शैलेन्दुप्रकाश नेपाल (२०१८ मङ्सिर २९, कटुञ्जे, भोजपुर) नेपाली साहित्यका विशिष्ट कवि एवम् समालोचक हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नेपाल पारिवारिक रूपमै साहित्यिक वातावरणमा हुर्किएका प्रतिभा हुन् । उनको पहिलो रचना फूलहरू–कविता, २०३९) हो । उनका प्रेमपूजा (२०३९), नमिता सुनीता (२०४३), कल्पनाकुसुम (२०४४), विन्देश्वरी (२०४१) वेदना बोल्छ (२०४२), दिग्बोध (२०४३), जानकी विरह (२०५३) जस्ता आधा दर्जन अधिक खण्डकाव्य कृति प्रकाशित छन् । यी काव्यहरूगीतिलयका काव्य र शास्त्रीय लयका काव्यका रूपमा सुपरिचित छन् । फुटकर कविता र काव्यको साधना हुँदै महाकाव्य साधनामा सफलता प्राप्त गरेका नेपालका जुनू (२०४८), अनामिका (२०५६) र डायना २०६१) जस्ता महत्वपूर्ण महाकाव्य कृतिहरूप्रकाशित छन् । नेपालको कलम बालसाहित्यका बहुविधामा पनि त्यत्तिकै सक्रिय छ । विद्यालयतहदेखि महाविद्यालय तहसम्मका विविध पाठ्यपुस्तक लेखनमा पनि त्यत्तिकै सक्रिय देखिन्छ । समीक्षा समालोचनातर्फ राममणि आ.दी व्यक्ति र कृति (२०५०), पारख प्रयत्न (२०५४), राष्ट्रकवि माधव घिमिरे (२०६१), मुनामदन समालोचना (सम्पा, २०६६) जस्ता कृतिहरूप्रकाशित छन् । नेपाल प्रायोगिक समालोचनाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका सम्पादनमा विविध स्मृति एवम् अभिनन्दन ग्रन्थहरूपनि प्रकाशन भएका छन् । तीमध्ये नेपालको एकीकरण र पृथ्वीनारायण शाह (२०६३), कृष्णकुमारी मनोरथ नेपाल स्मृतिग्रन्थ (२०६६), यात्री स्मृतिग्रन्थ (२०७५) आदि उल्लेख्य छन् । त्रिभुवन विश्वविद्यायलका प्राध्यापक नेपाल माधव घिमिरेकै काव्यका विषयमा विद्यावारिधि प्रतिभा हुन् । सिर्जना समीक्षा र सम्पादनका तिनै क्षेत्रमा त्यत्तिकै सक्रिय र सफल पनि छन् । साहित्य सागरको प्रस्तुत अङ्कमा नेपालको ‘माधव घिमिरेको छन्द साधना’ शीर्षकको शोधपरक समीक्षा समेटिएको छ । यस अध्ययनबाट नेपालले माधव घिमिरेले शास्त्रीय र लोक छन्दको प्रयोग गरेको र शास्त्रीय छन्दमध्ये अनुष्टुप छन्दलाई बढी सङ्ख्यामा प्रयोग गरेको, छन्दगत संरचनालाई हेर्दा शार्दूलविक्रीडितकै उपयोग बढी भएको, सबभन्दा कम पृथ्वी छन्दको प्रयोग गरेको, मन्दाक्रान्ता छन्दमा उत्कृष्ट र लोकप्रिय कविता लेखे पनि खण्डकाव्य चाहिँ रचना नगरेको, मुख्य रूपमा अनुष्टुप्, उपजाति, शार्दूलविक्रीडित र मन्दाक्रान्ता छन्दलाई मन पराएको र उनको कवित्व पनि उपर्युक्त चारवटै छन्दमा जीवन्त रूपमा प्रवाहित रहेको निष्कर्ष निकालेका छन् । छन्दकै कारण उनका कविता रसात्मक भएको र घिमिरेले मूलतः शृङ्गार, वीर र करुण रसका कवितालाई भावानुकूल छन्दमा नचाउन सक्ने कविका रूपमा मूल्याङ्कन गरेका छन् ।
-सम्पा. |
१. विषय प्रवेश
राष्ट्रकवि माधवप्रसाद घिमिरे (१९७६, लमजुङ) नेपाली साहित्य जगत्का सिद्धहस्त कवि हुन् । आधुनिक नेपाली कविताअन्तर्गत परिष्कारवादी धाराका प्रवर्तक एवम् केन्द्रीय प्रतिभा कविशिरोमणि लेखनाथ पौड्याल तथा स्वच्छन्दतावादी धाराका प्रवर्तक एवम् केन्द्रीय प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सशक्त उत्तराधिकारीका रूपमा माधव घिमिरे सुपरिचित छन् । परिष्कारवादी शैलीशिल्प र स्वच्छन्दतावादी भावधारालाई संयोजित रूपमा वरण गरेर कवि घिमिरेले आफ्नो मौलिक पहिचानसहित नेपाली कवितालाई चिरस्मरणीय बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । विषयवस्तु र भाषालाई परिष्कार–परिमार्जनसहित कलात्मक रूप प्रदान गरेर कविता सृजना गर्नु उनको वैशिष्ट्य हो । “सामान्यतया एक कविता लेख्न म तीन दिन लगाउँछु – पहिलो दिन बतास बन्छु, दोस्रो दिन श्वास बन्छु र तेस्रो दिन बाँसुरीको आलाप बन्छु ।” (नेपाल, २०६१ : १०६) भन्ने घिमिरेको भनाइबाट पनि उनी कलात्मक कवित्वतर्फ सचेत रहेको पुष्टि हुन्छ ।

