SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » मुर्छित डायस्पोराको सुहागरात
आख्यान

मुर्छित डायस्पोराको सुहागरात

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments14 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

राजेन्द्रप्रसाद प्रसाई विदेशमा रहेर पनि नेपाली साहित्यमा समर्पित प्रतिभा हुन् । उनी नेपाली साहित्य समाज क्यालगरीका संस्थापक अध्यक्ष हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘मूर्छित डायस्पोराको सुहागरात’ शीर्षकको कथा समेटिएको छ । यो कथाले विदेसिएका नेपालीहरूका प्रेम र विवाह सम्बन्धका जटिलतालाई देखाइएको छ । यस कथाले विदेशमा रहेर विदेशी नारी वा पुरुषसँग विवाह गरेर त्यहाँ स्थायी बसोबास गर्न इच्छुक मानिसका जीवनमा आउने दुर्घटनालाई समेटिएको छ । यस कथाले एन. आर. एन. एका विषयलाई पनि केही मात्रामा समेटेको छ ।
-सम्पा.

भर्खरै उसको अन्तिम इन्टरभ्यु राम्ररी सकियो । त्यसैले उसको भुइँमा खुट्टा छैन । वकिलको सबै फिस चुक्ता गर्‍यो र भर्खरै घर आइपुग्यो । अब खुसियालीमा भोलि गर्न लागेको पार्टीको तयारीमा ऊ तल्लिन छ । कल्पना गर्छ, पार्टी सकिएपछिको रातभर रचिने रासलीलाको फेहेरिस्त । नेपाल छोडेको पूरा तीन बर्ष नाघेपछि बिदेशी नै सही, एउटी नारी उसका जीवनमा सामेल हुँदैछे । धेरै शुभचिन्तकले खराब भने पनि उसले गुम्न लागेको अमेरिकी स्टाटस बचाउन “पेपर म्यारिज” गरेर जोखिम बोकेकै हो ।

लिसा गे्र अब निर्वाध रूपमा उसकी अमेरिकन श्रीमती भई । ऊ अब कागजमा मात्र होइन, साँच्चै उसकै अर्पाटमेन्टमा ऊसँगै बस्छे, सुत्छे । अब महिनै पिच्छे १५०० डलर क्यास बोकेर उसका पूर्वपतिका घरमा पुर्‍याउन जानु पर्दैन उसले । अब ऊ सँगै नबसी, नसुती त्यसलाई धरै छैन । ऊ पनि अब अमेरिकाको ग्रीनकार्ड होल्डर । पत्नी भोगका नाममा इन्टरभ्युका दिन आउँदा बाहिरी ओठहरू बेलाबेला, क्यामेराका अगाडी जोडिएका सम्म हुन् दुई जनाका । त्यो पनि इन्टरभ्यू हुने कोठाबाहिर वेइटिङ रुममा रहेको समयमा बेलाबेला एकअर्कामा सुम्सुम्याउन, किस खान भनेर भनेकाले मात्र हो ।

अब त ऊ हेर्दै मुग्ध हुने गोरो छालाकी श्रीमतीको श्रीमान हो । गोरी श्रीमतीको शरीर साम्राज्यभरि भोगचलन अब उस्को अधिकार भयो । ऊ अब पक्का गृहस्थी । चाहे गैह्रीगाउँको पुतली बारी जोतोस् वा उँभो शैलुङ लेकतिरका दुवै टाकुरामा माडी मैदान गरोस् । अब त अधरपानको स्वाद र अनुभूति पनि जीबन्त होला । यस्तै शोचको निमग्नतामा ऊ रहेछ । एकछिनपछि फोनको घन्टी बज्छ । रिसिभर उठाँउछ “ हेल्लो, हु इज् दिस् ? ”

“ दिस् इज् ह्यारी यादिखरी, आर यु र्‍याम सिंग् ? ”

“ हजुर, तपाँई नेपाली हरि अधिकारी बोल्नु भएको हो ? म राम सिंह हो । अनि नेपालीसँग बोल्दा पनि के त्यस्तो नाम बटारेर बोल्नु भएको त सर ?यति प्रसिद्ध र प्रष्ट नाम छन् हाम्रा हरि अधिकारी, राम सिंह”

