कति फेर् त्यो एक जानी लिनू।
जुन् जुन् चीज अनात्म हुन् उ त झुटा जानेर छाडी दिनू॥
आत्माको र परात्मको गरि विचार् एक् तत्त्व जान्यो जसै।
अज्ञान् सब् छुटि जान्छ ती पुरुषको मै तुल्य हुन्छन् तसै॥३९॥

यो मेरो हृदयै त हो प्रिय छ यो खुप् गुप्त राख्नू पनी।
तत्त्वज्ञान् भनि यै कहिन्छ बुझिल्यौ सून्यौ हनुमन् भनी॥
तत्त्वज्ञान् हनुमानलाइ रघुनाथ्ले यै दिनू भो तहाँ।
सोही ज्ञान् तिमि थ्यैं कही कन सक्याँ सम्पूर्ण मैले यहाँ॥४०॥

सून्यौ पार्वति रामको हृदय यो जो जो त पाठ् गर्दछन्।
जो छन् जन्म सहस्रका सकल पाप् तिन्का सबै टर्दछन्॥
जातीभ्रष्ट अधम् हवस् त पनि लौ यस्लाई खुप् पाठ् गरी।
राम्को ध्यान् पनि गर्छ पो पनि भन्या त्यो जान्छ संसार् तरी॥४१॥

सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै।
फेर् विस्तार् गरि सुन्नलाइ मन भी तो पार्वतीको तसै॥
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् सबै रामको।
लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको॥४२॥

सूनोस् रामलिला भनेर म उपर् माया बहूतै धरी।
सब् लीलाहरू फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी॥
यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी।
जो जो हुन् सब राम्चरित्र शिवले ताहाँ बताया पनी॥४३॥

ई भूमी कन रावणादि विरले भारी बनाई दिया।
भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया॥
पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी।
आयाँ आज दयानिधान् चरणमा यो बिन्ति पारिन् पनी॥४४॥

यस्तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ।
दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ॥
इन्द्रादीहरू साथमा लिइ स्तुती ताहाँ गर्याथ्या जसै।
सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै॥४५॥

देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्मा पर्या।
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्या।
हे नाथ् रावण दुष्ट भै सकल लोक्लाई विपत्ती दियो।
इन्द्रादीहरूको त तेज् सहजमा खैंचेर तेस्ले लियो॥४६॥

यस्लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी।
मानिस् देखि मर्यास् भनी त वरदान दीई रह्याँछू पनी॥
ब्रह्माको यति बिन्ति सूनि भगवान्को यो हुकुम् भो पनी।
रावण्लाइ म मारुँला सहजमा मानिस् सरीको बनी॥४७॥

माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई।
छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई॥
सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी।
अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि॥४८॥

अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी।
ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी॥
मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्मा गई।
वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई॥४९॥

ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी।
इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्मा झरी॥
यै बिच्मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ।
तिन्को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ॥५०॥

ताप्ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी।
हे सर्वज्ञ मुने कसो गरि हुनन् छोरा मलाई भनी॥
यस् काम्ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया।
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया॥५१॥

हुन्छन् पुत्र अवश्य जल्दि महाराज् एक् यज्ञ ऐल्हे गर्या।
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्या॥
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसैं।
चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै॥५२॥

यस्तो अर्ति वशिष्ठको जब सुन्या राजा बहुत् खुस् भया।
शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया॥
ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै।
पायस्को थलिया लिई कन तहाँ आया ति अग्नी तसै॥५३॥

यस् पायस् कन आज लेउ भगवान् छोरा हुन्या छन् भनी।
राजालाइ दिया र पायस तहाँ लूक्या ति अग्नी पनी॥
राजा खूसि भई दुवै ति ऋषिका कोमल् चरण्मा परी।
कौशल्या र ति केकयी कन दिया पायस् दुवै भाग् गरी॥५४॥

खानू बाँकि थियो तसै बखतमा आइन् सुमित्रा पनी।
कौशल्या र ति केकयी सित भनिन् ख्वै भाग मेरो भनी॥
दूवैले दुइ भाग देखि झिकि भाग् तिन्को पुर्याई दिया।
तिन् रानी मिलि तेहि पायस तहाँ सम्पूर्ण खाई लिया॥५५॥