नेपालीमा उत्कृष्ट कविता, गीत, खण्डकाव्य र गीतिनाटक रचना गरेर माधव घिमिरेले आफ्नो कवित्व साधनालाई विशिष्टता प्रदान गरेको देखिन्छ । कवितात्मक सौन्दर्यका हिमायती कवि घिमिरे भाषा, भाव र लयगत सौन्दर्यप्रति सचेत देखिन्छन् । यस प्रसङ्गमा घिमिरेको छन्दसाधनाबारे सङ्क्षिप्त अध्ययन गर्ने प्रयत्न गरिएको छ ।
२. माधव घिमिरेको छन्दसाधना
२.१ छन्दको परिचय
छन्द लयको स्रोत हो । छन्दले कवितालाई सुमधुर र चिरस्मरणीय बनाउँछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले “छन्द र लयविना कवि र गायक हुँदैन” (देवकोटा, २०६४ : १०६) भनेर कविताका लागि छन्दलाई अपरिहार्य मानेको पाइन्छ । छन्द वा लयलाई मूलतः बद्ध र मुक्त गरी दुई भागमा बाँड्ने प्रचलन छ । बद्ध लयअन्तर्गत शास्त्रीय (संस्कृत) तथा लोक (नेपाली) लयहरूपर्दछन् । शास्त्रीय लयअन्तर्गत वर्णमात्रिक र मात्रिक दुई स्वरूपका छन्द प्रचलित छन् । वर्णमात्रिकमा छन्दको नियम वा प्रावधानअनुसार वर्ण र मात्राको गणना गरिन्छ भने मात्रिकमा मात्राहरूको गणना गरिन्छ । यस्ता छन्दहरूको चिनारी र प्रयोग वैदिक साहित्यमै प्राप्त हुने गर्छ । वर्णमात्रिकअन्तर्गत शार्दूलविक्रीडित, अनुष्टुप्, उपजाति, स्रग्विणी, रथोद्धता, भुजङ्गप्रयात, मालिनी, मन्दाक्रान्ता, शिखरिणी, पञ्चचामर, वसन्ततिलका, तोटकलगायतका असङ्ख्य छन्दहरू प्रचलित छन् । मात्रिकअन्तर्गत आर्या, चौपाईलगायतका छन्द रहेका छन् (ढुङ्गाना, २०५०) । लोक परम्परामा प्रचलित अनेक भाकाहरू नै लोक लय वा छन्दका स्रोत हुन् । झ्याउरे, सबाई, सेलो, रोइला, चुड्काजस्ता छन्द लोक वा गीति छन्द हुन् । यिनलाई वार्णिक छन्द भन्ने गरिन्छ । मुक्त लय वा छन्दअन्तर्गत सबैजसो गद्यकविता पर्दछन् । यस्ता कवितामा अन्तर्लयको व्यवस्था हुन्छ । आदिमहाकवि उदयानन्द अज्र्याल तथा आदिकवि भानुभक्त आचार्यले शास्त्रीय छन्दलाई लोक भाकामा उन्ने स्तुत्य प्रयास गरे । त्यसै परम्पराका सशक्त अनुयायी माधव घिमिरेसम्म आइपुग्दा नेपाली कविताले आफूलाई शिष्ट, प्रवाहशील, गहन र सशक्त बनाउँदै ल्याएको पाइन्छ ।

२.२ माधव घिमिरेका कविताकाव्यमा छन्दप्रयोग
राष्ट्रकवि माधव घिमिरेले शास्त्रीय तथा लोक छन्दमा कविता, गीत, बालकविता र गीत, खण्डकाव्य तथा गीतिनाटकहरू रचना गरेका छन् । शास्त्रीय छन्द तथा लोक छन्दको सहज प्रयोग गरी सुमधुर र आकर्षक कवित्व सृजनामा उनको सिद्धि देखिन्छ । यहाँ उनका विधा–उपविधागत काव्यकृतिमा प्रयुक्त छन्दहरूबारे चर्चा गरिएको छ ।

२.२.१ कविता
माधव घिमिरेको साहित्ययात्रा कविता लेखनबाटै प्रारम्भ भएको हो । उनले शास्त्रीय छन्दमा कविता रचेको पाइन्छ । उनका नवमञ्जरी (१९९४) तथा चैतवैशाख (२०६०) दुईवटा कवितासङ्ग्रह प्रकाशित भएका छन् । आध्यात्मिक विषयका कविताबाट सृजनयात्रा प्रारम्भ गरेका घिमिरेको पहिलो कवितासङ्ग्रहमा नौवटा शास्त्रीय छन्दोबद्ध कविताहरू संकलित छन् । तिनमा शार्दूलविक्रीडित, वसन्ततिलका, अनुष्टुप् छन्दहरूको प्रयोग पाइन्छ । प्रारम्भिक लेखन भएपनि शास्त्रीय छन्द प्रयोगको अवस्था राम्रै देखिन्छ । दृष्टान्तका लागि केही हरफ हेर्न सकिन्छ :

