सुरेन उप्रेती क्यानडामा रहेर नेपाली साहित्यको सेवामा सिर्जना, समीक्षा र सङ्गठन एवम् सञ्चारका माध्यमबाटसमेत समर्पित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा नववर्षसम्बन्धी लेख समेटिएको ।
-सम्पा. |
पृथ्वीको उत्पत्ति भएदेखिनै पृथ्वीमा दिन र रात हुन्थ्यो होला । बनस्पति र प्राणीको उत्पत्ति हुन करोडौँ बर्ष लागेको अनुमान बैज्ञानिकहरूले गरेका छन् । ससाना जीव हुँदै घस्रने र चार खुट्टाले हिँड्ने हुँदै आजको जस्तो सग्लो मान्छे हुन पृथ्वीले अझ लाखौँ वर्ष बिताउनु परेको थियो । मानिसहरूले विकास हुने क्रममा सूर्य र चन्द्रमाको गतिलाई गणना गर्न सिके । यसैबाट वर्ष, महिना, गते र बारहरू बनाए । याम र ऋतुहरूको नामाकरण गरे । तिथि र मितिहरू बनाए । ती याम र ऋतुहरूका विशेषताअनुरूपको वर्णन गरे । यसरी वर्षको सुरूवात र अन्त्यको खाका बनाए । सन्सारका विभिन्न धर्मावलम्बीहरूले आआफ्नै धर्मका आधारमा आआफ्नै ढङ्गले नयाँ वर्ष मनाउँन सुरु गरेको पाइन्छ । तर ठ्याक्कै कहाँ र कहिले नयाँवर्षको सुरुवात भयो भन्ने एकिन भने पाइँदैन ।
प्राचिन युनानमा करिब २००० बिसी पूर्व मार्च महिनाको विस तारिकलाई वर्षको अन्तिम दिनको रूपमा मनाउने चलनको सुरुवात भयो । त्यस दिनलाई बर्षभरिमा दिन र रात बराबर हुने दिन भएकोले त्यसको अर्को दिन मार्च २१ लाई नयाँ बर्षको पहिलो दिन मनाउँन थालियो भन्ने पाइन्छ ।
रोमनहरूले बर्षमा दश महिना मात्र हुन्छन् भन्ने गर्दथे । गर्गोरियन पात्रोका अनुसार मार्चबाट महिना सुरु भएर अगष्टलाई छैटौँ, सेप्टेम, अक्टो, नोभेम, देसम भन्दै ल्याटिन भाषामा सातौँ, आठौँ, नवौँ, र दसौँ नामाकरण गरे । जनवरीलाई भगवानको ढोका र फेव्रवरीलाई पापको अन्त्यका रूपमा गणना गर्दथे ।
रोमका दोश्रो राजा नुमा पोम्पिलियसले ती दुई महिनालाई थपेर बाह्र महिनाको बर्ष दिन बनाए । त्यसपछि बी.सी १५३ मा पहिलो पटक रोममा जनवरी एक तारिकलाई नयाँ वर्षका रूपमा मनाउन सुरु गरियो । तर पनि जनवरी एकलाई अनिवार्य रूपमा नयाँ वर्ष मनाउन बाध्य भने गरिएन । अझ पनि कतै कतै मार्च एकलाई नयाँ वर्ष मनाउने गरेको पाइन्छ ।
अङ्ग्रेजी मातृभाषीहरूले नयाँबर्षको साँझमा परिवारहरू भेला भएर रमाइलो गर्ने । मिठा परिकारहरू खुवाउने । उपहार दिने र शुभकामनाहरू दिने चलनको सुुरुवात गरे । “ब्गमि ीबलन कथलभ” भन्ने स्कटल्याण्डका कवि रोवर्ट वर्नसले लेखेको गीतलाई घरघर गएर गाउने र शुभकामना दिने प्रचलन चलाए । यो प्रचलन निकै लोकप्रिय बन्न सफल भयो । यो पुरानो गीतले “समय वित्यो” । “पुराना मित्रहरू” र “समयलाई सम्झने प्रण गर” भन्ने अर्थ बोकेको छ । स्कटलैन्डका वासिन्दाहरू नयाँबर्षको मध्यरातमा छिमेकीहरूकोमा प्रवेश गरेर उपहार र शुभकामना दिँदा छिमेकिको भाग्य जाग्ने विश्वास गर्दछन् । ग्रिसमा मिठा मिठा खानाहरू “सेन्ट बासिलकेक” “सेन्ट वासिलापित्ता” जस्ता खानाहरू बनाएर खाने खुवाउने चलन छ । त्यस्तै गरी स्पेनमा बाह्रवटा अङ्गुर खाएर आउने बाह्र महिनालाई सुरक्षित र सुखी बनाउने परम्परा छ । जापानमा नयाँ र्षको अघिल्लो दिनलाई पुरानो बर्ष भुलाउने पार्टी “द्ययलभलपबष् उबचतष्भक” गर्ने चलन छ । पहिला भएका नराम्रा कामलाई बिर्सिएर नयाँ सोच र थालनीका लागि बुद्ध गुम्बामा गएर मानिसले गर्ने १०८ प्रकारका त्रुटि हटून् भन्दै १०८ पटक घन्टी बजाउने चलन छ ।