तीनै रानी ति गर्भिणी पनि भया तेज् देवताका सरी।
देखीयो सब रानिका सकल लोक् खूसी भया तेस् घरी॥
कौशल्या जननी गराइ भगवान् श्रीराम पैदा भया।
देखिन् श्रीप्रभुको चतुर्भुज स्वरुप् सब् माइका ताप् गया॥५६॥

हात् जोरी बहुतै स्तुती पनि गरिन् ईश्वर् इनै हुन् भनी।
जान्याँ नाथ हजूरलाइ सबका आत्मा स्वरूपी भनी॥
यो ब्रह्माण्ड पनी सहज् उदरमा लीन्या त आफै थियौ।
मेरा आज उदर् विषे बसि यहाँ यो जन्म ऐल्हे लियौ॥५७॥

देख्याँ भक्त उपर् दया हजुरको हे नाथ् शरण्मा पर्याँ।
यै मूर्ती प्रभुको सदा मन महाँ झल्कोस् पुकारा गर्याँ॥
यस्तो दिव्य शरिर् लुकाइ कन बेस् बालक् स्वरुप्का बनी।
दर्शन् देउ मलाइ हेर्छु भगवन् फेर् बाललीला पनी॥५८॥

तेही बालकमूर्तिलाइ म यहाँ आलिङ्गनादी गरी।
सब् पाप् नष्ट गराउँला र करुणा होला र जाँला तरी॥
यो बिन्ती महतारिको सुनि हुकुम् यो भो प्रभुको तहाँ।
मातर् जुन् छ हजूरको हित कुरो होवस् सबै थोक् यहाँ॥५९॥

दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्यौ।
तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा धर्यौ॥
हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ।
तिम्रो पुत्र भयेर जन्मन गयाँ व्यर्थै म गथ्र्या कहाँ॥६०॥

कौशल्या सित बात् पनी यति गरि बालक् सरीका बनी।
चेष्टा बालककै लिया प्रभुजिले खुप् रून लाग्या पनी॥
थाहा भो दशरथ्जिलाइ र गया दर्शन् गर्याथ्या जसै।
देख्तैमा परिपूर्ण मन् हुन गयो आनन्द पाया तसै॥६१॥

तत्क्षण्मा तहिं जातकर्म पनि भो सब् काम् गुरूले गर्या।
कैकेयी तिर ता भरत् हुन गया आनन्दमा सब् पर्या॥
जम्ल्याहा दुइ पुत्र पाउँदि भइन् ताहाँ सुमित्रा पनी।
जेठा लक्ष्मण ता भया ति दुइमा शत्रुघ्न कान्छा बनी॥६२॥

तिन् रानी तिर चार पुत्र सुकुमार् जन्मी सक्याथ्या जसै।
भूमी रत्न सुवर्ण वस्त्रहरूका भारी भया दान् तसै॥
कौशल्यासुतको वशिष्ठ गुरुले नाम् राम भन्नू भनी।
राख्या केकयिपुत्रको भरत नाम् जम्ल्याहको नाम् पनी॥६३॥

जेठाको शुभ नाम लक्ष्मण गरी जुन् चाहिं कान्छा थिया।
तिन्को नाम् पनि काम माफिक असल् शत्रुघ्न राखी दिया॥
लक्ष्मण् राम् सित खेल्दछन् भरत थ्यैं शत्रुघ्न खेल्दा भया।
पायस्कै अनुसारले हुन गयो प्रीती त बढ्दै गया॥६४॥

बालक्काल् बिति गै गयो प्रभुजिको सब् बाललीला गरी।
चारैको व्रतबन्ध भो पढि सक्या सब् शास्त्र खुप् क्षोद् गरी॥
खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी।
राज्काज् गर्नु जती थियो सकल त्यो राज्काज् चलाया पनी॥६५॥

राम् हुन् परात्मा ति कहाँ विकारी।
यस् लोकमा छन् नररूपधारी॥
काम् गर्न लाग्या ति नरै सरीका।
लीला अपार् छन् भगवान् हरीका॥६६॥