“ होइन हो सर, काले गोरेहरूसँगै काम गर्दा बोल्दा अब त आफै उच्चारण त्यस्तो भएर आँउछ हो मुखबाट । साँच्चै बानी नै भइसक्यो अब त ”

“ हुन त अमेरिकन जस्तै हुनु पनि पर्‍यो नि । तपाँइहरू त डी भी परेर परिवारसहित आउँने, जो भएको जेथो पनि ल्याकै छ । अब नागरिकता पनि यतै लिने होला, जीवन बिताउँने पनि यतै होला । आफू त दुई दिनको पाहुना ।”

“ कहाँ हुनु त्यसो । यो मुला बुढेस कालमा आएर, रातोदिन कलकारखानामा मेसिनसँग नारिएर, हड्डी घोटेर कमाएको पैसा बैँकको घरमा बसेर,२५,३० बर्ष सम्म महिनै पिच्छे किस्ता तिरेर कति सक्नु ? कति बस्नु ?”

“ ए तपार्इंहरूको प्नि त्यसो भए एक दिन नेपाल फर्खने सोच छ ?”

“ होइन सबै जना त फर्किदैनन् होला । छोराछोरी र नाति नातिनाको पुस्ता त नजालान् हो । आफू चाहिँ गैरआवासीय नागरिक्ताको ऐन बनेपछि जे जति लगानी सकिन्छ उतै गर्ने अनि आउँदै जाँदै गर्ने हो ।”

“ एउटा कुरा सर, मैले भोलि ५,७ जना यसो समय र मन मिल्ने साथिलाई मेरा अपार्टमेन्टमा पट्लक् पार्टीको आयोजना गरेको छ । तपाँई सँग पनि भेट्न मन लाग्यो । भोलि परिवारका साथ पट्लग् पार्टीमा सामेल हौँ न है सर मेरामा ?”

“ हुन्छ सर । मैले कति जनालाई पुग्ने के आइटम ल्याउने होला सर ?”

“ ८, १० जना जतिलाई पुग्ने यसो ठिक्कको एउटा सिसि ज्याकेट भित्र हाले हुन्छ सर, अरू कुराको टुङ्गो भइसकेको छ ।”

“ ए म मात्रै भनेको त तपाईं पनि यसो लाउँने गर्नुहुँदो रहेछ, बिचार र मन मिल्ने साथीलाई त पहिले नै सम्पर्क गरिन्थ्यो नि ।”

“ होइन म त्यस्तो बानी नै बनिसकेको चाहिँ होइन । कहिले दिउँसो कहिलिे राती काम गर्दा निद्रा बिग्रिँदा यसो निद्रा बोलाउने बाटो कहिलेकाँही हल्का लिन्छु सर ।”

“ मलाई त तपाईंको बारेमा नेपालमा लगानी गर्ने योजना बनाउने भनेर सुनेको हो ग्रीन चिलीका रविजीबाट, उहाँ पनि आउने होला नि ? होइन भने त आउँनका लागि ठेगाना चाहियो मलाई । ”

“ आँउनुहुन्छ । उहाँले देखेको छ मेरो बसाई ”

“ लौ त भोलि भेटौला है, बाइ । ”

“बाइ ।”

शनिबारको दिन ५ बजेको छ । भित्र भइरहेको सल्लाहको हल्लाह ढोका बाहिरै सुनिन्छ । हरि र रवि परिवारसहित ढोकामा पुग्छन् र हरिले ढोका खट्खटाउँछ । ढोका खुल्छ र अभिवादनका साथ परिचय सुरु हुन्छ ।

“म रवि शर्मा” “म हरि अधिकारी” “ म राम सिंह” “ राजु बि क” “ म करण राजवंशी”

“ म सरिता उपाध्याय”

“म अनाम सार्की”

“ म अर्जुन किराँत”

“ म हर्क क्षेत्री”

म राम लखन साहु ………।”

यत्तिकैमा आयोजक रामसिंह बोल्न सुरु गर्छ “ यहाँहरू सबैमा फेरि पनि नमस्कार । समय निकालेर आइदिनुभएकोमा धेरै नै धन्यवाद । लौ हल्का नास्तासास्ता सुरु गरौँ । अनि कुराकानी पनि गरौँ र डिनर खाने काम चाँहिँ ७ बजे नै सकौँला ।”

बिचैमा सरीताको प्रश्न आउँछ “ किन नि ७ बजे नै डिनर सक्ने नि, त्यति चाँडै ?”

