SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » रातभरि हुरी चल्यो
आख्यान

रातभरि हुरी चल्यो

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments13 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

इन्द्रबहादुर राई (१९८४–२०७५, दार्जिलिङ, सुपुत्र : रणवीर राई र हस्तमाया देवान) नृवादली साहित्यको आख्यान क्षेत्रका विशिष्ट प्रतिभा हुन् । एउटा सामान्य मजदुर परिवारमा जन्मिएका राई नेपाली साहित्यका सिर्जनातर्फ कथा, उपन्यास र कविता विधामा कलम चलाउने व्यक्तित्वका रूपमा परिचित छन् भने समीक्षाक्षेत्रमा उनको परिचय प्रतिनिधि नेपाली समालोचकका रुपमा रहेको छ । २०१६ सालको सङ्गम पत्रिकामा ‘रातभरि हुरी चल्यो’ कथा प्रकाशन गरी नेपाली कथा लेखनका क्षेत्रमा देखा परेका राईको पहिलो भइकन पनि यो कथा चर्चित छ । यिनका प्रमुख कथाकृतिहरूमा ‘विपना कतिपय’ (२०१८), कथास्था (२०२६) र कठपुतलीको मन (२०४६) जस्ता कथासङ्ग्रह, प्रकाशित छन् । उनको आज रमिता छ (२०२१) उपन्यास नेपाली उपन्यास परम्पराको प्रतिनिधि उपन्यास हो । उनका टिपेका टिप्पणीहरू (२०२३), भानुभक्तका कृति अध्ययनहरू (२०२६), नेपाली उपन्यासका आधारहरू (२०३०), दार्जिलिङमा नाटकको आधा शताब्दी (२०४१), अर्थको पछिल्तिर (२०५१), पृष्ठैपृष्ठ (२०५२) र ‘लीला प्रस्तावना’ (२०५९) जस्ता समीक्षा कृतिहरु प्रकाशित छन् । उनी नेपाली समीक्षा परम्पराका प्रतिनिधि समीक्षक हुन् । अंग्रेजी साहित्यका प्राध्यापक पनि हुँदा राईका समीक्षामा पाश्चात्य समीक्षा पद्धतिका आधिकारिक अनुचिन्तन र प्रयोग भएको देखिन्छ । मूलतः प्राध्यापन पेसामा संलग्न राईले सेवा निवृत्त भएदेखि दार्जिलिङका विभिन्न सामाजिक सेवामा संलग्न रही काम गरेका छन् । उनले नेपाली भाषा एवम् साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई भारतबाट सन् १९७८ मा ‘भारतीय साहित्य अकादमी पुरस्कार र वि.सं. २०५५ मा सिक्किम साहित्य परिषद् पुरस्कार तथा नेपालबाट वि.सं. २०५५ को जगदम्बा पुरस्कारका साथै त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधिको उपाधि प्राप्त गरेका छन् । उनी नेपाली साहित्यका समीक्षा विधामा सुपरिचित प्रतिभा भए पनि उनलाई आख्यानकार र त्यसमा पनि कथाकारका रूपमा बढी आदर गरिएको छ । उनका कथामा प्रवासी (दार्जिलिङ) नेपाली समाजका निम्न वर्गीय जीवनको चित्रण, तल्ला वर्गका पात्रको प्रयोग र उनीहरूको मनोविज्ञानको उद्घाटन, जीवनको सङ्घर्ष, आशा–निराशा, पीडा, अभाव आदिको प्रस्तुति पाइन्छ । भाषिक दृष्टिले ‘विपना कतिपय’ कथामा सङ्गृहीत कथाहरूको भाषा शैली सरल छ भने ‘कथास्था’ र ‘कठपुतलीको मन’ मा सङ्गृहीत कथाहरूमा क्रमश: आयामिक चिन्तन र लीला लेखनको प्रभाव पर्न गएको छ । उनी क्रमशः आफैसँग प्रतिक्ष्पर्धी रहँदै नेपाली कथालाई अगाडि बढाइरहेका छन् । उनका कथाको सरल शैली पनि क्रमशः जटिल हुँदै गएको पाइन्छ । माक्र्सवादी सर्वहारा चिन्तन, फ्रायडवादी मनोविश्लेषण, शून्यवादी पूर्वीय दर्शन संसारलाई माया र भ्रमको जाल मान्ने ‘ब्रम्ह सत्यम् जगन्मिथ्या’ भाव), ईश्वर छैन, ‘बिना व्यवस्था र सिलसिला नभएको संसारमा बाँच्नका लागि हरेक मानिसले आफै“ सङ्घर्ष गर्नु पर्छ’ भन्ने फ्रेड्रिक नित्से, जाँ पाल सात्र, कामु आदिका चिन्तनको प्रभाव ग्रहण गरेको देखिन्छ । यिनका कथामा पुराण, इतिहास, धर्म, संस्कृति, कला, साहित्य र ज्ञान विज्ञानका क्षेत्रमा प्रयुक्त बिम्ब र प्रतीकको प्रयोग गरिएको पाइन्छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा राईको रातभरि हुरी चल्यो कथा समेटिएको छ । यो कथा सामाजिक भए पनि आयामिक चिन्तनउन्मुख देखिन्छ । यो राईका कथामध्ये चर्चित कथा हो । अग्रजका रचनालाई पनि अभिलेखन गर्दै र समेट्तै जाने साहित्य सागरको उद्देश्यअनुसार यो कथालाई समेटी राईप्रति आदर प्रकट गरिएको छ ।