राम् नारायण हुन् भनैर मनले जान्या र भेट्छू भनी।
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै आया अयोध्या पनी॥
देख्या श्री दशरथ्जिले र बहुतै आदर् ऋषीको गरी।
सोध्या काम् किन आज आउनु भयो भन्दै बहुत् प्रेम धरी॥६७॥

आदर्पूर्वकका सुन्या प्रिय वचन् यस्ता ऋषीले जसै।
आफ्नू दर्द जउन् थियो मन महाँ सोही बताया तसै॥
हे राजन् सब पर्व पर्वहरूमा ईश्वर् विषे मन् धरी।
गर्छू होम्हरु कर्म तेस् बखतमा आयेर होम् नाश् गरी॥६८॥

मारिच्ले र सुबाहुले बहुत दिक् गर्छन् र पाप् हुन् भनी।
दूवैलाइ मराउना कन उठ्यो रिस् आज मेरो पनी॥
सोही बिन्ति गरूँ भनेर अहिले आयाँ हजुर्मा यहाँ।
जेठा पुत्र मलाइ बक्सनु हवस् लैजान्छु ऐल्हे तहाँ॥६९॥

लक्ष्मण् साथ् गरि रामलाइ अधिराज् ऐल्हे हजुर्ले दिया।
मारिच्लाइ सुबाहुलाइ सहजै मान्र्या इनैले थिया॥
यस्मा अर्ति वशिष्ठको लिनु हवस् दीना नदीना महाँ।
भन्छन् दीनु त बक्सनू पनि हवस् यै काम आयाँ यहाँ॥७०॥

विश्वामित्रजिको सुन्या वचन यो राजा सकस्मा पर्या।
दीऊँ की त न दीऊँ येहि मनमा चिन्ता बहूतै गर्या॥
सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो यस्तो पर्यो क्या गरू।
कल्याण् हुन्छ कसो गरेर अहिले अर्ती मिलोस् एक् बरू॥७१॥

राम्लाई म नदेखि बाँच्छु कसरी एक् यै कठिन् भो अनी।
इन्लाई नदिया सराप् पनि दिनन् की लाग्छ यस्तो पनी॥
यस्मा श्रेय यसो छ यो गर भनी पाऊँछु आज्ञा जसो।
सोही काम म गर्दछू हित हुन्या कुन् पाठ् छ गर्नू कसो॥७२॥

यो बिन्ती दशरथ्जिको जब सुन्या ताहीं गुरूले पनी।
राम्को गुह्य कुरो सबै भनि दिया यस्ता इ राम् हुन् भनी॥
हे राजन् तिमि ता इ राम अहिले हुन् पुत्र मेरा भनी।
भन्छौ पुत्र त हुन् तथापि इनि हुन् चौधै भुवन्का धनी॥७३॥

भूभार् हर्न निमित्त आज भगवान् यस् पृथ्वितल्मा झर्या।
कौशल्या तिर जन्मनू पनि थियो सो सत्य ऐल्हे गर्या॥
कौशल्या दशरथ् दुवै तिमि अघी कश्यप् अदीती थियौ।
ईश्वर्लाइ म पुत्र पाउँ भनि तप् गर्दै समाधी लियौ॥७४॥

खूसी भै वरदान् दिया प्रभुजिले छोरो म हूँला भनी।
सोही सत्य गराउना कन यहाँ जन्म्या परात्मा पनी॥
शेष् हुन् लक्ष्मण शङ्ख हुन् भरतजी शत्रुघ्न चक्रावतार्।
हुन् को जान्दछ तत्त्व यो बुझ तिमी लीला प्रभूकी अपार्॥७५॥

मुल् शक्ती प्रभुकी अनन्त गुणकी सो दिव्य मूर्ती बनी।
छोरी भै ति बस्याकि छन् जनककी सीता छ नाऊँ पनी॥
सीता राम् दुइको विवाहविधिले संयोग् गराऊँ भनी।
विश्वामित्रजिका भयो र मनमा आई रह्याछन् पनी॥७६॥

दीन्यै योग्य म मान्दछू भनि गुरूले अर्ति दीया जसै।
खुसी भै दशरथ्जिले पनि दिया लक्ष्मण् सहित् राम् तसै॥
राम् लक्ष्मण् कन पाउँदा ऋषि पनी अत्यन्त खूसी भया।
आशिर्वाद् दशरथ्जिलाइ दिइ राम् लक्ष्मण् लिई ती गया॥७७॥