हे दीननाथ ! प्रभुको गुणगान गाई
सन्मार्गमा बढि सदैव गरी मलाई
मेरो बितोस् नर जन्म अखण्डसाथ
येही छ बिन्ति ‘भवमा नफसूँ’ अनाथ !
(वसन्ततिलका छन्द)
सन्मार्गमा बढि सदैव गरी मलाई
मेरो बितोस् नर जन्म अखण्डसाथ
येही छ बिन्ति ‘भवमा नफसूँ’ अनाथ !
(वसन्ततिलका छन्द)
कविबाहेक अर्काले जान्दैन कवि वेदना
गर्भिणी–वेदना केको ? जान्दथी नवयौवना !
(अनुष्टुप् छन्द)
गर्भिणी–वेदना केको ? जान्दथी नवयौवना !
(अनुष्टुप् छन्द)
माधव घिमिरेको दोस्रो कवितासङ्ग्रह चैत वैशाखमा जम्मा चौरासीवटा कविताहरू रहेका छन् । यीमध्ये एघारवटा विभिन्न वैदिक ऋचाहरूका भावानुवादका रूपमा रहेका छन् । बाँकी मौलिक विषयवस्तुमा आधारित अधिकांश चर्चित कविताहरू छन् । यी कविताहरूमा विभिन्न शास्त्रीय शार्दूलविक्रीडित, पृथ्वी, दु्रतविलम्बित, शिखरिणी, स्रग्धरा, मन्दाक्रान्ता, मालिनी, पञ्चचामर, उपजाति, अनुष्टुप्, मात्रिक, वसन्ततिलकाजस्ता छन्द प्रयुक्त छन् । यीमध्ये घटीमा पृथ्वी छन्दका ३ श्लोकदेखि बढीमा उपजाति छन्दका एकानब्बे श्लोक रहेका छन् । जम्मा चौरासीमध्ये उपजातिका २२, शार्दूलविक्रीडितका २१ र मन्दाक्रान्ताका १५ कविता छन् भने पृथ्वी, दु्रतविलम्बित, स्रग्धरा र मालिनीका एक–एक श्लोक मात्र रहेका छन् । घिमिरेका ‘राष्ट्रिय झण्डा’, ‘कलमवीर’, ‘वैशाख’, ‘नवयुवक’, चरीलमिनी’, ‘कालीगण्डकी’, ‘गाली गर्दैन सारङ्गी’, ‘दुलही हिमाल : कञ्चनजङ्घा’ जस्ता चर्चित कविताहरू यसै सङ्ग्रहमा छन् । मन्दाक्रान्ता छन्द कवि घिमिरेको पेवा छन्दकै रूपमा भए पनि सङ्ख्यात्मक रूपमा शार्दूलविक्रीडित, उपजाति, अनुष्टुप् आदिकै व्यापकता रहेको पाइन्छ । तर उनका अधिकांश लोकप्रिय कविताहरू भने मन्दाक्रान्ता छन्दमै संरचित छन् ।
चौतारीमा वरपिपलको बोट नौलो लगाऊँ
छाहारीका तलतिर बसी गीत यौटा मगाऊँ
आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ! (‘वैशाख’)
मैले हेरे पनि नजरले दाग मेरो नलाग्ने
मैले भोगे पनि हृदयले भाग मेरो नलाग्ने
ओहो यौटा कुसुम पनियो जीउँदो ज्योति जस्तो
कस्तो मीठो अनुभव भनूँ, या भनूँ प्रीति जस्तो !
(‘दुलही हिमाल : कञ्चनजङ्घा’)

छन्द प्रयोगका दृष्टिले कवि घिमिरेका पहिलो चरणपछिका कविताहरू परिष्कृत र उत्कृष्ट बन्दै गएको पाइन्छ । शास्त्रीय छन्दलाई भानुभक्तले झैं लोक भावानुकूल सहज र सरस बनाउँदै अगि बढ्नु घिमिरेको विशेष खुबी ठहरिन्छ । ‘यौटै सानो सरल कृतिमा पूर्ण संसार दिने’ उनको ध्येय वा मान्यतालाई रचनाहरूले पुष्टि गरेको देखिन्छ ।
२.२.२ गीत
राष्ट्रकवि माधव घिमिरे सुप्रसिद्ध गीतकार हुन् । लोकभाकालाई सरल, सहज शब्द विन्यासद्वारा गम्भीर भावविधानतर्फ लैजानु उनको खास पहिचान हो । नेपाली प्रकृति, संस्कृति र ग्रामीण जीवन पद्धतिका मार्मिक सन्दर्भहरूलाई हृदयस्पर्शी अभिव्यक्ति दिनु उनको गीतिरचनाको उपलब्धि हो । नेपाली लोकभाकालाई साहित्यिक उचाइ प्रदान गर्ने कार्य महाकवि देवकोटाबाट भएको हो । उनीपछि राष्ट्रकवि घिमिरेकै योगदान यस पक्षमा सर्वोपरि देखापर्छ । घिमिरेका डेढ सय गीतहरूको सङ्ग्रह ‘किन्नरी किन्नरी’ वि.सं. २०३३ मा आएको हो । त्यसपछि पनि उनले निकै मर्मस्पर्शी गीतहरू लेखेका छन् । नेपाली गीति साहित्यलाई जनमानसमा भिजाउन घिमिरेको अविस्मरणीय योगदान रहेको छ । शब्दशैलीगत सरलता र भावगत गहनता उनका गीतिरचनामा निहित रहेको पाइन्छ । प्रत्येक शब्दले पाठक/श्रोतालाई विचलित तुल्याउने क्षमता घिमिरेका गीतहरूले प्रदर्शन गरेका छन् । नेपाली पहाडी, हिमाली प्रकृति र ग्रामीण जीवनशैलीलाई हुबहु टिपेर गीत रचना गर्नमा उनी सिद्धहस्त छन् । नेपाली लोकभाकाहरू खासगरी झ्याउरे, सेलो र सबाईका लयमा उनका गीतहरू उनिएका छन् । अन्य भाकाहरू पनि छिटपुट रूपमा प्रयोग गरेको पाइन्छ ।