-सम्पा.

———–

छानामा ठोकेको मट्टीतेलका टिनहरूलाई हावाले फेरि ‘खल्टाङ खुल्टाङ खट् खट् खल्टाङ खल्टाङ गर्दै एकोहोरो तौरले हल्लाउन थालेको छ। छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ।

घरभित्र छिरेको हावाले हल्लाएको ढिब्रीको धमिलो उज्यालोमा कालेको बाबु र आमा दुवैले माथि धुरीतिर हेरे। दाउरा बालेको धूवाँले रङ्गिएका काला टिनहरू, ऐले कुनै कुनैमा पानीका मसिना दानाहरू पसिना आएका झैं देखिन्छन्। धूर्पिस र पिपलीको जस्तै काला भाटाहरूले चारपाटे टिनका ती ८०–९० टुक्राहरूलाई हावादेखि पक्रिराखेको छ।

“हावा पनि यै डाँडामा चैं कत्ति चलेको १ त्यसको सास १” अलिक हावा मत्थर भएर टिन बज्न छोडेपछि कालेकी आमाले भनी अनि अँगेनामा आगो जोर्न लागी।

“पटक्क थामिँदैन १” कालेको बाबुले पनि भन्यो– “आज पूरा एक हप्ता भयो !”

भनिसकेको पनि थिएन फेरि पानी ध र र र र वैरिन थालिहाल्यो …

“पानी पर्दा अब फेरि पैरोको डर” –भन्यो कालेको बाबुले– “यो चैं ठाउँमा बास बसाउन जानिएन रैछ !”

पानी झन् साह्रो दर्किन थाल्यो। छप्परमा टिन कराएको कान खाने आवाजमा अँगेनामा आगोको ज्वाला लप्कँदै नाच्न लागेको छ। अझ जोडले झरी परेपछि त छुट्टाछुट्टै थोप्लाको शब्दहरु सुनिन छोडेर एउटै लामो आवाज दरररररमा चारै दिशा डुब्यो। ऐले अब सब बगाएर लैजान्छ, पहिरोले तान्छ, सब सोहोरेर माथिबाट छोप्ला …

यो घर पहिरोले लाँदैछ, हामीलाई तान्दै लाँदैछ, जस्तो लाग्यो।
“हे महाकाल बाबा ! तिमी छौ राख्ने बचाउने !”

