SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » हजुरबा–हजुरआमा
आख्यान

हजुरबा–हजुरआमा

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments10 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
सुरेन उप्रेतीको परिचय सहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी साहित्य सर्जक एवम् सञ्चारकर्मी हुन् । प्रस्तुत शृङ्खलामा उनको हजुरबा– हजुरआमा शीर्षकको कथा रचना समेटिएको छ । यस रचनाले सहरिया जनजीवनका पारिवारिक विस–्गतिको पर्दाफास गर्दै बाल चरित्रका माध्यमबाट भएको पारिवारिक मिलनको सुखद क्षणलाई समेटेको छ ।

– सम्पा.

 

जिज्ञासु गाउँमै जन्मिएकी भए पनि सानैदेखि बाबुआमासँग शहरमा बसेकी थिइन् । उनी पाँच बर्षकी हुँदा परिवर्तन जन्मियो । जिज्ञासु सानैदेखि भाइलाई असाध्यै माया गर्थिन् । आफू स्कुल गएका बेला मानिसले भाइलाई लैजालान् भन्ने उनलाई सारै ठूलो डर थियो । कहिले भाइ स्कुल जाने हुन्छ र स्कुल लैजानू ? भनेर आमालाई सोधिरहन्थिन् ।

भाइ प्ले ग्रुपमा स्कुल गएको दिन जिज्ञासुको हर्षको सीमा रहेन । उनले सबै साथीहरूलाई भाइको कक्षामा लगेर देखाइन् । दिदी र भाइ औधी मिलेका थिए । दिदी भाइको सारै ख्याल गर्थिन् । स्कुलमा उनीहरू नमुना नै थिए । सबै सर र मिसले जिज्ञासु र परिवर्तनको आत्मियताको उदाहरण दिनुहुन्थ्यो ।

उनीहरू हरेक दशैँमा बाबाआमासँग हजुरबा र हजुरआमाका हातको टिका लगाउन र आशीर्वाद थाप्न गाउँ जान्थे । दशैँदेखि तिहारसम्म गाउँमा बसेर हजुरबाहरूसँग रमाउँथे । हामीले हजुरबाहरूसँगै बसेर पढ्दा हुँदैन बुबा भनेर दुवैले सोधेका पनि थिए । बुबाले शहरमा पढाई राम्रो हुन्छ उतै पढ्नुपर्छ भन्नुभयो । कहाँ गाउँमा पढ्ने नि शहरमै पढ्नुपर्छ भनेर आमाले थप्नुभयो ।

पोहर साल सन्सारभरि फैलिएको कोरोनाले गर्दा दसैँमा पनि गाउँ जान पाएनन् । गाउँ जाने गाडीहरू केही पनि चलेका थिएनन् । हजुरबा र हजुरआमासँग जुममा हेराहेर भयो । जुममै टिका लगाइदिए जस्तो गर्नुभयो र आशिर्वाद पनि दिनुभयो ।

परार साल जिज्ञासु र परिवर्तन गाउँमा जाने खबर पाएर सबै गाउँलेहरू भेला भएका थिए । गाउँका मानिसहरू आफ्ना बारीमा फलेका फलफूल तरकारी दूध, दही र विभिन्न प्रकारका खानेकुराहरू लिएर आएका थिए । गाउँमा कस्तो राम्रो चलन । कोही पनि अरूको घरमा जाँदा खाली हात जाँदैनन् । सबैले केही न केही लिएर नै आएका थिए ।

जिज्ञासुहरू पुग्दा घामले डाँडामाथि चढेर सुत्नलाई होला खुट्टा तेस्र्याइसकेको थियो । दक्षिण पश्चिम फर्किएको गाउँमा घाम चैँ साँझैसम्म नै लाग्थ्यो । घरमा आएका मानिसहरू कोही बारीमा लिङ्गेपिङ लगाउँदै थिए । घरमै खसी काटेको रहेछ । कोही मासु चिउरा खाँदै थिए । कोही खाइसकेर बसेका थिए । घरमा त्यसै जात्रा जस्तै थियो । गाउँलेहरू हाँसी खुसी देखिन्थे । परिवर्तन र जिज्ञासुले त्यहाँ भएका सबैलाई नमस्कार गरे । हजुरबाले आएर उनीहरूलाई पालैपालो बोक्नुभयो । गाउँलेहरू सबैले ताली बजाएर स्वागत गरे । राती अबेरसम्म बालन सँगिनी आदि नाचगान गरेर बिताए ।