“ मेरो ८ बजे राती ड्युटीमा जानुछ त्यसैले सक्नु परेको हो” रामसिंहले स्पष्टीकरण दियो ।

“ ए सधैँ नै काममा जाने यही बेला हो ?” सरीताको प्रश्न फेरि दोहोरियो ।

“ होइन । रेष्टुराँमा गर्दा चाहिँ ४ बजेदेखि ८ बजे बेलुकासम्म र गोर्खा पल्टनमा चाहीँ ८ देखि बिहान ४ सम्म हो”

करणले सरीतालाई कर्के आखाँ हेर्दै जिस्क्यायो “ होइन यी बहिनीले राम सिंहजीको त पुरै टाइम टेबुल सोध्नुभयो । कतै जोडी बाँध्ने सुरसारलाई त होइन ? दुबै एक्ला एक्लै । ”

“ के को बहिनी, ४० नाधेकी मान्छेलाई तपाँईहरू जस्तो उमेरकाले ? म दिदी पर्छु दिदी नै भन्नोस् । फेरि अब अर्को जोडी नै बाँध्ने भन्ने त कल्पना पनि गर्दिन यो उमेरमा । उता तीन तीन जना छोराछोरी पढ्दैछन् । बुढा बिग्रिएर गए पनि म चाहिँ गति छाड्दिन”, हाँस्तै भनी सरीताले ।

“ हामी कसैमा भ्रम नहोस् है म चाँहिँ सिंगल होइन” राम सिंहको रेस्पोन्स ।

“ नेपालमा जहान भएर के गर्नु यता त हामी धेरै सिङ्गलै छौँ । उताबाट हेर्दा मोज मस्तीमा देख्छन् यहाँ र यता भने काशीबास बसिएको छ, राम सिंहजी ” हर्क मुख खोल्दै, मुस्कुरायो ।

“ म त यतै पनि सिङ्गल होइन है । बाहिरबाट जे देखिए पनि अन्डालाई चल्ला बन्न बेर लाग्दैन । खैर अब यो हल्का रमाइलो सकौँ । बरु यसो अलेली देउती रस ईच्छालले लिन थालौ न”

राम सिंहले ह्विस्की हाल्दिँदै आफ्नो ग्लासमा पनि हाल्छ ।

सरीताले सोधी “ राम सिंह दाइलाई पनि पो यो चल्दो रै छ त ? एन आर एनको नेता मान्छे यो त लिनुहुन्न होला भन्ठानेको त ?”

“ हो म लिन्नथँे, आज बिशेष दिन, यहाँहरू आएको बेला यसो सार मिलाउँन हल्का ।”

“ होइन अब रमाइलो साथै हाम्रो नेपालमा लगानी कुन कुन क्षेत्रमा को को मिलेर कसरी गर्ने भइयो त चर्चा सुरु गरौँ न” रविले नयाँ बिषयको उठान गर्‍यो ।

“ कटान बस्ती र औषधी कारखानाको हाम्रो प्रोजेक्टको तयारी कहाँ पुग्यो ?”