बतासले हिर्काएर तेर्सो बछेटा भित्ताको तख्तामा ठोकिँदैछ। तख्ता जम्मै भित्रपट्टि पनि भिजिसकेको छ।

सधैं भित्तामा सटाइएको टाँड अलिक पर पानी नखस्ने ठाउँमा सारिएको छ। काले बैनीलाई समातेर निदाएको छ।

“तेरै जिद्दीले यस्तो ठाउँमा घर बनाएको १” लोग्नेले एकाएक झोकिएर भन्यो– “नभएदेखि मज्जासँग पुलिस काम गरेर बजारबीचमा बस्दै थियौं, हावाको डर न पैरोको डर। …”
स्वास्नीले केही भनिन।
“बडा बारी गर्ने भइस् ! ठूलो भाग खालिस्।” उ अझै फत्फतायो रिसले।
“तिमी जाऊ न सुत ढुक्कसँग …” कालेकी आमाले ऐले भनी– “असारे झरी यस्तै त हुन्छ, के गर्नु, बर्सेपछि यस्तै हुन्छस मर्‍यौं पैरोले भने भर्‍यौं मर्‍यौं, के गर्नु, काल आयो भने। …”
“काल खोज्न आइस्, मर्छेस् पनि।”
पानी अलिअलि कम हुँदै आयो। स्वास्नीले मगमा चिया बनाइदिई।
निक्कै पर्न कम भएपछि बलेँसीदेखि पोखिएर खसेको पानी पनि सुनिन थाल्यो।
चिया खाँदै उसले सोध्यो– “कति बज्यो होला रु”
“खै कुन्नि कति बज्योस बज्यो होला एघार बार …” कालेकी आमाले भनी अनि ‘हाई’ काढी दुइपल्ट।
“अब त रहन्छ होला कि ?”
“रहनुपर्ने …”

चिया खाइसकेर उ उठ्यो। दैलोतिर जाँदा चुहेको पानी थापेको भाँडा लात्ताले हिर्काएछ पानी छताछुल्ल भयो। “कस्तो आँखा नहेरेको १” भन्दै स्वास्नीचाहिँले बोरा ल्याएर ओछ्याई।
उसले केही भनेन।

दैलो खोलेर बाहिर अँध्यारोमा सुन्दा रुङदुङ खोला भयानक तौरले पाखै थर्काएर गर्जँदै रहेछ। बीच बीचमा अरू किसिमको आवाज पनि भएको जस्तो लाग्दा उसले खोलाले सिङ्गै खनिऊको रूख बगाएर ल्याएको वा पहिरो झरेर माटोले खोलाको पानी जम्मै पहेँलो भएको अन्दाज काट्यो। अँध्यारोचाहिँ आफ्नो हात नदेखिने अँध्यारो छ।

फर्केर घरभित्र नपसी उसले फेरि बाहिर अँध्यारोदेखि नै स्वास्नीलाई करायोस्
“टश ल्याऊ, टश !”

सिरानीमुनिदेखि झिकेर कालेकी आमाले पुरानो कालो टर्चलाइट पुर्याइदिई।

“गोठको च्यादरहरू सब उडाइदेको छ।” भन्दै कालेको बाबु टर्च बालेर घरमुनि झर्यो। आँखा आकारको टर्चको ज्योति भिजेका भूइँ र घाँसतिर देखियो।
कालेकी आमा पनि पछि पछि आई।

गोठमा पस्दा भूइँमा थ्याच्च शरीर टेकाएर बसिरहेको गाई जुरुक्क उठ्यो औ एकपल्ट ‘डाँ’ करायो। छानादेखि चुहेको पानीले गाईको पिठ्यूँ भिजेको छ, औ रौंहरू सब टाँसिएका छन्।

उडाएको टुक्रा च्यादरहरूले बटुलेर कालेको बाबु गोठको छप्परमा चढ्यो। टिनहरू मिलाएर ढुङ्गाले थिच्न थाल्यो।