केही दुर् गइ रामलाइ ऋषिले विद्या सिकाई दिया।
जुन् विद्या पढि भोक् थकाइ कहिले लाग्दैन यस्ता थिया॥
गङ्गाका तिरमा बडो वन थियो पूग्या जसै ती तहाँ।
विश्वामित्रजीले कह्या प्रभुजि थ्यैं राम् ताडका छे यहाँ॥७८॥

त्यो हो राक्षसि कामरूपि छ बहुत् लोक्लाइ बाधा पनी।
गर्छे यस् कन मारि बक्सनु हवस् यो पापिनी हो भनी॥
विश्वामित्रजिका वचन्कन सुनी श्रीरामजीले पनी।
टङ्कार् खुप् धनुको गर्या सुनि यहाँ त्यो जल्दि आवस् भनी॥७९॥

त्यो टङ्कार् सुनि ताडका पनि तहाँ दौडेर आई जसै।
हान्या बाण् प्रभुले गड्यो हृदयमा त्यो बाण् मरी त्यो तसै॥
यक्षी थी अघिकी सराप् परि तहाँ तेस्ती भयाकी थिई।
राम्ले मारि दिंदा त स्राप् पनि टर्यो फेर् यक्षिको रुप् लिई॥८०॥

श्री राम्चन्द्रजिका वरीपरि घुमी प्रेम्ले नमस्कार् गरी।
स्वर्गैमा गइ रामका वचनले बेस् एक् विमान्मा चढी॥
विश्वामित्र ऋषी बहुत् खुसि भया यो कार्य देख्या जसै।
जो सब् शास्त्ररहस्य हो सब दिया ती रामलाई तसै॥८१॥

कामाश्रम् रमणीय थल् तहिं थियो एक् रात् तहाँ वास् गरी।
फेर् सिद्धाश्रममा गया रघुपती सब्लाइ मङ्गल् गरी॥
तेस् सिद्धाश्रममा अनेक् ऋषि थिया पूजा सबैले गर्या।
मारिच् फेक्न सुबाहु मार्न कन राम् ताहाँ अगाडी सर्या॥८२॥

विश्वामित्रजिलाइ भन्नु पनि भो मारिच् सुबाहू कहाँ।
बस्छन् यज्ञ ठुलो गरी लिनु भया ती आउँथ्या की यहाँ॥
भेटै आज भयेन मार्नु कसरी यो मर्जि सून्या जसै।
विश्वामित्र ऋषी अरू ऋषि लिई होम् गर्न लाग्या तसै॥८३॥

दिन् मध्याह्न भयो तसै बखतमा आया ति राक्षस् पनी।
मन्र्या काल् कन चाल् न पाइ अघि झैं होम् नाश् गरौंला भनी॥
काहीं हाड खसाउँछन् कहिं रगत् यस्तै प्रकार्ले गरी।
आया ती जब यज्ञमा प्रभुजिले हान्या अगाडी सरी॥८४॥

मारिच्लाइ त बाणले जलधिका तिर्मा पुर्याई दिया।
अग्नीबाण धरी सुबाहु कन ता भस्मै गराई दिया॥
तिन्का फौज् पनि ताहिं लक्ष्मणजिले मारी सक्याथ्या जसै।
खूसी भै कन पुष्पवृष्टि गरियो सब् देवताले तसै॥८५॥

विश्वामित्र बहुत् प्रसन्न हुनु भै राम्लाइ काख्मा लिया।
भोजन् गर्न निमित्त राम् कन तहाँ मीठा फलादी दिया॥
तिन् दिन् ताहिं मुकाम् गर्या प्रभुजिले वार्ता कथाको गरी।
चौथा दिन् ऋषिले गर्या विनति एक् राम्का अगाडी सरी॥८६॥

हे राम् जाउँ जनक्जिका पुरि महाँ राजा जनक् छन् बडा।
गर्नन् आदर भक्तिले हजुरका साम्ने हुन्या छन् खडा॥
ताहाँ एक शिवको धनुष् पनि छ बेस् देखीयला त्यो पनी।
यो बिन्ती ऋषिको सुनेर रघुनाथ् खूसी भया बेस् भनी॥८७॥