गाडीको लामो यात्राले थाकेर आएका जिज्ञासु र परिवर्तन दुवै निदाए । भोलिपल्ट बिहान उनीहरू उठ्दा झलमल्ल घाम लागिसकेको थियो । बिहानको खाजामा दूध र चिउरा खाएपछि हजुरबासँगै दुवै जना निस्किए ।

घर नजिकै स्कुल छ । स्कुलको छेउमा तीन–चार वटा पसलहरू छन् । मानिसहरू चिया पसलको बेन्चमा बसिरहेका थिए । हजुरबालाई सबैले उठेर अभिवादन गरे । जिज्ञासु र परिवर्तनले पनि सबै गाउँलेहरूलाई नमस्कार गरे । हजुरबाले दुई दुईवटा मालपुवा किनिदिनुभयो । सबै गाउँलेहरूले खाएको चियाको पैसा हजुरबाले नै तिर्नु भयो । मालपुवा खाएर परिवर्तन र जिज्ञासु स्कुलको चौरतर्फ लागे । चौरमा गाउँका थुप्रै केटाकेटीहरू भेला भएर चङ्गा उडाउँदै थिए । ती केटाकेटीले उडाउँदै गरेको चङ्गाको लटाई जिज्ञासु र परिवर्तनलाई दिए । दिदी भाइले धन्यवाद दिँदै चङ्गा उडाए । चङ्गा उडाउँदा उडाउँदै समय गएको पत्तै भएन ।

दिउँसोको बाह्र बज्न लागेको रहेछ । हजुरबाले लौ अब खाना खान जाऊँ भन्दा पो उनीहरू छक्क परे । सबै केटाकेटीलाई ल अब चकलेट खान जाऊँ भनेर जिज्ञासुले भनिन् । सबै केटाकेटी खुसी हुँदै उनका पछि लागे । जिज्ञासुले एक प्याकेट चकलेट किनेर सबैलाई बाँडिन ् । त्यहाँ बसेका हजुरबाका साथीहरूलाई पनि चकलेट दिन । सानी केटीले दिएको चकलेट लिनलाई अप्ठ्यारो लागेर उनीहरूले हजुरबाको अनुहारमा हेरे । हजुरबाले हुन्छ भन्ने सङ्केत गरेपछि सबैले चकलेट लिए । हजुरबाले पनि मेरी नातिनीले दिएको भनेर खुसी हुँदै चकलेट मुखमा लगाउनुभयो । जिज्ञासुले अरू चकलेट देखाउँदै भनिन् । यी यो चाहिँ हजुरआमालाई र बुबाआमालाई दिन बोकेको जिज्ञासुले देखाइन् । सबैले कति ज्ञानी नानी भनेर कुरा गरे ।

उनीहरू काठमाडौँमा बसे पनि दाल चामल घिउ तेल तर्कारी सबै गाउँबाट नै हजुरबा हजुरआमाले पठाइदिनु हुन्थ्यो । उनीहरू काठमाडौँमा डेरामा नै बसेका थिए । बाबुआमा दुवै जागिरे भए पनि घर किन्न सकेका थिएनन् ।

एक साँझ खाना खाएपछि छोराछोरी दुवै आआफ्नो कोठातर्फ लागे । आमाले बुबासँग साउती गर्दै भन्नुभयो । अब त जिज्ञासुले पनि बाह्र कक्षा सक्न लागी । परिवर्तन पनि आठ कक्षामा पढ्ने भयो । एक दुई दिन बिदा मिलाएर गाउँ गएर घर खेत बेचबिखन गरेर आउनु नि । बुबाले केही नबोले पछि आमाले फेरि थप्नुभयो । अब पनि शहरमा घर नकिने कहिले किन्नु । हामी चैँ सधैँ भाडामा नै बस्नू ? आमाले बुबालाई जोड गर्नुभयो ।

गाँउको घरजग्गा बेचेपछि बाबुआमालाई घर खोइ नि ? बाबुआमा कहाँ बस्नु हुन्छ गाउँमा कस्तो रमाएर बस्नु भएको छ । शहरमा ओल्लो घर पल्लो घर कसैसँग चिनजान हुँदैन । शहरमा कसरी बस्न सक्नुहुन्छ र ? बुबाले थप्नुभयो ।

आ नातिनातिनीसँग खेल्नुहुन्छ । बिहान बेलुका पूजाआजा र भान्सामै समय गैहाल्छ । आमाले थप्नुभयो । एक हप्ता पछि बुबा गाउँ जानुभयो । झन्डै पन्ध्र दिन गाउँमै बस्नुभयो ।