सिमसिमे पानी परिरहेकै थियो।

कालेकी आमाले भूइँमा खोजेर एउटा ठूलो लेउ परेको चुच्चे ढुङ्गा उखेलेर छप्परमा लोग्नेलाई चढाइदिई। त्यसलाई छप्परमा लाएपछि उसलाई लोग्नेले भन्यो :
“तिमी जाऊस निकै बाक्लो पर्नथाल्यो फेरि १ म अलिकति घाँस लाइदिएर आउँछु।”
“अब हिँड न सँगै।।।” स्वास्नीले भनी। कालेकी आमा पर्खिरही।
“तिमी घाँस हाल्दै गर तब, म यत्ति मिलाएर। … ए, टश मलाई कसले देखाइदिन्छ फेरि ? … पर्ख पर्ख अब सकिहालेँ। …”
पर्खंदा पर्खंदै कालेकी आमाको अनुहारभरि र मजेत्रोलाई पनि छिचोलेर पानी बग्न थाल्यो। बल्ल्बल्ल सकेर कालेको बाबु झर्‍यो। हतार हतार घाँस हालेर दुवै घरमा पसे।
पानी फेरि मच्चिँदै आयो।

लुगा फेरेपछि अब दुवै नाटकमा माग्नेको पार्ट खेल्न तयार भएका जस्ता देखिए। जुलूलू आगो फुकेर दुवै सुक्न र सेकिन लागे।

“चिया छ ?” उसले फेरि सोध्यो।
“अब नसुत्ने र ?” उत्तरमा प्रश्न भयो।
“तिमी सुतस मलाई चिया बसाइराखिदेऊ।”
कालो कितली तानेर कालेकी आमाले त्यसमा मगले उभाएर पानी हाल्न थाली।
“भरी बसाइदेऊ।” उसले फेरि भन्यो।
स्वास्नीले त्यसै गरी।

कालेको बाबु उँभो छप्परतिर हेर्दैथियो फेरि उठयो अनि दाम्लो बनाउन ल्याएर सिउरिराखेको डोरी झिकेर बलोमा बाँध्नलाग्यो। अर्को छेउ भूइँमा कहाँ बाँधुँ भनेर खोज्दै थियो, जाँतो देख्यो।

“त्यो ल्याऊ। …”
“किन ?”
“हावाले कस्तो गर्छ।”

कालेकी आमाले केही भन्न सकिन। कुदाउँदै लगेर जाँतो खुट्टानेर पुर्याइदिई।
डोरीको लठारो जाँतोमा कसेपछि कालेको बाबु केही निश्चिन्त भयो।
कितलीमा रङ छ्वास्स हालिराखिदिएर कालेकी आमा त्यही टाँडमा सुत्न चढी।
कालेको बाबु एक्लै विचारमा पर्‍यो। चिया उम्लेर कितलीको टुटीदेखि फिँजदार पानी आगोमा खस्दा मात्रै ऊ झस्कियो विचारदेखि।
चिया बनाउँदै थियो, हुरूरूरू एकपल्ट हावा चल्यो अनि छप्परमा ठङ्ग केही आएर खस्यो। उत्तिसको टुप्पो हो कि रु तर कालेको बाबु एकदम तर्सियो।

हावा पानी नचलेर शान्ति जस्तो भएपछि बत्ती त्यत्तिकै नमारी ऊ पनि ओछ्यानमा सुत्न गयो।

दिउँसो छेको मूलाको बीउ सब बगायो होलास उसले सम्झ्यो– गराको डील भत्केर कति सयपत्रीका बोटहरू पनि भाँचिए होलान्स भोलि बिहानै उठेर पहिला काम घरमाथि भीमसेनपातीको झ्याङदेखि उता कुलो काटेर लैजानुपर्छ …

अलिकति निदाएको थियो कि रु –ब्यूझँदा कता हो कता हावा पानी फेरि चल्दै रहेछ। घरै उडाउला जस्तो गर्दैछस जुरुक जुरुक उचाल्दैछ। वरिपरिका रुखहरुमा ठोकिएर बजेको हावा–पानी भयानक भएर गर्जंदैछ …