विश्वामित्र र भाइ लक्ष्मण लिई श्रीराम् हिंड्याथ्या जसै।
आश्रम् गौतमको पर्यो नजरमा गङ्गाकिनार्मा तसै॥
आश्रम्का नजिकै असल् फल सहित् फुल्को बघैंचा थियो।
जन्तू नाम् त थियेन कोहि त पनी संभार्विनै त्यो जियो॥८८॥

मालुम् राम्कन क्या कहीं कमि थियो जो ता जगत्का धनी।
सोध्या तै पनि यो असल् छ किन यो रित्तै बघैंचा भनी॥
विश्वामित्र थिया सबै गुणनिपुण् विस्तार् सुनाया पनी।
गौतम्को अघि बस्ति हो अब भन्या छैनन् यहाँ क्वै पनी॥८९॥

भार्या गौतमकी समान गुणकी भक्तै अहल्या थिइन्।
ब्रह्माकी ति त पुत्रि हुन् गुणि हुँदा सब् खुस् गराई लिइन्॥
गौतम् कार्य निमित्त दुर् जब गया रुप् गौतमैको सरी।
धारी गौतमपत्निका नजिकमा इन्द्रै अगाडी सरी॥९०॥

आई भोग विलास् गरेर खुसि भै फर्की गयाथ्या जसै।
देख्या गौतमलाई गौतमजिले आश्चर्य मान्या तसै॥
आफ्नू रूप दुरुस्त देखि कन खुप् गौतम् रिसाया पनी।
सोध्या होस् तँ कउन् बता नतर ता हेर् भस्म गर्छू भनी॥९१॥

ब्राह्मण् इन्द्र म हूँ भनेर डरले बिन्ती गर्याथ्या जसै।
गौतम्ले पनि रीसमा परि दिया यस्तो सराप् पो तसै॥
योनीमा अति लुब्ध आज भइछस् यत्रो बडो भै पनी।
तेरा येहि शरीरमा अब हुनन् हज्जार योनी भनी॥९२॥

दीया येति सराप् र इन्द्र पनि फेर् आफ्ना स्थलैमा गया।
पत्नीलाइ सराप् दियेर ऋषिले पत्थर् बनाईदिया॥
जन्तू कुछ् नहुनन् यहाँ अब उपर् पत्थर् भई तैं रह्यास्।
जैले ता रघुनाथ् चरण् धरि दिनन् तैले तँ मुक्तै भयास्॥९३॥

यस्तो सत्य सराप् पर्यो र पतिको ताहीं अहल्या पनी।
पृथ्वीमा गिरि गै गइन् अचल एक् पत्थर् स्वरुप्की बनी॥
पादस्पर्श ति खोज्दथिन् हजुरको पाप् मुक्त होला भनी।
तिन्लाई करुणा गरी हजुरले कुल्ची दिन्या हो भनी॥९४॥

यस्तो बिन्ति सुन्या जसै ति ऋषिका श्रीराम् तुरुन्तै गया।
देख्या पत्थर एक् ठूलो र रघुनाथ्ले कुल्चि दींदा भया॥
सुन्दर् मूर्ति भइ खडा भइ गइन् ताहाँ अहल्या पनी।
श्रीराम्चन्द्रजिले प्रणाम् पनि गर्या ई ब्राह्मणी हुन् भनी॥९५॥

देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन्।
पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन्॥
ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या।
तर्नाको प्रभुले जसै मन गर्या माझी चरण्मा पर्या॥९६॥

ख्वामित् ई दुइ पाउको अति असल् धूलो जसै ता पर्यो।
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्यो॥
तस्तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन्।
डुङ्गाले पनि रुप् धर्या यदि भन्या हाम्रा जहान् मर्दछन्॥९७॥

तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्यौ।
येती बात गर्यौ भने त तिमि ता गङ्गाजिका पार् तर्यौ॥
यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया।
माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया॥९८॥

यस्ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया।
श्याम्सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया॥
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी।
आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी॥९९॥