नेपाल आमा ! कहीँ छौ घाम ! कहीँ छौ छाया हे,
परन्तु सारा सन्तानमाथि एउटै माया हे !
(झ्याउरे छन्दलय)
परन्तु सारा सन्तानमाथि एउटै माया हे !
(झ्याउरे छन्दलय)
गाउँछ गीत नेपाली
ज्योतिको पंख उचाली
जय जय जय हे नेपाल
सुन्दर शान्त विशाल !
(सेलो छन्दलय)
ज्योतिको पंख उचाली
जय जय जय हे नेपाल
सुन्दर शान्त विशाल !
(सेलो छन्दलय)
शीतको थोपा अल्मलियो फूलको तरेलीमा
तिम्रो आँसु छिपेको छ मेरै परेलीमा !
(सबाई छन्दलय)
तिम्रो आँसु छिपेको छ मेरै परेलीमा !
(सबाई छन्दलय)
२.२.३ बालकविता/गीत
माधव घिमिरे चर्चित बालसाहित्यकार पनि हुन् । उनले थुप्रै बालकविता/गीतहरूको रचना गरेका छन् । बालबालिकाका मनोविज्ञान, चञ्चलता, व्यवहार, जिज्ञासाजस्ता सन्दर्भलाई उपयुक्त शब्दशैलीका माध्यमबाट अभिव्यक्ति दिनमा उनी दक्ष छन् । उनले शास्त्रीय छन्द प्रयोग गरी कतिपय बालकविता रचेको पाइन्छ । खासगरी घामपानी (२०१०) सङ्ग्रहमा रहेका ‘भक्भके’, ‘डोको’, ‘हिमचुली’, ‘नदी’, खेलौना’, ‘धुव्रको कथा’ जस्ता रचना शास्त्रीय छन्दमा रचिएका छन् । यिनमा उपजाति, अनुष्टुप् छन्दहरू प्रयुक्त छन् । अन्य रचनाहरू लोकलयमा संरचित देखिन्छन् । ‘बालालहरी’ (२०२५) का सबै रचना लोकलयमा आबद्ध छन् । ‘सुनपङ्खी चरी’ (२०५३) तथा ‘बिजुले र बिजुला’ (२०६३) पनि लोकलयमै आधारित छन् । बालभाषाको प्रयोगद्वारा बालबालिकालाई मनोरञ्जन र नैतिक शिक्षा दिने उद्देश्यले रचिएका घिमिरेका जम्मा १०६ बालरचनामध्ये ६ वटा मात्र शास्त्रीय छन्दमा छन् भने एक सय रचना विभिन्न लोकभाकामा रहेका छन् । लोकभाकालाई बाल तथा प्रौढ साहित्यमा सहजता साथ प्रयोग गरेर घिमिरेले नेपाली लयको मौलिकतालाई प्रतिष्ठित बनाउने काम गरेका छन् । सरल र आकर्षक भाषाशैली प्रयोग गरी बालहृदयलाई आकर्षित गर्ने काम उनले गरेको पाइन्छ । लयगत सुमधुरतालाई सुकोमल शब्दावलीले सहज रूपमा वरण गरेका उनका बालरचनामा नेपाली प्रकृति, संस्कृति, बालरुचि, व्यवहार र स्वभावलाई विषयवस्तु बनाएको पाइन्छ ।