उसले स्वास्नीलाई ब्यूँझायो :
“सारो हुरी चल्यो, कसो गर्नु हँ, माइली रु” कालेकी आमाले जवाव गर्न पाएकै थिइन, धडडड गरेर घरको भूइँ सब हल्लियो !
“के भयो, उठ उठ …”

टर्च टिपेर उ दैलो खोल्न पुग्यो। कालेकी आमा पनि आएर पछिल्तिर उभी। टर्च लाएर राम्ररी हेर्दा आँगनको एक पाखै ह्वात्तै धस्केर गएछ। एउटा किम्बुको रुख पनि बिस्तारै ढल्केर त्यै पहिरो गएको माथि लड्यो।

“अब कसो गर्नुहोला ! … ” ऊ डराएर रोई।
“तिमी जाऊ। केटाकेटीलाई उठाऊ।” वृष्टिको आवाजलाई उछिनेर उसले स्वास्नीलाई अह्रायो। स्वास्नी गएपछि टर्च मारेर उ दैलोमा उभिरह्यो, हेरिरह्यो …

ऐले कता कता त्यो वृष्टि र कुइरोभित्र उसलाई बिहान हुँदै आएको आशाको धमिलो प्रकाश देखे जस्तो लाग्यो। शंकाको निवारणमा घरभित्र डोकोले छोपेको ठूलो भाले पखेटा भ्याट्भ्याट् गर्दै बास्यो–
‘कुखुरी– काँ’,
‘कुखुरी इइइइ काँ  …’
***

बिहानै ढुङ्ग्रो काँधमा बोकेर बजार आउन लाग्दा कालेकी आमालाई बोराको घूम ओढेर फरुवाले आँगनमा भल काट्दै गरेको कालेको बाबुले कराएर सम्झायोस्
“काँटी– लामो काँटी ल्याउन नभुल्नु हैस ह्याँ दिनभरि सब ठोक्नुपर्छ !”

“सारो पानी पर्यो भने काले इस्कुल नजावस् आज”– भनिराखेर उ उकालो आई। आउँदा एक ठाउँ ढिस्कुना झरेर बाटो पनि रोकिएको रहेछ। बिहान सधैँ बाटोमा भेटिने कसैलाई पनि उसले आज भेटिन।

डेढ घण्टाजति पछि ऊ कचहरीनेर मोक्तान बाबुको दैलोमा आइपुगी। यहाँ आधा सेर खान्थ्यो। दूध भर्दैगर्दा “भित्र आएर बसन है एक छिन, एक प्याला तातो चिया खाएर जाऊ।।।” भनेर भर्खरकी केटी राम्री बाबुनीले दया देखाई। छाता मारेर दैलोमा ठड्याई कालेकी आमा भित्र पसी।

“के सारो चल्यो हावा–पानी रातभरि …” कालेकी आमाले भनी– “हामी त रातभरि झिमिक्क गरेका छैनौं !”

“हामी पनि त !” बाबुनीले भनी– “रातभरि हावाले यो खिर्की घिटिक घिटिक घिटिक घिटिक हल्लाईरह्यो– मलाई त निद्रै लागेन। कस्तो हावा चलेको त्यस्तो !”

“ए त्यति मात्तै पो ?” काली काली अनुहारकी गतिलो शरीरकी चालीस पुग्न आँटेकी कालेकी आमाले उपहासमा भनी– “हाम्रो झण्डै घरै उडाएको हावाले १ यहाँ त के, पैरोको डर छैन तिमारलाई। हाम्रो आँगन जम्मै लग्यो। अब घरै लानलागेको छ। पानी पर्यो भन्न पाउँदैनौं हामी, गाईलाई भोकै राख्न भएन, घास काट्न दगुर्नैपर्छ। राति निद्रा आएन भनेर दिउँसो सुत्न पाउँदैनौँ हामी …”

“भन्नु मात्रै त हामीलाई राम्रो छ नि …” बाबुनीले साँच्चै सहानुभूतिमा भनी– “छप्पर चुहिएर लुगाहरू किताबहरू सब बिगारिएको छ। यै बेला बिजुली बन्द हुन्छ। …”

