महेश्वर पन्तको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी गैरआवासीय नेपाली साहित्यिक प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलमा उनको एनआरएनए भाषा र साहित्य समितिको पहिलो सम्मेलन २०१९ शीर्षकको निबन्ध रचना समेटिएको छ । यो संस्मरणात्मक निबन्धले एनआरएनएले आयोजना गरेको भषा साहित्य सम्मेलनको संस्मरणलाई आयोजनकका दृष्टिबाट समेटेको छ ।-सम्पा. |
एन.आर.एन.एले नेपाली भाषालाई विश्वभरि फैलाउनु र संरक्षण गर्नुपर्छ भन्ने सोच राख्नु स्वभाविक हो। नेपाली भाषीहरू विश्वभरि छरिनु र नेपाली भाषा संस्कृतिको फैलावट बढ्दै जानुले नै यसको अपरिहार्य पक्षलाई सङ्केत गर्दछ। सन् २०१३ सालमा एसै एन.आर.एन.एका पूर्वअध्यक्ष साहित्यकार तथा नेपाली साहित्यलाई असाध्यै माया गर्ने व्यक्तित्त्व जीवा लामिछानेज्यूबाट कल्पना गरिएको यो समिति एन.आर.एन.एअन्तर्गत एउटा उपसमितिको रूपमा काम गरिरहेको थियो।
हरेक दुई वर्षमा समिति परिवर्तन हुँदै गए र आ–आफ्नो कार्यकालमा सबैले नेपाली भाषा र साहित्यको विकासका लागि केही न केही नयाँ गर्दै आए। यसै समितिका माध्यमले नेपाल प्रज्ञा–प्रतिष्ठान र एन.आर.एन.एको सहकार्य सुरु भएको देखिन्छ। समिति या उपसमिति जेसुकै भने तापनि सन् २०१३ सालदेखि नै यस संस्थाले अधिवेशन गर्ने प्रयास गर्दागर्दै पनि हुन सकेको थिएन। त्यस कामलाई पूर्णता दिने पहिलो मौका सन् २०१७–२०१९ का लागि गठित एस समितिले पायो। यो अबधिका संयोजक गोविन्दप्रसाद गौतम र वहाँको सम्पूर्ण टिमलाई यसको श्रेय दिनुपर्छ।
कसैले बिर्सन सनक्ने गरी रमाइलो कार्यक्रम भयो। यसका संयोजक रञ्जन बुढाथोकीज्यूको संयोजन बेजोड थियो भन्ने कुरा हलमा खचाखच रहेर अबेला सम्म नाच्ने र सुन्नेले बताउलान्।
पटक पटक बसेका समितिका मिटिङका छलफल र संसारभरिका विभिन्न सहरहरूले अधिवेशन गर्ने जमर्को गरेका थिए। तर ऐतिहासिक, शिक्षाको ज्योति श्विभरि छर्न सफल, न्यू इङ्गलेन्ड रिजनभित्रको म्यासाच्यूसेट्स राज्यको एउटा सुन्दर सहर बोस्टनले सम्मेलन गराउने अवसर पायो। यस्तो नोवल कामका लागि संयोजन गर्ने मौका मेरो काँधमा आउँदा झन खुसी र गर्वको अनुभव भयो। मलाई जस्तै कार्यक्रमको अर्थ संयोजक ईस्वरी भट्ट र प्रचार प्रसार संयोजक शर्वज्ञ वाग्लेलाई पनि खुसी लाग्यो होला ? कार्यक्रम बोस्टनले गर्न पाएकोमा गर्व त नर्थ अमेरिका सम्योजक डा. गोविन्दसिंह रावत र सदस्यसचिव सुरेन उप्रेतीजीलगायत सबै टिमलाई पनि पक्कै लाग्यो होला !