पूग्या प्रश्न गर्या सबै कुशलको पाऊ महाँ सिर् धरी।
देख्या सुन्दर राज्कुमार् जनकले पूज्या ति ईश्वर् सरी॥
पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी।
जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी॥१००॥

ब्रह्मन् पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी।
क्लेश्को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी॥
विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्को जसै।
यस्ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै॥१०१॥

हे राजन् दशरथ्जिका इ सुत हुन् नाम् राम लक्ष्मण् भनी।
भन्छन् मानिसले गरी न सकिन्या गर्छन् पराक्रम पनी॥
मारिच्लाइ सुबाहुलाइ अरू ता को जित्न सक्न्या थिया।
राम्ले मारिचलाइ फेंकि सहजै सूबाहु मारी दिया॥१०२॥

पत्थर् भै कति वर्ष सम्म रहँदी गौतम्कि नारी थिइन्।
पाऊले तहिं कुल्चँदा उठि गइन् जस्ता कि तस्ती भइन्॥
याहाँ एक् शिवको धनू छ भनि यो सूनेर आया यहाँ।
देख्नाको मतलब् छ आज त यहाँ राखी रह्याछौ कहाँ॥१०३॥

चाँडो आज नजर् गराउ भनि यो विस्तार् गर्याथ्या जसै।
मन्त्रीलाइ हुकुम् दिया जनकले लौ ल्याउ भन्न्या तसै॥
यै बिच्मा ऋषि थ्यैं भन्या जनकले राम्ले उचालुन् धनू।
सीता छोरि म दिन्छु राम् कन गरुन् बीहा बहुत् क्या भनू॥१०४॥

साँचा वाणि सुन्या र सोहि रितका बात्चित् गर्याथ्या जसै।
पाँच् हज्जार् विरले उचालि बलले ल्याया धनूषै तसै॥
ताहाँ श्री रघुनाथ् उठेर नजिकै सोही धनू थ्यैं गया।
वाम् हात्मा सहजै उचालि धनु त्यो राम्ले त लींदा भया॥१०५॥

ताँदो जल्दि चढाइ खैंचनु भयो ताहाँ धनुष्कै जसै।
दूई टूक भई गिर्यो उ धनु ता खूसी भया सब् तसै॥
हर्षै हर्ष भयो तसै बखतमा सारा जनक्पुर् भरी।
आदर् खुप् प्रभुको गर्या जनकले आलिङ्गनादी गरी॥१०६॥

सीताजी पनि रामका सिर उपर् माला कनक्को धरी।
छम् छम् पाउ गरी फिरिन् घर महाँ मङ्गल् भयो तेस् घरी॥
मालिक् हुन् दशरथ् खबर् दिनु पर्यो ती छन् अयोध्या महाँ।
जाउन् पत्र लियेर मानिसहरू चाँडो ति आउन् यहाँ॥१०७॥

यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया।
विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया॥
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या॥
सब्ले जानु पर्यो जनक्पुर महाँ भन्न्या हुकुम् यो गर्या॥१०८॥

जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्पुर् पुग्यो।
क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो॥
यस्ता रित् सित सब् गया जति थिया सेना जनक्पुर् महाँ।
दाखिल् भो दशरथ्जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ॥१०९॥

ताहाँ श्री दशरथ्जिको जनकले आदर् बहूतै गर्या।
लक्ष्मण्ले सँग राम् पनी तहिं पिताजीका चरण्मा पर्या॥
बस्नालाइ हवेलि सुन्दर जनक्जीले खटाया जहाँ।
खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ॥११०॥

सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल् सहर्मा चल्या।
नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्मा चिराक् खूप् बल्या॥
जो मण्डप् छ विवाहको तस उपर् झुम्का हिराका झुल्या।
मूँगा मोति जुहार् जनक्पुर महाँ घर् घर् सबैका झुल्या॥१११॥

यस्तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको।
हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको॥
राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया।
भाईका त भरत्जिलाइ र ति विर् शत्रुघ्नलाई दिया॥११२॥

सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्जिकी उर्मिला।
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी॥
जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी।
आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी॥११३॥

विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी।
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी॥
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ।
जोत्तामा त सिताजि निस्कन गइन् आश्चर्य मान्याँ तहाँ॥११४॥

पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ।
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ॥
राम् नाम्ले दशरथ्जिका सुत भई खेल्छन् अयोध्या महाँ।
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ॥११५॥

यो लीला छ बुझी सिता कन तिनै राम्लाइ दीया भनी।
नारद्जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी॥
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्याँ।
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्याँ॥११६॥

ताँदो यस् धनुको चढाउन जउन् विर्ले त सक्ला यहाँ।
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ॥
जानुन् सब् विरले भनी कन गर्याँ यस्तो प्रतिज्ञा जसै।
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै॥११७॥

को सक्थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी।
हिक्मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी॥
राम्ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी।
यो चीन्ह्याँ पनि सब् कृपा चरणले गर्दा भयाको भनी॥११८॥

विश्वामित्रजि थ्यैं पनी जनकले बिन्ती अगाडी सरी।
सीतानाथ् रघुनाथको स्तुति गर्या आनन्दमा ती परी॥
दाईजो सय कोटि दौलत सहित् बेस् बेस् अयुत् रथ् दिया।
घोडा ता सय लाख् दिया छ सय ता खुप् मत्त हात्ती थिया॥११९॥

पैदल् लस्कर एक लाख् र सय तिन् केटी दियाथ्या जसै।
पूजा फेरि वशिष्ठको पनि गर्या भारी डबल्ले तसै॥
पूजा ताहिं भरत्जिको पनि भयो लक्ष्मण्हरूको पनी।
इच्छा भो रघुनाथको अब फिरौं जाऊँ अयोध्या भनी॥१२०॥

जानाको मतलब् बुझी जनकजी राम्का चरणमा पर्या।
खूसी मन् सबको गराइ बहुतै बीदा जनक्ले गर्या॥
सीताजी महतारिका अघि गई आलिङ्गनादी गरी।
लागिन् रून र सोहि सूनि सबका आँसू खस्या बर्बरी॥१२१॥

सीताजी कन अर्ति यो पनि दिया सासू ससूरा सरी।
अर्को छैन बडो यही बुझि गर्या तिन्को टहल् बेस् गरी॥
स्त्रीको धर्म पतिव्रता हुनु ठुलो जानेर हूनू भनी।
अर्ती येति दिया र तेस् बखतमा बीदा भया ती पनि॥१२२॥

यै बिच्मा नगरा बज्या प्रभुजिका भेरी मृदङ्गा पनी।
स्वर्गैमा पनि हर्ष भो प्रभु गया फेरी अयोध्या भनी॥
राम्को लस्कर बाह्र कोस् जनकपुर् देखी जसै ता गयो।
शङ्का चित्त महाँ बडो भय दिन्या उल्का बहूतै भयो॥१२३॥

यस् पृथ्वीतलका ति क्षत्रिहरूको ठूलो विनाशै गरी।
आया तेस् बिचमा तहीं परशुराम् उल्का भयो जुन् घरी॥
पृथ्वी कम्प भइन् तसै बखतमा हाहा सबैमा परी।
राजाका मनमा विचार् यहि पर्यो छोरा बचुन् क्या गरी॥१२४॥

यस्तो चञ्चल चित्तले परशुराम्का पाउतल्मा पर्या।
मेरा पुत्र बचुन् प्रभो परशुराम् भन्न्या इ बिन्ती गर्या॥
यस्तो बिन्ति पनी अनादर गरी कालाग्नि जस्ता भया।
राम्को गर्व हरूँ भनी परशुराम् राम्कै अगाडी गया॥१२५॥

कस्को पुत्र तँ होस् बता म कन रे जाबो पुरानू धनू।
भाँच्दैमा अति गर्व भी तँ कन ता धेरै कुरा क्या भनू॥
यो ता हो हरिको धनू विर भया ताँदो यसैमा चढा।
भन्दै खुप् रिसले रह्या परशुराम् राम्कै अगाडी खडा॥१२६॥

ताँदो आज चढाउँछस् त यसमा सङ्ग्राम् तँ थ्यैं गर्दछू।
सक्तैनस् तब हेर् म राख्दिन सबैको प्राण् सहज् हर्दछू॥
यस्ता क्रूर वचन् गरी परशुराम् कालाग्नि झैं रूप् धर्या।
पृथ्वी कम्प गराइ लोकहरूको सम्पूर्ण सातो हर्या॥१२७॥