सरीताले प्रश्न गरी अर्जुनलाई ।

“यी दुइटा मात्रै होइन अरू ससाना धेरै समूहका लगानीका कुराहरू अरू देशबाट पनि आइरहेका छन् । त्यसैले अब सबै टुङ्ग्याउनु पर्छ ।”

अर्जुनले जानकारीको पोको खोल्दै भन्यो अब आफुले जानेको भनेको फर्माकोलोजी पढाइ र अमेरिकामा पनि फर्मास्युटिकल क्षेत्रको लामो कामको अनुभवले गर्दा औषधी कारखाना खोल्ने कुरो हो । यसको लागि औषधीका बिरुवाहरूको रोप्न हुर्काउन बिभिन्न हावापानी भएको जमीन चाहिएको, कारखानाका लागि भवन चाहिएको छ । सो जमीनबारेको तयारी कहाँ पुग्यो राम सिहंजीले भन्नु होला ”

“ गोप्य रूपमा, जग्गाको सर्भे, जग्गाधनीहरूको नाम, ठेगाना, जग्गाको क्षेत्रफल र यता एन. आर. एन. एको तर्फबाट को को कसरीे मिलेर कसले कति लगानी कहाँ गर्ने हो सोको निरूपण बाँकी छ” राम सिंहले एक सासमा आफ्नो कुरा सक्यो ।

“अरू कुरा त ठिकै हो तर यो गोप्य चै किन राख्नुपरेको होला ?” सरिताको जिज्ञासा ।

अर्जुनले भन्यो“ हेर न सरिता दिदी पनि ? आफ्नो हातमा नआइनजेल आफ्नो यत्रो दिनको सर्भे गर्दाको लगानी सबै खतम हुँदैन त कामै नभई हल्ला गर्दा । उदाहणको लागि एउटा कुरा भनौ न, मानौँ कि, यदि कुनै झापा वा सप्तरीका कुनै जिल्लाका जग्गाधनीहरूका नदी कटानमा परेर पानी बग्दै आएको जग्गाहरू कसैले एक बिगाहको पाँच लाख रुपियाँ दिन्छु मलाई बेच्ने भन्दा त्यो भन्दा पनि कममा म दिन्छु भन्ला । ”

अर्जुनले अगाडि थप्तै गया े“तर, हामी ५० जना अमेरिकामा बसोबास गर्ने एन आर एनहरूले संयुक्त लगानी गर्नै भयौँ र साझदारी कम्पनी पनि दर्ता गरिसकियो । यो तपाईंसमेतको जग्गा किनेर नदी बग्ने जति सरकारी जग्गा छुट्याई दायाँ बायाँ कटान नहुने गरी पक्की तटबन्ध गरेर हामीले किनेको जग्गामा विभिन्न उद्योग ब्यबसायहरू सन्चालन गर्छौ र अरबौ कमाउछौँ भन्दा जग्गाको मोल कति पर्ला ? त्यसैले हाललाई गोप्य नै राखिएको हो ।”

“ राम्ररी कुरो खुलाउनु भयो अर्जुनजीले सही लागो” राम सिंहको रेस्पोन्स ।

यही बेला राम सिंहको मोवाइलको घन्टी बज्यो र “नेपालबाट फोन आयो, एकै छिन् है” भनी ढोकाबाहिर आएर फोनमा कुरागरी भित्र आयो र भन्यो “ लौ बिगारे” उसले अगाडि भन्यो “फेरि अङ्गिकृत नागरिकतामा सहमति नभएसम्म समितिले संसदको बैठकमा पास गर्न बिधेयक नै पेश नगर्ने अरे । फेरि सामाजिक सांस्कृतिक र आर्थिक हक अधिकारको कुरो टुङ्गो नलागेसम्म पास नै भए पनि हालको यो बिधेयकको कुनै मतलबै नै छैन भन्छन् उताका साथीहरू ।”

“म कामी भए पनि मलाई जातको डाहा औडाहा छैन ।” अर्काेले एकजनाले निराशा पोख्यो । तर मलाई यो एन. आर. एनको भीमकाय संरचना, तल रहनेसँग बोल्न, सुन्न समय नहुने पदाधिकारी, अनि नेपालमा बसेर बिदेश गएका प्रति टेढो नजर लाउने असन्तुष्ट केही कर्मचारी जसका कलम र कम्प्युटरले हाम्रा लागि राम्रो कानुन लेख्ला र राम्रो कुरो सुन्न पाइएला र ? म त शङ्कै लागिरहन्छ ।”