सानी नदी पर्वतबाट झर्छिन्
हाहा र हूहू वनभित्र गर्छिन् !
(‘नदी’, घामपानी)
हाहा र हूहू वनभित्र गर्छिन् !
(‘नदी’, घामपानी)
टालाटुली बटुली
कति राम्री पुतली
सानी पनि छैन रे
ठुली पनि छैन रे
जीउ सुत्त परेकी पहेँली र पातली
(बालालहरी)
कति राम्री पुतली
सानी पनि छैन रे
ठुली पनि छैन रे
जीउ सुत्त परेकी पहेँली र पातली
(बालालहरी)
कुखुराका चल्ला
फोरी फुलका डल्ला
ओहो ! हुलका हुल
सधैँ आइरहो ! सधैँ आइरहो !
(सुनपङ्खी चरी)म्याउँ म्याउँ म्याउँ
आमा, म्याउँ म्याउँ
गिलासको दूध अलिकति खाऊँ
कति मिठो भनी मुख मिठ्याई जाऊँ ।
(बिजुले र बिजुला)
फोरी फुलका डल्ला
ओहो ! हुलका हुल
सधैँ आइरहो ! सधैँ आइरहो !
(सुनपङ्खी चरी)म्याउँ म्याउँ म्याउँ
आमा, म्याउँ म्याउँ
गिलासको दूध अलिकति खाऊँ
कति मिठो भनी मुख मिठ्याई जाऊँ ।
(बिजुले र बिजुला)
२.२.४ खण्डकाव्य
माधव घिमिरेका हालसम्म नौवटा खण्डकाव्यहरू प्रकाशनमा आएका छन् । नौमध्ये छवटा खण्डकाव्य शास्त्रीय छन्दमा संरचित छन् भने तीनवटा लोकलयमा आबद्ध रहेको पाइन्छ । शास्त्रीय छन्दअन्तर्गत शार्दूलविक्रीडित, शिखरिणी, उपजाति, अनुष्टुप् छन्दको प्रयोग भएको भेटिन्छ । यीबाहेक उषाचरित्र (चम्पूकाव्य, १९९८) र दुर्गा सप्तशती (अनूदित काव्य, २०५८) पनि उनले प्रकाशनमा ल्याएको पाइन्छ । उषाचरित्रमा फाटफुट रूपमा शास्त्रीय तथा लोकलयका कविता गीतको प्रयोग पाइन्छ । शास्त्रीयअन्तर्गत वसन्ततिलका, उपजातिका श्लोकहरू रहेका छन् । दुर्गा सप्तशतीमा अनुष्टुप् छन्दको प्रयोग भेटिन्छ । उनको पेवा मानिएको मन्दाक्रान्ता छन्दमा भने कुनै खण्डकाव्य रचेको पाइँदैन । लोकलयका तीनवटा खण्डकाव्यमध्ये पापिनी आमा झ्याउरेमा, नयाँ नेपाल सेलोमा र गौँथली र गजधम्मे सबाई लयमा आधारित छन् । शास्त्रीय छन्दका खण्डकाव्य र तिनमा प्रयुक्त छन्दहरूको सूची यसप्रकार छ :

गौरी | १२४ श्लोक | शार्दूलविक्रीडित छन्द |
राजेश्वरी
|
१०० श्लोक | ९५ शार्दूलविक्रीडित, ५ शिखरिणी छन्द |
राष्ट्रनिर्माता | १२८ श्लोक | उपजाति छन्द |
धर्तीमाता | १२० श्लोक | उपजाति छन्द |
बोराको परदा | ९८ श्लोक | अनुष्टुप् छन्द |
इन्द्रकुमारी | २०० श्लोक | अनुष्टुप् छन्द |
खण्डकाव्यकार घिमिरेले आफ्ना चर्चित खण्डकाव्यहरूमा मूलतः तीनवटा शास्त्रीय छन्दलाई प्रयोग गरेको देखिन्छ । शार्दूलविक्रीडित, उपजाति र अनुष्टुप् छन्दलाई सहजतासाथ प्रयोग गरिएको छ । अनि काव्यको विषयभावलाई सहज–स्वाभाविक ढङ्गमा अभिव्यक्त गराउन उपयुक्त छन्द रोजेको बुझिन्छ । नमुनाका लागि केही श्लोकहरू हेर्न सकिन्छ :
यी रोए पनि दुःख लाग्छ – यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन – यिनले बिर्से नि आमा भनी
को हेलो अब हर्षसाथ – यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ – यिनले फुर्की नखेले पनि !
(शार्दूलविक्रीडित छन्द, गौरी)

मेरा प्वाँख नकाट, रंग ऋतुका आएर छुन्छन् यहाँ
मेरा कान सधैँ अनागत नयाँ संगीत सुन्छन् यहाँ
देओ उड्न मलाई वीरहरूकी ‘रानी’ म मौरीसरि
बोकी ल्याउँछु दूर देशतिरका अज्ञातमा माधुरी !
(शार्दूलविक्रीडित छन्द, राजेश्वरी)

मलाइ ता सुन्दर लाग्छ भाइ !
हिमाल सर्वोपरि मुस्कुराई
त्रिसप्त गङ्गा बहने बलेँसी
छाया डुलेका वनशैल बेँसी !
(उपजाति छन्द, राष्ट्रनिर्माता)
हिमाल सर्वोपरि मुस्कुराई
त्रिसप्त गङ्गा बहने बलेँसी
छाया डुलेका वनशैल बेँसी !
(उपजाति छन्द, राष्ट्रनिर्माता)
ढुङ्गो र माटो जलभित्र अग्नि
यो अन्नबाली फलभित्र अग्नि
बर्सेर ज्योतिर्मय अग्नि–बीज
जीवन्त जस्तै हरएक चीज !
(उपजाति छन्द, धर्तीमाता)बिहानै भुलुका बोल्छ काने कुर्र गरेसरि
तर्केर भाग्दछन् तारा, झर्केर दिन उठ्दछ !
(अनुष्टुप् छन्द, बोराको परदा)पाएको छैन बोलीमा बोली मिस्न अझै पनि
सर्माएर पसीनाले भिजेकी सुन्दरी बनी !
(अनुष्टुप् छन्द, इन्द्रकुमारी)

ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल
सिर्जना–शक्ति संसारमा कैल्यै हुँदैन विफल !
(झ्याउरे लय, पापिनी आमा)
केवल बाह्र थरको
गाउँमा उनी बसेनन्
कोल्टाको फूल कोल्टैको
धूलामा उनी खसेनन्
नेपाल हुन्थ्यो सपना
नभए पृथ्वीनारान !
(सेलोलय, नयाँ नेपाल)
आधा धर्ती, आधा आकाश, कल्ले किन रच्छ
दुई फ्याक बनी ईश्वर आफैँलाई खोज्छ ।
(सबाई लय, गौँथली र गजधम्मे)
२.२.५ गीतिनाटक
माधव घिमिरे सर्वश्रेष्ठ गीतिनाटककार हुन् । गीतिनाटकमा उनको कवि व्यक्तित्व र कवित्व शैलीको विशेष छाप परेको पाइन्छ । संख्यात्मक र गुणात्मक दुवै रूपमा नेपालीमा गीतिनाटक लेखन, प्रकाशन र प्रदर्शनमा उनको वर्चस्व रहेको पाइन्छ । उनका हालसम्म सातवटा गीतिनाटक प्रकाशनमा आएका छन् । उनका गीतिनाटकहरू शास्त्रीय तथा लोक दुवै स्रोतका छन्दलय प्रयोग गरेर रचिएका छन् । शास्त्रीय छन्दलयलाई पनि संवादात्मक सुकोमलतामा ढाल्न सक्नु उनको विशेष खुबी हो । घिमिरेका गीतिनाटक र तिनमा प्रयुक्त छन्दको विवरण यसप्रकार छ :

शकुन्तला – अनुष्टुप् छन्द (शास्त्रीय)
मालती मङ्गले – विविध लोकलय
विषकन्या –विविध लोकलय
अश्वत्थामा – मूलतः अनुष्टुप् छन्द र आंशिक लोकलय
हिमालपारि हिमालवारि – विविध लोकलय
देउकी – विविध लोकलय
बालकुमारी – विविध लोकलय

गीतिनाटककार माधव घिमिरेले आफ्ना दुईवटा गीतिनाटकमा मात्र शास्त्रीय स्रोतको अनुष्टुप् छन्द प्रयोग गरेको र बाँकी पाँचवटामा विविध लोकलय (खासगरी झ्याउरे, सबाई र सेलो) लाई प्रयोग गरेको पाइन्छ । लयगत प्रस्तुतिलाई यसरी हेर्न सकिन्छ :
आमा ! आश्रममा फर्की नभन्नू अपमान यो
नतोड्नू ध्यानमा मग्न बाबाको मुसकान त्यो ।
गृहस्थी ता तपस्या हो, तपस्या गर्दछे भनी
भन्नू दोटै सखीलाई बिर्सन्न कहिल्यै पनि !
(अनुष्टुप् छन्द, शकुन्तला)फुट्तै छ आँसु, फाट्तै छ छाती, फाट्तैन धरती
मंगलेबिना उभिन्छे कहाँ, एकली मालती !
(झ्याउरे लय, मालती मंगले)

विषको प्याला प्यूँदाप्यूँदै अमृत पो पिएँ
यो बैंशैंमा मरिसकी म कसरी जिएँ !
(सबाईलय, विषकन्या)
यो बैंशैंमा मरिसकी म कसरी जिएँ !
(सबाईलय, विषकन्या)
दौडिरै‘छु डढेलो झैँ सल्केर म स्वयं पनि
जहाँ टेकूँ त्यही जल्छ हरियो धरती पनि !
(अनुष्टुप् छन्द, अश्वत्थामा)
जहाँ टेकूँ त्यही जल्छ हरियो धरती पनि !
(अनुष्टुप् छन्द, अश्वत्थामा)
भिक्षुनी बन्न हुँदैन नानी ! बैंसको बेलैमा
रूपकी बत्ती बलिनै रहू प्रीतिको तेलैमा !
(झ्याउरे लय, हिमालपारि हिमालवारि)
रूपकी बत्ती बलिनै रहू प्रीतिको तेलैमा !
(झ्याउरे लय, हिमालपारि हिमालवारि)
चाँदनीको फूलै फुल्यो विनाबोटै कस्तो !
मलाई पनि चढाइद्यौन फूल यौटा त्यस्तो !
(सबाई लय, देउकी)
मलाई पनि चढाइद्यौन फूल यौटा त्यस्तो !
(सबाई लय, देउकी)
देख्नेलाई छिनैभरिको
पर्नेलाई जुनीभरि हो !
(सेलो लय, बालकुमारी)
पर्नेलाई जुनीभरि हो !
(सेलो लय, बालकुमारी)
२.३ माधव घिमिरेको छन्दसाधनागत प्राप्ति
राष्ट्रकवि माधव घिमिरे शास्त्रीय (संस्कृत) तथा लोक (नेपाली) लयछन्दका सफल र सशक्त प्रयोक्ता हुन्, सिद्धहस्त स्रष्टा हुन् । आदिकवि भानुभक्तले झैं घिमिरेले शास्त्रीय छन्दहरूलाई नेपाली प्राकृतिक–सांस्कृतिक सहजशैली वा भाकामा समीकरण गरेर नेपालीका जिब्रामा झुन्ड्याउने विशेष क्षमता प्रदर्शन गरे । तसर्थ उनका कविताहरू नेपाली समाजमा बढी भिजेका छन्, स्मरणीय छन् र लोकप्रिय पनि छन् । विषय र भाषागत परिष्कार–परिमार्जनको कला उनले कविशिरोमणि लेखनाथबाट ग्रहण गरेका हुन् । अझ सूत्रमा गहन सन्देश प्रस्तुत गर्ने कला त उनले संस्कृतका महाकवि कालिदासका कविताबाट सिकेका हुन् अनि पछि उनी भारतीय कवि रवीन्द्रनाथ ठाकुरबाट पनि प्रभावित बने । कालिदास, रवीन्द्रनाथ र महाकवि देवकोटाका स्वच्छन्दतावादी भाव प्रणयनबाट घिमिरेको कवित्वको चुरो विशेष बन्न पुगेको हो । यसर्थ अन्तर्बाह्य दुवै खालको आकर्षण घिमिरेका कवितामा पाइन्छ । लोकलयका रचनाहरू त नेपाली समाजमा भिज्नु स्वाभाविकै हो । घिमिरेका गीतहरू भाषागत सरलता हुँदाहुँदै भावगत गहनताले परिपूर्ण हुने गर्छन् । लोकभाकालाई सहजीकरण गर्दै तिनलाई साहित्यिक गरिमा–गहनता प्रदान गर्नु नै उनको मौलिकता हो । उनी कवितालाई कविको लयात्मक अभिव्यक्ति मान्छन् (नेपाल, २०६१ : १०६) ।