नयाँवर्षका दिन बालबालिका र प्रियजनलाई इत्इक्ज्क्ष्म्ब्ःब्क् नगद र उपहारहरू हुलाकबाट पठाउने चलन छ । ती उपहारहरूलाई हुलाकले जनवरी एकका दिन नै पुर्याउने विशेष व्यवस्था मिलाइको छ । निदरलेन्डमा नयाँ वर्षमा बाटोबाटोमा क्रिस्मसट्री बनाउने । रङ्गीचङ्गी बत्ती बाल्ने र पटका पड्काएर धुमधाम मनाउने चलन छ । अमेरिकाको न्यूयोर्कको टायम स्क्वायरमा लाखौँ मानिस भेला हुन्छन् ।
रातीको ११५९ बजे सबै उत्सुक भएर पर्खन्छन् । रातको ठिक बाह्र बज्दा छ फिट डायमिटरको १०७० पाउन्ड तौलको रङ्गीचङ्गी वाटरक्रिस्टलबल जमिनमा झर्छ । सबैले नयाँ वर्षलाई स्वागत गर्दछन् । रोजवल फुडवल ट्रुनामेन्ट हुन्छ । व्ल्याक आइज पिज र ह्याम खाने जस्ता परम्पराहरू छन् ।
चिनियाँहरूले चन्द्रमा र पृथ्वीको परिक्रका आधारमा नै नयाँ वर्षको पात्रो बनाएको पाइन्छ । चिनियाँहरूले नयाँ वर्षलाई धुमधामका साथ मनाउँने गर्दछन् । औँसीको अँध्यारो रातबाट सुरु भएको नयाँवर्ष पूर्णिमाको झलमल्ल रात आउन्जेल पन्ध्र दिनसम्म मनाउँने चलन छ । रातो लुगा लगाएर रातो कागजमा कविता तथा गीत लेखेका शुभकामना कार्डहरू दिने चलन छ । रातो खाममा राखेर केटाकेटीहरूलाई पैसा तथा उपहारहरू दिने चलन छ ।
रातो रंगलाई आगोको प्रतीकका रूपमा लिने गरिन्छ । परापूर्व कालमा बाँसको लट्ठीमा पुल्ठो बालेर नयाँ वर्षको खुसियाली मनाउने चलन थियो । चाइनिजहरूले हप्तौँसम्मको बिदा लिएर पारिवार र आफन्तसँग भेटघाट गरेर चन्दनमा आकारको मुनकेक काटेर नयाँ वर्ष मनाउने गर्दछन् । भगवान बुद्धले नयाँ वर्ष मनाउँनका लागि सबै जनवारहरूलाई बोलाए । त्यस भेलामा जम्मा बाह्रवटा जनवारहरू मात्र उपस्थित भए । ती मुसा, गोरू, बाघ, खरायो, ड्र्यागन, सर्प, घोडा, भेडा वा बाख्रा, बाँदर, कुखुराको भाले, कुकुर, र सुँगुर गरी बाह्र जनवारहरू रहेका थिए । तिनै उपस्थित जनवारहरूका नाममा बर्षको नामाकरण गरिएको हो भन्ने विश्वास गरिन्छ । जुन जनवारको नामका वर्षमा जन्मिने मानिसको त्यही जनवारसँग स्वभाव मिल्ने गर्दछ । मेहनती लगनशील हुने र उनीहरू जस्तै हुन्छन् भन्ने विश्वास गरिन्छ ।