“हैन हैन, हामीलाई हेरी केही आपद छैन तिमारलाई। … इः अब पानी पर्यो कि म याँ छु, घरमा के भयो होला भनेर मन भुट्भुटिन थालिहाल्यो… मेरा मकैहरू पनि सब भाँचिदियो हिजोको हावाले, क्यै राखिदिएन। …”

कालेकी आमा त्यहाँदेखि निस्की अरूतिर दूध बाँड्दै गई।

व्यर्थैमा हामीले बारी गर्ने भएर यो आपद बेसाएको– उसको मनमा लाग्दै आयो– नत्र सुखसँग बजारमै बसेका थियौं। महिना मर्नासाथ तलब पाउँथ्यो, सुरुबुरु पुगेकै थियो। केटाकेटीलाई स्कूल जानु नजिकस पानी भर्न जानलाई सिकसिको थिएनस सडक सजिलो राम्रो, न हावाको डर न पहिरोको डर। बित्थैमा नदुखेको कपाल बारी लिने भएर दुखाएको। …

यो बारी लिएको दिनदेखि फूर्सदको नाम छैन आफूलाई। औंलाहरू हँसियाले काटेर, हत्केला गोबर र धूलोले चिरिएर देखाइसक्नु छैन। जीउ–जीउ झुम्रो भएर गइसक्यो। एक दिन घर छाड्न सकिँदैन, टाढा घुम्न जाने कुरा त असम्भवको इच्छा। यत्तिकै जोतिएर मर्नुपर्छ।

यति जोतिएर मरिरहेको खालि यति खान र यति नै लाउनलाई न हो ? फेरि खान पनि के खाएका छौं औ लाउन पनि के लाएका छौं र ? अरुले देख्ला भनेर यो खानेकुरा लुकाउनुपर्छ, यस्तो लाएर लहरमा अरूसँग उभिन शरम लाग्छ …

मनमा उसको अनेक रिसहरूको हुरी चल्यो।
ऊ अब थानाको दोरङ्गाकाहाँ दूध दिन पुगी।

बन्द दरबाजाको ऐनामा ठक्ठकाएर ‘दूध’ भनेपछि एउटी मैलो जामा लाएकी केटी आएर दूध थापी। ठेकाभरको डेढ सेर हाल्दै गर्दा भित्रबाट दोरङ्गिनी कराईस्
“फाल्टु तीन सेर भोलि ल्याइदेऊ है, बोजु, खीर खानलाई। राम्रो ल्याइदेऊ है !”
एकछिन कुन्नि किन ढिलाएपछि उसले केटीलाई भनी पठाई :– “पुग्दैन अरे भन्दिनू। ठेक्का पुर्याउनै मुस्किल पर्दैछ। हावापानी चलेर।।।भोलि त आउँछु कि आउदिनँ। अरूको तिर खोज्न भन्नू।”
सुनिछ दोरङ्गिनीले र दरबाजामा निस्केर कालेकी आमाको भिजेको लुगाहरुलाई हेर्दै भनीस्
“तिमीले ल्याइदेऊ न। अरूकोमा म कहाँ खोज्न जानु यस्तो पानीमा रु तिमीले नै ल्याइदेऊ। दीपकको जन्मदिन छर पोत …”
“पुग्दैन …” थकित कुण्ठित स्वर उसको अन्तरबाट निस्क्यो। दोरंगिनीलाई उसले हेर्नलागि– कति सफा लुगाफाटा, कति सेतो अनुहार, हातहरू कति राम्रा। उसको लोग्नेलाई सुख छ, घरभरि चौकी पलङहरू र दराजमा सारीहरू। माटो हिलो छुनुपर्दैन, गोबर सोहोर्नुपर्दैन, हावापानीदेखि डराउनु पर्दैन।
“पुग्दैन … म भोलि यस्तै हावा–पानी भयो भने आउँदिन पनि।”
“हामी अनि त दिनभरि फिक्कै चिया खानु रु कस्तो कुरा गरेको रु ल्याइदेऊ है। जसरी पनि ल्याइदेऊ !”
कालेकी आमा केही नभनी सिँढीदेखि झरेर बजारतिर निस्की।
बाटोमा हिँड्दै उ आफैं फतफताईस्, अहँ, यसरी दिनरातको पहिरो र हावाको डरमा बाँचेर एक एकर जमिनको माटो वर्षमा दुइचोटि पल्टाएर जीविका गर्ने मेलो परिवारको हत्या हो। बेचिदिन्छु दुबै माऊ गाई र कोरलीहरू सब सोहोमोहो दाम मिलाएर। बारी पनि बेचिदिन्छु। घरको टिन र काठपात, गोठको पनि, सब बेचिदिन्छु। पाँच छ रुपियाँको सानो कोठा लिएर बजारैमा बस्छु। म चोकमा सागसब्जी बेचिहाल्छु– ठूलीकी आमालेजस्तो। उसले बढई काम, राज काम जानेकै छ। भएन चौकिदार काम पनि पाइहाल्ला, दुइटा छोराछोरीलाई हल्कै पार लाउँछु। म बस्दिनँ त्यस्तो शून्ने ठाउँमा …