“ सतर्कताका साथ आशावादी बनौं । हामी एन आर एनहरूले आआफ्नो टाउँबाट सक्दो प्रयास गर्दै जाऔं । देर होला तर अन्धेर नहोला हो । लौ अब खानातिर लागौँ, मेरो त समय पनि सकिन लाग्यो । ” रामसिंहले कुरा टुङ्ग्यायो । खाना खाएर सबै बिदा भए ।

एकैछिनपछि सरिता फर्किएर आई र ढोका ढक्ढक्याई । ढोका खोलिएपछि, मुख खोली “ राम सिंहजी, मैले हजुरको पेपर म्यारिज सफल भएको कुरा सुनेँ कतैबाट । म यो हजुरको कुरा कसैलाई भन्दिन गोप्य राख्छु, हजुरले को वकिल राख्नुभयो र मलाई पनि यता बस्ने बिचार आयो को खोजेर म बिहे गरौँ । कति तिर्नु पर्छ होला ? कसैले साँचो भन्दैनन् ।

एक्ली देखेर सबै मलाई युज गर्ने चाहना मात्रै राख्छन् । कतिन्जेल म एक्ली भएर जोगिनु ? कति दिन कोठाको भाडा एक्लै तिर्नु ? नेपाल जाऊँ सक्कली डिभोर्स गरेर आइयो । यता कमाए जति भाडा तिर्दा र नेपाल पैसा पठाउँदा ठिक्क । छोराछोरी पैसाले बिग्रिए । सबै अठार बर्ष कटे यता आउन पढाइ छैन,नसक्ने भए । बाबु चैँले अर्की बिहे गरेर बसेको छ अरे । अब मलाई सहयोग गरिदिनु पर्‍यो” मलीन स्वरमा सरिताले आफ्नो व्यथा अविरलरूपमा पोखी ।

यती सुनेपछि राम सिंहले भन्यो “मैले त अहमद भन्ने पाकिस्तानी वकिल राखेँ, काम सल्टाएँ । ”

“ ए त्यो त सारै अपराधी छ भन्छन् त ? हुन लागेको पनि बिगारेर धेरै झमेला लाउँछ अरे अनि केसै केस बनाएर झमेलामा पार्छ अरे भन्छन् मान्छेहरू ?” सरिताले अचम्म मान्दै जिज्ञासा राखी ।

“ आफू पनि सजग हुनुपर्छ । भएका प्रमाण साथमा राखेर मैले त केस टुँग्याए । जिँते । हिजो मेरो ग्रिनकार्डको निर्णय पनि भयो । पैसा चँै धेरै लाग्यो । साँच्चै नै नेपालमा डिभोर्स गरेर आएको र यहाँ स्वास्नी बन्नेले गर्भ पनि बोक्ने र एउटा सकेको जब पनि गर्नै हो भने त सजिलै पत्याएर म्यारिज सदर गरी ग्रिनकार्ड बन्ने रहेछ । पहिला जानिएन । अव सरिताजी पनि धरजम गर्न शोच्ने हो भने म एउटा उपाय रचौँला । हाम्रा कुरा कसैलाई नभन्नु । लौ त म आफ्नो तयारीमा लागेँ ” भन्दै राम सिंह बाथरुम भित्र पस्यो र नुहाउन थाल्यो ।

यता सरिताले कोठामा सबैतिर आँखा घुमाई । ब्यस्त एक्लो लोग्ने मान्छेको ओछ्यान । जगल्टिएको कुडँुलो परेको ओड्ने । एकातिर भुँइमा खस्न लागेको तन्ना । शटर्, पाइन्टहरू कागज पत्रहरू भुइँभरि यत्रतत्र छरिएर छरपस्ट । उसको नारी मन । कोठा मिलाइदिने सजाइ दिनेतर्फ लागी । हेर्दा हेर्दै कोठाको सजावट सकी । बेडको छेउमा बसी । शिरानी मुनी राखिएको पारिवारिक एलबम देखी र ओछ्यानमा घोप्टो सुतेर हेर्न थाली ।