“हाम्रा भावलाई जति छन्दले बहन गर्न सक्छ त्यति अरूले गर्न सक्तैन (घिमिरे, २०४९ : २६)” अनि “छन्दले कवितालाई स्थायित्व दिन्छ (नेपाल, २०६१ : १०६)” भन्ने धारणा राख्ने कवि घिमिरे कविताका लागि छन्द अर्थात् लय मूल कुरा भएको बताउँछन् । छन्दको आकर्षणका बारेमा उनको तर्क छ, “छन्दलाई कवितामा ढाल्नु कसैलाई सम्झेर सुसेली हाल्नुजस्तै हो (नेपाल, १०८) ।” त्यसो हुनाले वर्तमानमा कवि माधव घिमिरे र छन्द (शास्त्रीय र लोक) एक अर्काका पर्याय वा पूरक बन्न पुगेका छन् भन्दा अन्यथा हुँदैन । यसै मर्मलाई आत्मसात् गरेर हुन सक्छ महाकाव्यकार माधव वियोगीले राष्ट्रकविमै केन्द्रित भएर ‘छन्दशिरोमणि’ (२०६०) महाकाव्य प्रस्तुत गरेका छन् ।
माधव घिमिरेले शास्त्रीय छन्दमा बालकविता, कविता, खण्डकाव्य र गीतिनाटक रचना गरेका छन् । उनकाकविताकाव्यमा प्रयुक्त शास्त्रीय छन्दहरू एक दर्जन रहेको पाइन्छ । तिनका नाम र श्लोकसङ्ख्या यसप्रकार छन् :
१) अनुष्टुप् – ३५६ (गीतिनाटकका श्लोकलाई यहाँ गणना गरिएको छैन,
खण्डकाव्य–२, कविता २२, गीतिनाटक–२)
२) उपजाति – ३३९ (खण्डकाव्य–२, कविता –२२)
३) शार्दूलविक्रीडित – ३०५ (खण्डकाव्य–२, कविता – २१)
४) मन्दाक्रान्ता – ८४ (कविता–१५)
५) वसन्ततिलका – ३४ (कविता – ४)
६) शिखरिणी – ३३ (खण्डकाव्य–५, कविता –७)
७) पञ्चचामर – १८ (कविता – २)
८) मालिनी – ११ (कविता – १)
९) स्रग्धरा – १० (कविता – १)
१०) द्रुतविलम्बित – ७ (कविता – १)
११) मात्रिक – ६ (कविता – २)
१२) पृथ्वी – ३ (कविता – १)माधव घिमिरेले अनुष्टुप् छन्दलाई बढी सङ्ख्यामा प्रयोग गरेको देखिए पनि छन्दगत संरचनालाई हेर्दा शार्दूलविक्रीडितकै उपयोग बढी भएको बुझिन्छ । सबभन्दा कम पृथ्वी छन्दको प्रयोग देखिन्छ । मन्दाक्रान्ता छन्दमा उत्कृष्ट र लोकप्रिय कविता लेखे पनि खण्डकाव्य चाहिँ रचना गरेको भेटिँदैन । उनले मुख्य रूपमा अनुष्टुप्, उपजाति, शार्दूलविक्रीडित र मन्दाक्रान्ता छन्दलाईमनपराएको बुझिन्छ । अन्य छन्दमा त्यति रुचि भएको पाइँदैन । उनको कवित्व पनि उपर्युक्त चारवटै छन्दमा जीवन्तरूपमा प्रवाहित रहेको पाइन्छ । घिमिरे शृङ्गार, वीर र करुणरसका कविस्रष्टा हुन् । भावानुकूल ढङ्गमा छन्द प्रयोग गर्ने कुशलता उनमा पाइन्छ । लोकलयमा उनले मूलतः तीनवटा (झ्याउरे, सेलो र सबाई) को प्रयोगमा रुचि देखाएका छन् र उच्च सफलतासमेत प्राप्त गरेका छन् । उनी तीव्र वेगमा कविता लेख्दैनन्, त्यसैले छन्दप्रयोगमा उनले विशेष कुशलता देखाएको पाइन्छ । कतैकतै नेपाली शब्दलाई कथ्यरूपमा ढाल्ने सामान्य प्रयत्न गरिए पनि भाषा, भाव र लयलाई नियमसंगत बनाएर प्रयोग गर्न कवि घिमिरे सिद्धहस्त देखिन्छन् । घिमिरे बद्धलय खासगरी वर्णमात्रिक (शास्त्रीय) र वार्णिक (लोक) छन्दका साधक हुन् । मात्रिक छन्दलयतर्फ उनको खासै रुचि देखिँदैन । उनले मुक्त लय वा गद्य शैलीमा कविता सृजना गरेको पाइँदैन । नेपाली कविता–गीतलाई छन्दलयका दृष्टिले सहज, सरस, सुमधुर, सुकोमल, शिष्ट र जीवन्त बनाउनु नै उनको विशिष्टतम प्राप्ति हो । कविता, गीत, बालगीत–कविता, खण्डकाव्य र गीतिनाटक जेसुकै रचना गरेपनि कवि घिमिरेको मौलिक शिल्पले चमत्कार देखाएकै पाइन्छ । भावगत उडानमा प्रवृत्त रहने महाकवि देवकोटाका लोकलयका रचनामा समेत शास्त्रीय शैलीको प्रभाव तीव्र देखिन्छ भने भावगत स्थिरतामा जोडदिने राष्ट्रकवि घिमिरेका शास्त्रीय काव्यकृतिमा पनि लोकशैली वा भाकाको प्रभाव भेटिन्छ । छन्दलयगत प्रस्तुतिलाई विशेष महŒव दिने घिमिरेको भाषाशैली सहज भइकन आलङ्कारिक रहेको देखिन्छ भने बिम्बप्रतीकको प्रयोगमा सहजता, स्वाभाविकता र विशेष आकर्षण देखापर्छ । छन्दसिद्धि प्राप्त गरेका घिमिरे महान् छन्दशिल्पी हुन् ।