एक दिन बेलुकाको खाना खाँदै गरेको बेला हजुरबा हजुरआमा शहर आउने कुरा बुबाले सुनाउनु भयो । अब घर किन्ने र सबै सँगै बस्ने कुरा गर्नुभयो । बुबाका कुरा सुनेर जिज्ञासु र परिवर्तन खुसीले उफ्रिए । महिना दिनपछि घर किनेर हजुरबा हजुरआमासहित सबै नयाँ घरमा सरे ।

प्रायश: हरेक शनिवार हजुरबा हजुरआमासँग कहीँ न कहीँ घुम्न निस्कन्थे । कहिले चिडियाखाना त कहिले चन्द्रागिरि केवल कार चढ्न जान्थे । हजुरबा हजुरआमा पनि खुसी हुनुभएको थियो । तीन चार महिनासम्म घरमा खुसी नै खुसी छाएको थियो । बिस्तारै आमाले हजुरआमालाई भान्साको काम जिम्मा लगाउनुभयो । हजुरबालाई पनि किनमेलको जिम्मा लाग्यो । आमालाई अफिसको कामको बोझले घरको काम जति सबै हजुरआमालाई खनियो ।

आमा कामको र घरको बोझले सा–साना कुरामा पनि झर्किन थाल्नुभयो । हजुरआमाको वृद्ध शरीर काठमाडौँको चिसोले गर्दा हात गोडा सुन्निए । जिज्ञासुले भान्सामा गएर हजुरआमालाई सगाउँदा आमाले पढ्न जा भनेर सगाउन दिनुहुन्न थ्यो । हजुरआमा बिरामी भएर थला नै पर्नुभयो । परिवर्तन र जिज्ञासुले हजुरआमालाई औषधी र तातो पानी नियमित दिएपछि बिस्तारै निको हुनुभयो ।

त्यो दिन शुक्रवार थियो । जिज्ञासुको बाह्र कक्षाको अन्तिम परीक्षा थियो । भाइ र ऊ सँधैँझैँ आआफ्नो स्कुल गए । स्कुलबाट बेलुका घर आउँदा हजुरबा हजुरआमा घरमा हुनुहुन्नथ्यो । दुवै जनाले हजुरबा हजुरआमा कता जानुभयो भनेर सोधे । बुबा बोल्न नपाउँदै तिमीहरूका हजुरबा हजुरआमालाई गाउँको न्यास्रो लाग्यो रे । गाउँ नै जान्छौ भनेर हिँड्नुभयो आमाले सुनाउनुभयो । जिज्ञासुले भाइलाई केही नबोल्न इसारा गरिन् । खाना खाएर दुवै आआफ्ना कोठातर्फ लागे । बाबुआमा सुतेपछि दिदीभाइ भेला भएर हजुरबा हजुरआमालाई खोज्न जाने योजना बनाए ।

भोलि शनिवारको दिन हो । मैले मेरो सबभन्दा मिल्ने साथी जेनिशासँग स्कुटी मागेको छ । म बाबुआमालाई साथीहरूले नगरकोट जाने भनेका छन् । भाइलाई लिएर जान्छु भन्छु । अनि हामी दुवै जना हजुरबा हजुरआमा खोज्न जानुपर्छ । दिदीका कुराले परिवर्तनलाई पनि ढुक्क भयो । भोलिपल्ट बिहानै जिज्ञासुले आफ्नो नगरकोट जाने योजना आमालाई सुनाइन् । आमाले बुबालाई भनेर एक हजार खर्च मागिदिनुभयो । बिहान चाँडै खाना खाएर दुबैजना घरबाट निस्किए ।