भित्र बाथरुमबाट गीत गुन्गुनाउँदै राम सिंह तौलिया कम्मरमा लपेटेर बेडरुमतिर आयो । उसले भित्ताको घडी हेर्‍यो । उसकी कानुनी स्वास्नी लिसा ग्रे आज राती उसको अनुरोधमा हनिमुन मनाउँनका लागि आउँने कुरा छ । समय त केही मिनेट मात्र बाँकी छ । सरिता बाहिर भित्र कता छ ध्यानै नदिई कोठामा पर्फ्यु स्प्रे गर्न थाल्यो । झिलिक मिलिक गर्ने बिजुलीको रातो बल्ब फेरेर कोठा रातो बनायो । हतार हतार गरेर स्वास्नी लिसालाई मन पर्ने बटर चिकन र ल्याम कबाफ माइक्रोमा हालेर ततायो ।

लिभिग रुममा सरीतालाई देखेन । ठान्यो, कस्ती अचम्मकी मान्छे होली ? जान्छु पनि नभनी कत्तिखेर गइछे । लिभिगंरुमको कफी टेबुल बोकेर हतार हतार कतै नहेरी सुत्ने बेडको गोडामुनितिर लग्यो र राख्यो । बेडरुममा पस्ने साथ कम्मरमा लपेटेको तौलिया भुइँमा फत्रक्क खस्यो । ऊ निर्बस्त्ररूपमै किचनको तताएको खाने कुरा लिन गयो । यो नग्नता परैबाट सरीताले देखी र लौ बित्यास पर्ने भो भनी हत्तपत गरेर सिरक ओडी र भित्तातिर फर्किएर उसको बेडमा सुती । खाने कुरा ल्यायो र टेबुलमाथि माथि राख्यो । टेबुलमा यौनयुद्धमा बिजयी हुन एक जोडी ढालहरू पनि राख्यो । यी आजैमात्र उसले किनेका । उता, अब त राम सिंहले कपडा लाउला र सिरकबाट निस्कौँला भनेर सिरकको चेपबाट चिआउँदी सरीताका चोलो साडी नफुकाइ सिरकमा गुम्सिदाँका पसिना फुट्न थाले ।

ऊ भने “हनीमुन नाइट” लेखेको साइन भित्ताको एैना छेउमा टाँस्यो । नारायण गोपालको गीत “ पोखिएर घामको झुल्का भरी सँघारमा, तिम्रो जिन्दगीको ढोका खोलौँ खोलौँ लाग्छ है …….उडूँ उडूँ लाग्छ किन प्वाँख कैले पलायो, मनको शान्त तलाउको पानि कसले चलायो …. ”गुनाउँदै भित्तामा बेलुनहरू टाँस्न थाल्यो । सरिता भने सिरकको सानो चेपबाट कति बर्षपछि हो निर्बस्त्र लोग्ने मान्छेको शरीर धित मर्ने गरी हेरिरही । क्रमशःउसको तन मन पग्लिएर अङ्ग अङ्गहरू नसालु र रसालु बन्न थाले । मानौँ ऊ उसकी नव बिवाहिता दुलही हो र आज ऊसँग हनिमुन सुुरु हँुदैछ ।

एक मनले ठान्छे, यसले पक्का पनि म यसको ओछ्यानभित्र भएको पत्ता पायो र काममा नगएर मसँग रोमान्सका लागि यो सारा गरिरहेको छ । के गर्छ यसले, म पनि कहिले सम्म यो सिरक भित्रको गर्मी खपिरहूँ । उसले भित्र भित्रै आफ्नो साडी फुकाएर तल भुँईमा फुत्त फाली । कम्मर सम्म सिरक ओडेर ओछ्यानको भित्तामा अडेस लागेर खुट्टा पसारेर जोडले स्याँ स्याँ गर्दै ऊतिर निरीह कामुक आँखाले हेरी रही ।