३. निष्कर्ष
राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाली काव्यजगत्का सुन्दर शिल्पी हुन् । उनको छन्दसाधनाको सन्दर्भलाई सामान्य रेखाङ्कन गर्दा उनले पूर्वीय संस्कृत परम्पराका विविध शास्त्रीय छन्दलाई विशेष कौशलसाथ उपयोग गरेको पाइन्छ । एक दर्जनजति छन्दमा कलम चलाए पनि खासगरी शार्दूलविक्रीडित, उपजाति (इन्द्रबज्रा र उपेन्द्रबज्राको संयोजित रूप), अनुष्टुप् र मन्दाक्रान्ता छन्दमा उनको पकड रहेको र प्रयोगमा सङ्ख्यात्मक र गुणात्मक दुवै दृष्टिले उत्कृष्टता प्रदर्शन भएको देखिन्छ । फुटकरकविता, खण्डकाव्य र गीतिनाटकमा प्रयुक्त शास्त्रीय छन्द वा लयले लोकलयझैं सुकुमारता, प्रवाहशीलता र सहजता प्राप्त गरेको भेटिन्छ । त्यसैगरी उनले विभिन्न लोकलय खासगरी झ्याउरे, सेलो र सबाई लयमा प्रशस्त गीत, खण्डकाव्य (गीतिकाव्यसमेत) तथा गीतिनाटक रचना गरी नेपाली मौलिक लयलाई साहित्यिक गरिमा प्रदान गर्ने कार्य प्रशंसनीय रूपमा गरेको पाइन्छ । शास्त्रीय स्रोतको मात्रिक छन्दलयतर्फ रुचि नदेखिनु र मुक्तलय (गद्यशैली) मा कविता सृजना नगर्नु उनका सीमा हुन् । शास्त्रीय शैली र लोकभाका एवम् भावनालाई सहज र आकर्षक रूपमा समीकरण गरेर साङ्गीतिक माधुर्य प्रदान गरी कविता प्रवाहित गर्नु कवि घिमिरेको महनीय कला हो । यस पक्षमा आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, महाकवि देवकोटा साथै संस्कृत महाकवि कालिदाससमेतका शैलीबाट घिमिरे अनुप्राणित भएको बुझिन्छ । उनको कवित्वको विशिष्ट प्राप्ति छन्दलयगत सुमधुरता,सहजता, सरसता, सुकोमलता र शिष्टता नै हुन् । भावानुकूल छन्दलयको व्यवस्थामा उनी निपुण देखापर्छन् । यसैले उनको कवित्व जीवन्त बन्न पुगेको हो । लामो काव्ययात्राका क्रममा प्रशस्त काव्यकृति प्रस्तुत नगरे पनि उपलब्ध कृतिबाट उनको साधनाले विशिष्टता र जीवन्तता प्राप्त गरेको स्पष्ट हुन्छ । राष्ट्रकवि माधव घिमिरेको छन्दसाधना नेपाली काव्यजगत्मा आदर्श मानक बन्न पुगेको छ ।सन्दर्भसूची
उपाध्याय, केशवप्रसाद (२०५६), तीन कविका तीन काव्य, ललितपुर : साझा प्रकाशन ।
घिमिरे, माधव (२०४९), आफ्नो बाँसुरी आफ्नै गीत, काठमाडौँ : साझा प्रकाशन ।
ढुङ्गाना, गोविन्दप्रसाद शर्मा (२०५०), छन्दोहार, पाँचौ संस्करण, काठमाडौँ : साझा प्रकाशन ।
देवकोटा, लक्ष्मीप्रसाद (२०६४), लक्ष्मी निबन्धसङ्ग्रह, सत्रौँ संस्क., ललितपुर : साझा प्रकाशन ।
नेपाल, शैलेन्दुप्रकाश (२०६१), राष्ट्रकवि माधव घिमिरे, काठमाडौँ : गण्डकी सामाजिक गुठी ।