यस्तो क्रूर वचन् सुनेर रघुनाथ् क्रोध्ले अगाडी सरी।
खोसी लीनु भयो धनुष् परशुराम्को त्यो बलैले गरी॥
ताँदो जल्दि चढाइ बाण् पनि तहाँ लीनु भयेथ्यो जसै।
ठूलो बल् रघुनाथको बुझि सबै खूसी भयो लोक् तसै॥१२८॥

हूकुम् श्री रघुनाथको परशुराम्लाई भयो यो तहाँ।
तारो आज बताउ हान्छु अहिले ब्रह्मन् म हानू कहाँ॥
चाँडो उत्तर देउ यस् बखतमा यस्लाइ लौ हान् भनी।
तारो क्यै न दिया त काट्छु अहिले तिम्रा इ गोडा पनी॥१२९॥

हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै।
चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै॥
बिन्ती येति तहाँ गर्या पनि हरे चिन्ह्याँ जगन्नाथ् भनी।
जस्को अंश मिल्यो र केहि भगवन् यस्तो भयाँ मै पनी॥१३०॥

पापी भो अति कार्तवीर्य अब ता यस्लाइ मार्छू भनी।
बालक् पो म थियाँ गर्याँ हजुरको ठूलो तपस्या पनी॥
यस्तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्को गरी।
इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई॥१३१॥

पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी।
एक्काईस बखत् गर्या प्रभुजिको हूकुम् छ यस्तै भनी॥
क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्जिलाई दिया।
येती कर्म गरी सकेर अघिको सेखी पुर्याई लिया॥१३२॥

त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्मा धरी।
भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी॥
ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी।
येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्मा हरी॥१३३॥

मैले काम् पनि सो सबै गरि सक्याँ राम्लाइ भेट्याँ पनी।
मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी॥
मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी।
बूझ्याँ तत्त्व सबै पनी हजुरको पात्रै कृपाको बनी॥१३४॥

जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस्।
यो भक्ती दृढ भै प्रभो हजुरका येही चरण्मा रहोस्॥
येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्या।
इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती पर्या॥१३५॥

ताहीं श्री रघुनाथका वरिपरी घूमी नमस्कार् गरी।
मर्जीले ति गया महेन्द्र गिरिमा मन् राम् चरण्मा धरी॥
देख्या तेज् दशरथ्जिले र सुतको हर्षाश्रुधारा धरी।
प्रेम्का सागरमा तहीं डुबि गया आलिङ्गनादी गरी॥१३६॥

येती काम् गरी राम् गया सहजमा पूग्या अयोध्या महाँ।
सीतालाइ लियेर राज्य सुख भोग् राम्ले गर्या क्यै तहाँ॥
क्यै दिन् भानिज हुन् भरत् कन यहीं ल्याऊँ घरैमा भनी।
भानिज्लाइ लिना निमित्त खुसिले आया युधाजित् पनी॥१३७॥

बीदा श्री दशरथ्जिले पनि दिया बीदा मिलेथ्यो जसै।
एक् शत्रुघ्न लिई भरत्जि त गया मामा कहाँ पो तसै॥
आया राम बिहा गरेर पुरिमा जस्सै उठेथ्यो खबर्।
सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुसी क्या अबर्॥१३८॥

सीताराम् अघि तप् गरिन् र त यहाँ छोरा बुहारी भया।
कौशल्या कन ता मिल्यो अदितिको शोभा सबै ताप् गया॥
सीताराम् पनि लोकमा सकलको आनन्दमङ्गल् गरी।
चेष्टा मानिसको गरी कन रह्या त्रैलोक्यका नाथ् हरी॥१३९॥

इति श्रीबालकाण्ड॥

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 235
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

शत्रु

February 5, 2024

उहाँ हजुर

February 5, 2024

थाहै पाइनँ

January 28, 2024

हामी

January 28, 2024

ज्येष्ठका पीडा

January 18, 2024

कालमहिमा

January 18, 2024

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.