कार्यक्रमको दिन सोचेभन्दा छिट्टै टुप्लुकियो। कार्यक्रम स्थलको लामो खोजी भयो तर अन्ततः राम्रो भयो वा अझ भनौ, ऐतिहासिक पो भयो। सन् २०१० सालदेखि हामीले बोस्टनमा देखेको हाम्रो ‘सपनाको घर’ बोस्टन नेपाली कम्युनिटि भवन ५९४ वासिङटन ईस्ट्रिट ब्रेनट्रीमा एनआरएनए नेपाली भाषा–साहित्यको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हुने भएपछि हाम्रो खुसीको सीमा रहेन। पशुपतिनाथ बुद्ध फाउनडेसन अफ न्यू ईङ्गलेन्डको यो भवन हाम्रो यसै संस्थाले किनेपछिको यो पहिलो एतिहासिक कार्यक्रम पनि हुन पुग्यो।
पहिलो दिन हिमालयन बिस्त्रोमा भएको काव्यगोष्ठी स्मरणीय छ । संसारका विभिन्न देशमा बस्ने त्यत्रा ठुला साहित्यकारहरूको जमघट, प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति सम्माननीय गङ्गाप्रसाद उप्रेती, अतिथिहरू डा. हेमनाथ पौडेल, समिति सल्लाहाकार हिक्मत थापा, कवि साहित्यकार हरि अधिकारीलगायत लगभग पचास जना पाहुनाहरूको आगमन, होटेल व्यवस्थापन, हल सजावट, पाहुना पिक अप, पाहुनालाई कार्यक्रम स्थलमा लाने ल्याउने, पाहुनालाई बोस्टन घुमाउने, फिर्ता पुर्याउने यति धेरै र ठुलो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्न धेरै व्यवस्थापन समितिहरूको गठन र समितिहरूको ठिक–ठिक कामले गर्दा सजिलोसँग पूरा भयो ।
बिचमा कुनै कुराको समस्या हुन आएन। उपस्थित पाहुनाहरूले पनि कुनै असहज अनुभव गर्नु भएन होला भन्ने सोचेको छु। यसको श्रेय त हामीले बोस्टन र न्यू हेम्पसायर बासी नेपाली संस्था र ब्यक्तिहरूलाई दिनुपर्छ। यति धेरै सहयोग मिल्ने सपना मैले देखेको नै थिइन। यस्ता संस्था र व्यक्तिहरू एन.आर.एन. ए. म्यासाचुसेट्सका अध्यक्ष प्रेम तमाङको समूह, काव्यगोष्ठी व्यवस्थापन, अनेसास बोस्टनका एम. पौडेल साथै हरि काफ्ले र गोबर्धन पूजा, हिमालायन लायन्स क्लबका पेसल रेग्मी र उनको समूह, जिबिएनसीका अर्जुन कुँवर र समूह, मेट्रो वेस्ट नेपाली समितिका सुरेश ढकाल र समूह, क्रिएटिभ ओमन नरवुडकी सानू बर्मा र समूह, एन.आर.एन न्यू हेम्पसायरका अध्यक्ष डम्बर कडरिया र उनको समूह, अनेसास न्यू हेम्पसायरका सागर खतिवडा र हरिमाया अधिकारी, एन डब्लु जे एनकी शान्ति जोशी र उनको समूह, बोस्टन वरपरका समाजहरूको सहयोगको चर्चा गरेर सक्दिन।
पशुपतिनाथ बुद्ध फाउन्डेसनका अध्यक्ष विष्णुमणि आचार्य र पुरै समितिलाई साधुवाद छ। मन र धनका पनि धनी शिव तथा अञ्जु श्रेष्ठलगायतका व्यक्तिगत सहयोग र संस्थाहरूको आर्थिक सहयोगविना कसरी यत्रो आर्थिक भार उठाउन सम्भव थियो र ! यो काममा हाम्रा प्रिय आर्थिक संयोजक ईश्वरी भट्टज्यूलाई कसरी भुल्नु र। उहाँले यसरी हिसाबकिताबलाई छर्लङ्ग पारेर दिनु भो कि बयान गर्नै परेन।
कसैले बिर्सन सनक्ने गरी रमाइलो कार्यक्रम भयो। यसका संयोजक रञ्जन बुढाथोकीज्यूको संयोजन बेजोड थियो भन्ने कुरा हलमा खचाखच रहेर अबेलासम्म नाच्ने र सुन्नेले बताउलान्। गायिका हरिमाया अधिकारी, गायक मिन केसी, तवला बादक सागर खतिवडा, सारङ्गी माएस्त्रो स्याम नेपाली, मादलमा राज कपुरको धमाधम, राम थापा, सौरभ थपलियाको ब्यान टिमका युवाहरू, लोक गायिका शान्ता थापा र साथीहरू, नाच्ने टिम सबैको बेजोड प्रस्तुतिले राती अबेरसम्म कुलपतिलगायत सबैजसो पाहुनाहरूलाई नचाएको कुरा बिर्सिनसक्नुको छ।
म्यासाच्यूसेट्स राज्यको संसदीय समितिले दिएको कार्यक्रम सफलताको शुभकाना तथा बधाई पत्र लिएर गभर्नरको एसियन समितिका सदस्य दाइ प्रल्हाद केसी आइपुग्नु भयो। उक्त सम्मान नेपाल एकेडेमीका प्रमुख गङ्गाप्रसाद उप्रेती र संयोजक म आफै महेश्वर पन्तलाई दिइएको थियो।
खाना सहयोगी हिमालयन बिस्त्रो र नमस्ते नेपाली रेस्टुरेन्टको स्वादसहितको डिनर र लन्चले सबैको जिब्रोमा मधुर स्वाद झुन्डिइरहेको कुरा चलिरहेको थियो। बास बस्न दिने फेयर फिल्ड मेरोओट डेधामलाई पनि सुखद बसाई र मिठो ब्रेकफास्टका लागि धन्यबाद छ।
दुई दिन चलेको उक्त कार्यक्रमलाई विमल नेपालजीको कुशल फोटोग्राफीले आफ्नो क्यामेरामा कैद गर्नुभएको थियो। कार्यक्रमभरि व्यक्ति व्यक्तिका फोटो खिच्न विमलजी व्यस्त हुनुहुन्थ्यो र सबै पाहुना र उपस्थित झन्डै साढे दुई सय साहित्यकार तथा साहित्यानुरागीहरू रमाएका थिए। बिमल नेपाल यस कार्यक्रमका अफिसियल फोटोग्राफर पनि हुनुहुन्थ्यो।
यहाँ यसै कार्यक्रमका फोटोहरू क्याप्सनका साथ राखिएको छ। हुन सक्छ यो स्मारिका यहाँको हातमा छ र हजुर रमाउँदै अवलोकन गरिरहनु भएको छ।
धन्यवाद ।