जुइस धर्मावलम्बीहरूले नयाँ वर्षलाई रोस हसनाह भन्दछन् । यो सेप्टेम्बर महिनामा पर्दछ । हिब्रु भाषामा रोस हसनाह भनेको “वर्षको शिर” हो । नयाँ बर्षलाई ट्रम्पेटको पर्व पनि भनिन्छ । यस पर्वमा भेडाका सिङ बजाउने प्रचलन थियो । तर आजभोलि भेडा जरायो र हरिण आदिका रङ्गीन सिङहरू बजाएर मनाउने चलन छ । जब सूर्यास्त हुन्छ त्यसपछि नयाँ वर्ष मनाउन सुरु गरिन्छ । सेतो ब्रेडलाई गोलो श्रीपेज आकारको बनाउने चलन छ । यो ब्रेडलाई भगवानको प्रसादको रूपमा लिइन्छ । आफन्तका चिहानमा गएर प्रार्थाना गर्ने र शक्ती माग्ने पनि चलन छ । पुराना बर्षमा भएका कमीकम्जोरीलाई सुधार्दै लानका लागि प्रेरणा लिने गरिन्छ । आफन्त र साथीहरूलाई कार्ड र उपहार दिने गरिन्छ ।
सन्सारभरिका स्लामिक धर्मावलम्विहरूले प्रोफेट मोहमदको जन्म दिन मोहरामलाई नयाँ वर्षका रूपमा मनउँदछन् । यो प्रत्येक बर्ष फरक फरक हुने गर्दछ । दश दिनसम्म उपवास बस्ने र प्रार्थना गर्ने । आफन्तहरूसँग भेट गर्ने, मिठा मिठा परिकारहरू बनाएर बाँड्ने खाने खुवाउने गर्दछन् ।
नेपालमा विक्रम सम्वत्का आधारमा नयाँ वर्ष मनाउने प्रचलन छ । यो प्रचलन राजा विक्रमादित्यले सुरु गरेको हो भन्ने मान्यता छ । पृथ्वीले सूर्यको परिक्रमा गर्दा पृथ्वीमा हुने परिवर्तनका आधारलाई मानेर पात्रो बनाइएको छ । यसैका आधारमा बैशाख १ गतेलाई नयाँवर्षका रूपमा मनाइन्छ । यो पात्रोलाई सौर्य पात्रो पनि भनिन्छ । बिक्रम सम्बते हिन्दू पन्चाङ्गका आधारमा बनाइएको छ । ईस्वी सम्बत्भन्दा ५७ बर्षले बिक्रम सम्बत् अगाडि रहेको छ । नेपालमा चन्द्र शमशेरका पालादेखि सरकारी कामकाजदेखि धार्मिक कामकाजका रूपमा पनि निरन्तर यही पात्रो प्रयोग हुँदै आएको छ । महिनाहरूका नाम पनि सूर्य ग्रह र नक्षत्रहरूका आधारमा नामाकरण भएका छन् । नेपालमा राष्ट्रिय रूपमा बैशाक १ गतेलाई नयाँ वर्ष मनाए पनि बिभिन्न जातजातिहरूले नयाँ वर्षलाई छुट्टै मनाउने चलनछ । जुन यस प्रकारकार रहेका छन् ।
येले सम्वतः पहिलो किराँती राजा येलम्वरको पाला देखि शुरू भएको सम्वत हो । खास गरी लिम्बु, राई, सुनारहरूले यस सम्वतलाई माघ एक गते मकरसक्रान्तिका दिनलाई बिभिन्न परिकारहरू खाने । नाचगान गर्ने र शुभकामना आदान प्रदान गरेर मनाउने चलन छ । नेपालमा राणा र राजाहरूको शासन कालमा छायामा पर्दै आएको थियो । २०६३ को परिवर्तनपछि यसलाई येल सम्वत मान्यता दिइएको छ । किराँतहरू विचमा पनि राईहरूले यसलाई येलेदोङ अथवा येलेदँ भन्दछन् । त्यस्तै गरी लिम्बूहरूले येलेगङ्बे भन्दछन् भने सुनुवारहरूले येलेथोचे भन्ने गरेको पाइन्छ । किराँत इतिहाँसवेत्ता स्वामी प्रपन्नाचार्यका अनुसार किराँतहरूका २७ पुस्ताले १७३६ वर्ष शासन गरेका थिए । उनीहरूका आफ्नै चाडपर्व र नयाँ वर्ष मनाउने प्रचलन थिए । झन्डै लोपान्मुख अवस्थामा पुगेको भाषा र संस्कृतिको उत्थानमा भर्खर मात्र खोज र अनुसन्धानहरू सुरु भएका छन् ।