जिज्ञासु र परिवर्तनले स्कुटीमा चढेर काठमाडाँैका सबै वृद्धाश्रमहरू चाहारे । हजुरबा हजुरआमालाई कतै पनि भेट्न नसकेर हैरान परे । भोक र थकानले हैरान भएर गौशाला नजिकको एउटा होटेलमा खाजा खान पसे । पसलमा चिया र समोसा खाँदै दिनभरि घुमेका वृद्धाश्रमका बारेका कुरा गरे । पसलेले अघि देखि नै उनीहरूका कुरा सुनिरहेका रहेछन् । त्यहीँ सिफल नजिकै अर्को एउटा वृद्धाश्रम रहेको कुरा पसलेले सुनाए । आज सारै थाकियो अब अन्तिम सिफलको वृद्धाश्रम जाउँ न त भन्दै वृद्धाश्रमतर्फ लागे । वृद्धाश्रममा पुगेर हिजो आउनुभएका हजुरबा हजुरआमालाई बाआमाले भेट्न पठाएको भने । न भन्दै उनीहरूका हजुरबा र हजुरआमा त्यहीँ हुनुहुँदो रहेछ । चारै जना अँगालो हालेर रुवाबासी गरे । जिज्ञासुले आँसु पुछ्दै आज यहीँ बस्नु भोलि हामी लिन आउँछौ भनेर दुवै निस्किए । जिज्ञासुले उनकी साथीलाई फोन गरिन ्र कोठा भाडामा मागिन् । जिज्ञासुका साथीका बुबाको उद्योग थियो । साथीको बुबालाई भेटेर सबै कुरा सुनाइन् र जागिरका लागि अनुरोध गरिन् । भोलिदेखि नै उनको जागिर पक्का भयो । साथीहरूसँग कुरा गरेर लुगा कपडा र भाँडाकुँडाको बन्दोबस्त मिलाए । खानेकुरा दाल, चामल नुन तेल सबै व्यवस्था मिलाएर साँझमा घर फर्किए । भाइ बिहान स्कुल जाने र स्कुलबाट नयाँ डेरामा जाने सल्लाह भयो । जिज्ञासु पनि स्कुलमा काम छ भन्दै बिहान भाइसँगै घरबाट निस्किन् । भाइ स्कुलबाट आएपछि दुवै जना हजुरबा र हजुरबालाई लिन वृद्धाश्रम पुगे । साँझमा सबै जना नयाँ डेरामा पुगेर खाना पकाएर खाए ।

उता साँझसम्म पनि छोरा छोरी घर नआएपछि उनीहरूको खोजी सुरु भयो । जिज्ञासुको सिरानीमाथि एउटा चिठ्ठी भेट्टियो । बुबाआमा ! हामीलाई खोज्ने कष्ट नगर्नु होला । भाइ र म हजुरबा र हजुरआमासँगै छौँ । हजुरबाहरूको एक मात्र प्यारो छोरा बुबा जस्तै, तपाईँहरूका हामी प्यारा छोराछोरी जिज्ञासु र परिवर्तन भन्ने चिठीमा लेखेको थियो । आमाले दोहोर्याएर तेहेराएर चिठ्ठी पढेपछि कुदाउँदै लगेर बुबालाई देखाइन् । तिमीले बाउआमा गाउँ गए भन्यौ । पक्कै पनि खोज्नलाई गाउँ गए होलान् । छोराछोरी हराएकोमा दुबैजनालाई छटपटी भयो । गाउँमा कसैलाई थाहा छ कि भनेर बुबाले गाउँमा फोन गरे । बल्लतल्ल गाउँमा सम्पर्क भयो । तर गाउँ पुगेको थाहा भएन । छोरीका साथीहरूलाई सम्पर्क गर्न खोजे तर अहँ कसैको पनि फोन उठेन । छटपटीमै रात बित्यो । बिहान उठेर खोज्न गाउँ जाने निधो गरे । बुबा गाउँ पुगे तर केही पत्ता लागेन । पुलिसलाई खबर गर्ने कि भन्ने पनि सोचे तर बाबुआमालाई घरबाट निकालेको खबर आउला भनेर त्यसो गर्न पनि सकेनन् । छोरी मात्र हराएकी हुँदा त केटासँग भागी होला भन्ने पनि हुन्थ्यो । भाइ पनि सँगै छ । छटपटी हुँदै रात बिताए ।

अब एक पटक स्कुलमा गएर सोध्नु नि त छोराको बारेमा केही पत्ता लाग्छ कि आमाले भनिन् । बुबाले बिहानै स्कुलको अफिसमा गएर प्रिन्सिपललाई भेटे र छोराको कुरा गरे । परिवर्तन त हरेक दिन स्कुल आइरहेको छ । प्रिन्सिपलका कुरा सुनेर बुबा छक्क परे । अहिले परीक्षा हुँदैछ परीक्षापछाडि मात्र भेट गर्न मिल्छ प्रिन्सिपलले भने । तीन घण्टासम्म पर्खिनु पर्ने भएकोले पछि आउँछु भनेर बुबा घर गए । आमा अफिस गएकी रहिछन् । छोरा स्कुलमै रहेछ । स्कुल छुट्टी हुने बेलामा गएर ल्याउँछु पिर नगर्नू, आमालाई फोन गरेर भने । स्कुल छुट्टी भएपछि छोरालाई ल्याउनका लागि स्कुलको गेटमा गएर पर्खिए । सबै केटाकेटी आइसक्दा पनि छोरो नआएपछि गेटको पालेलाई सोधे । तर पालेले चिन्दो रहेनछ । पालेले कक्षा परिवर्तनका कक्षामा पढ्ने अरू केटाकेटीलाई सोधे । परिवर्तन घर गैसक्यो भनेर अरू केटाकेटीले बताए ।