अर्का तिर फर्केर भित्तामा बेलुन टाँस्तो रामसिंहले ओछ्यानको सर्सराहट सुनेर अचम्मित हुँदै केको आवाज हो भनेर बेडतिर हेर्यौ । भित्री ब्रा मात्र लाएकी सरिता त कति खेर हो सिरक भित्र पसेकी रहिछ । होइन के गरेको भनेर बोल्न मुख के खोल्दै थियो बाहिर मुल ढोकाको घन्टी बज्यो ।

“लौ आइ पुगी त्यो । सरिता कतै लुक, मेरो बर्बाद भयो आज”, भन्दै हतार हतार नाङ्गो शरीर ढाक्न केही खोज्यो भेटेन । यसो भुँइको तौलिया टिपेर कम्मरमा बेर्न थाल्यो र बाहिर ढोकामा हेर्न हिंड्यो । तर चुकुल नलगाएकोले ढोका खोली उसकी लिसा, भूपू लोग्ने र वकिलका साथ भित्रै छिरी सकेका थिए ।

एकलै आउँनु पर्नेमा किन आए यिनीहरू । कतै सरिता पनि कुनै यिनीहरूको षड्यन्त्रमा सामेल त छैन । उसका मनमा सन्देह बढ्न थाल्यो । यत्तिकैमा लिसाले हग गर्दै“ हाई र्‍याम, हाउ यु डुईङ” भनी । वकिलले सोफा छेउका सरीताका पिंक कलरका पुराना लेडिज जुत्ता देखाँउदै लिसातिर हेर्दै भन्यो “ ह्वुज दिस् ?” लिसाले शंकाका आखाँले सबै तिर हेरी र ढोका बन्द गरेको बेडरुम तिर अगाडी बडी र ढोका खोली । सिरक भित्र सरिता पेटिकोट र ब्रा लाएर सुतेर आँखा हेरिरहेकी थिई । “ओ गड् । यु ह्याब अलरेडी योर अउन् गर्ल ? दिस् इज नट् गुड् ।” लिसा बर्बबराउँदै गई । वकिल पनि सबै भित्र बेडरुममा पसे । बदमास वकिलले भन्यो “सो, योर म्यारिज वाज फेक् नट रियल् ? यु ह्याब उमन अन योर बेड ।”

राम सिंहले वकिललाई भन्यो “ नो नो नो । लिसन् टु मी । ये एक इन्सीडेन्ट् है । इस औरतके साथ मैने टच् भि नही किया है । मेरे बात मानो । ट्रस्ट मी ।” यत्तिकैमा सरीताको र बेडको भिडीयो फोटो लिन सुरु भयो लिसाको भूपू बाट । रिसले चुर भएको राम सिंहले भूपूको हातको क्यामेरा खोस्यो र उल्टै उनीहरूको फोटो भिडीयो खिच्तै “आइ विल कलिङ पुलिस” भनेर फोन गर्न मोबाइल समात्यो ।

पछाडिबाट यही बेला भूपूले काठको कुर्सीले राम सिंहलाई ढाड र टाउकामा प्रहार गर्न थाल्यो र भुँइमा लडायो र अचेत बनायो । वकिलले अचेत अबस्थाको राम सिंहका हातको क्यामेरा खोस्यो र बाहिर निस्कियो । सरीताको भुँइमा भएको साडी चोलो टिपेर हिंड्न थालेकी लिसालाई सरीताले त्यहीँ भएको काठको कुर्सीले ढाड र टाउकोमा हानी र लडाइ दिई ।

सरितालाई किक हान्दै भूपूले लिसाको रगत बगिरहेको शरीरलाई काँधमा बोकेर बाहिर भाग्यो । वकिलले सरीतालाई एक बक्सिङ निधारमा हान्दै लडाएर उसको साडी, ब्लाउज र जुत्ता लिएर दौडियो । सरिता पनि रामसिंहलाई बचाउँन नाइन वान्वान् हान्दै घर बाहिर निस्कि र इमरजेन्सी गाडी पर्खिएर “ हेल्प् मी ह्ेल्प् मी” भन्दै बाटो छेउमा चिच्याइ रही ।

sunaulonepal@yahoo.com

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 327
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.