नेपालका जातजातिमध्ये तामाङ, सेर्पा ,गुरुङ र थकाली जातिले नयाँ वर्षको रूपमा ल्होसारलाई मनाउने गरेको पाइन्छ । ल्हो भनेको वर्ष र सार या छारको अर्थ नयाँ भन्ने हो । यसमा चिनियाँ पात्रोमाझैँ बिभिन्न बाह्र जनवार र पन्छीको नाममा वर्षका नामाकरण भएका छन् । जस्तो मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष गरी बाह्र वर्ष रहेका छन् । बाह्र वर्षपछि पुनः बर्षहरू दोहोरिने गर्दछन् । यस्तो वर्षचक्र दोहोरिनुलाई ल्होखोर्लो (वर्षचक्र) भनिन्छ । ल्होसार पनि तीन प्रकारका छन् । तोला ल्होसार, सोनाम ल्होसार, र ग्याल्वो ल्होसार । तोला ल्होसार मङ्सिरको अन्त्यदेखि पौषको पहिलो सातामा पर्दछ । माघ शुक्ल प्रतिपलाका दिन सोनाम ल्होसार मनाइन्छ । ग्याल्बो ल्होसार खास गरी शेर्पाहरूले फागुन शुक्ल प्रतिपदामा मनाउँछन् । नयाँबर्ष आउनुभन्दा तीन दिन अगाडिदेखि नै घरमा लामा बोलाएर पढ्ने स्वस्तीशान्ति गर्ने चलन छ । घरका भित्ता रँगाउने र विभिन्न रङका ध्वजापतका टाङ्ने गरी दश पन्ध्र दिनसम्म नयाँवर्षलाई चाडपर्वको रूपमा मनाउने गरिन्छ । सबै आफन्तसँग भेट गर्ने । राम्रा राम्रा लुगा र गहना लगाएर नाचगान गर्ने । मिठामिठा परिकारहरू खुवाउने खाने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ । ल्होसार करिब पाँच हजार बर्षदेखि मनाउँदै आइएको हो भन्ने पाइन्छ । त्यस्तै गरी नेपालको अर्को मुख्य संवत् नेपाल संवत् हो । खास गरेर काठमाडौँ उपत्यकामा शङ्खधर साख्वाले नेपाल संवत्को सुरुवात गरेका थिए । भक्तपुरका राजा राघव देवको आदेशानुसार नेपाल संवत्लाई विसं ९३६ र इसं ८७९ अक्टोवर २० लाई सरकारी कामकाजको मिति तय गरिएको थियो । यो संवत् चन्द्रमासका आधारमा सुरु हुन्छ । कार्तिक शुक्लपक्ष प्रतिपदा (कछलाथ्व पारू) का दिनमा म्हपूजा मनाएर सुरू हुन्छ । त्यस्तै गरी सौर्यमासमा आधारित पात्रोअनुसार नयाँ वर्षको पहिलो दिन कछला १ (अक्टोवर २० का) दिन हुन्छ । यस दिनलाई नेवार समुदायले न्हुदँ या नयाँ वर्ष भनेर मनाउने गर्दछन् । म्हपूजा आफुले आफैँलाई पूजा गरेर नयाँ वर्षको सुरुवात गरिन्छ । घरका सबै मानिसहरू एकै ठाउँमा भेला भई आफ्नो प्रतिविम्ब बनाई पुराना सबै दशाग्रह राम्रा भएर जाऊन् । हरेक काममा सफलता मिलोस् भनेर आफ्नो आत्माको पूजा गरेर नयाँ वर्ष मनाइन्छ । प्रायशः कार्तिक महिनाको तीन र चार गतेमा नयाँ वर्ष पर्दछ । यो संवत् चन्द्र शमशेरका पालासम्म कामाकाजी पात्रोका रूपमा भए पनि चन्द्रशमशेरले विक्रम सम्वतलाई चलाएपछि नेवार जातिमा मात्र सीमित भएको थियो । लोकतन्त्र आएपछि क्रमशः सबैले जान्ने र शुभकामना आदानप्रदान गर्ने क्रम सुरु भएको छ ।
यसरी आज हामी विक्रम संवत्को २०७८ सालमा आइपुगेका छौँ । नयाँवर्षले सबैमा नयाँ सोच ल्याई नयाँ कामको थालनीमा प्रेरणा प्रदान गरोस् । मानिसलाई नैतिकवान, विवेकशील बनाई अरूप्रति आदर र सत्भाव गर्ने शिक्षा प्रदान गरावस् । सन्सारलाई भयावह बनाउने कोरोना भाइरसको चाँडै अन्त्य होस् । समाजामा हुने हिंसा र अपराधिक कृयाकलाप र त्यस्ता प्रवृत्तिको अन्त्य होस । सबै नेपालीले मातृभूमिमै सगौरव खुशिसाथ बस्न र बाँच्न पाउन । “परोपुकार पुण्याय, पापाय परपिडनम्” भन्ने भावना सबैमा जागृत होस् । नववर्ष २०७८को हार्दिक मङ्गलमय शुभकामना ।