यसरी चौथो दिन पनि छोरा छोरी नआएपछि छटपटाउँदै एउटा साथीलाई फोन गरे । उनकी छोरी र जिज्ञासु सानैदेखिका मिल्ने साथी थिए । उनको फ्याक्ट्रीको एकाउन्टमा जिज्ञासु काम गर्दिरहिछिन् । त्यतिसम्म भने तर उनले कुरा गर्न त्यति उत्सुकता देखाएनन् । छोरीले काम गर्न थालेको भन्ने चैँ थाहा भयो । भोलिपल्ट बिहानै बाबुआमा दुबै जना छोरीको अफिसमा पुगे । छोरी काममा व्यस्त थिइन् । छोरीलाई हामी बेलुका लिन आउँछौँ । भाइलाई लिएर घर जानुपर्छ छोरी भनेर आमाले भनिन् । छोरीले कुनै पनि प्रतिक्रिया जनाइनन् ।

बेलुका जिज्ञासुको अफिस छुटेर बाहिर आउँदा बाबुआमा दुवै जना पर्खिरहेका रहेछन् । आमाले जिज्ञासुलाई अँगालो मारेर रुन थालिन् । किन घर छोडेर हिँडेका ? हामीले कति खोज्यौँ । अनि भाइ कस्तो भयो ? मेरो चिठ्ठी त पाउनु भयो होला नि ? अनि किन खोज्नु भएको ? हामी हजुरबाहरूसँगै गाउँमा छौ । गाउँको सबै बेचेर ल्याउने अनि घरबाट निकाल्ने तपाइँहरू कति महान् छोराबुहारी जिज्ञासुले भनिन् । अब त कोही नहुँदा सबै काम पनि आफैँ सक्नुभयो होला ? कसैलाई कराउनु पनि परेन होला ! ल म जान्छु । भाइ पनि भोकाएर स्कुलबाट आयो होला भनेर निस्किन् ।

उनले एक पटक आमाबुबालाई पुलुक्क हेरेर हिँडिन् । छोरीलाई रोक्नु न भन्दै आमाले बुबाको हात तानिन् । जिज्ञासुको साइकल टाढा पुगिसकेको थियो । आमाबुबा दुवैले हजुरबा र हजुरआमालाई घरबाट निकाल्दा यस्तो होला भन्ने सपनामा पनि सोचेका थिएनन् । छोरी गएपछि दुवै जना निराश भएर घर फर्किए । उनीहरूलाई आफ्नो कार्यको अपराध बोधले छटपटी भयो । पेट पोलेर आयो । दुबैलाई निन्द्रा पनि लागेन । रातभरि यता उता फर्किँदै रात बिताए ।

भोलिपल्ट बेलुका दुबैजना गएर हजुरआमा र हजुरबाको खुट्टा ढोगेर माफ मागे । अबदेखि कहिल्यै पनि यस्तो गल्ती गर्ने छैनौ भन्दै रोए ।

हजुरआमासँग तपाइँहरू घरमा गएर बस्नु मात्र होस् । केही गर्नु पनि पर्दैन भन्दै आमा रुनुभयो । हजुरबाहरूले तपाई हाम्रो खुसीका लागि कति दु:ख गर्नुभयो । वहाँहरू त भगवान् हो । हजुरआमा र हजुरबा भएको घर त पवित्र मन्दिर हो– जिज्ञासुले भनिन् । हजुरबाका आँखाबाट आँसुका ढिक्काहरू गालातिर झरे । हजुरबाले दुवै नातिनातिनीलाई अँगालोमा बाँध्नुभयो । आमाबुबाले पनि छोराछोरी र हजुरबा हजुरआमालाई अँगालो मार्नुभयो । जिज्ञासुले परिवर्तनको हात दह्रो समातेर हामी सफल भयौँ भन्ने सङ्केत दिइन् । सबै जना मिलेर घर फर्किए ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 289
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.