निर्णय गर्न सकेपछि उसलाई मनमा ढुक्क लाग्यो। खुट्टाहरू दुखेको पनि हरायो। पानीले भिजिसकेको पनि अब उसलाई पर्वाह लागेन। त्यस्तै खुशी लागेर उ बीच गल्लीको भुजा दोकातिर गई। दुई आनाको चना मटर किनेर पोका झोलामा हाली। फूल मटर मात्रै किन्न आएकी एउटी दर्जिनीलाई कालेकी आमाले सोधी :
“तिमीहरू बसेको छेउछाउमा कतै कोठा खाली छैन, बैनी ?”
“छैन, किन दिदी, तिम्रो तिर पैरो गयो कि …?”
“हैन, म बजारतिर घर खोज्दैछु। पानी, टट्टी अलिक नजिक भाकोस दश पन्द्र रुपेसम्मको।”
“एउटा कोठा त छ”– खिनौरी दर्जिनीले भनी– “बिजुलीको अलग्गै दुइ रुपे गरेर बाह्र रुपे पो तिर्दै थियो एउटा मदिसेले। त्यो गयो। भोलि म खबर गर्छु नि, दिदी।”
“म आफै भोलि तिम्रोमा निस्किन्छु, यति बेलैतिर निस्किन्छु।”

उ त्यहाँदेखि छाता ओढदै मालगोदामतिर गई। अब दुइ ठाउँ दूध बाडेर फर्किनु थियो।

बीबी गुरुङको बरण्डामा पुग्दा त्यहाँ बिहानै घरभरि मानिसहरू जम्मा भएका थिए, दुइ तीनजना बाहिर उभिएर पनि छाता ओढेर बात गर्दैथिए। कालेकी आमा पछिल्तिरबाट घुमेर दूध दिन गई। के भयो होला उसले पत्तो पाउन सकिन। लोग्ने स्वास्नी दुइमाको एक जनालाई केही भयो होलास छोराछोरी छैनन्। मोटी स्वास्नी दिनभरि खडाउ बजाउँदै भित्र बाहिर गरिरहन्छे– एउटा सेतो बिरालु (निनी) बोकेर परपरको घरतिर पनि पुग्छ। लोग्नेको माथि लेडेन ला सडकमा ड्राइक्लिनको दोकान छ।

“के भयो रु किन मान्छेहरू भेला भाका ?” “उसले पल्लो घरबाट आएर दूध थापिदिने आइमाईसँग सोधी।
“निनीको आमा राती लडेर होशै छैन, बेहोश छ।”
“काँ लडिछ ?”
उसले सुनी– रातिको ठूलो पानीमा सेतो बिरालो दैलो थुन्दा बाहिर परेछ। कति म्याऊ म्याऊ करायो होला तर पानीले सुनिँदै सुनिएन। अलिक पानी थामिँदा बिरालोको खोजी भयो। बाहिर खोज्दा, कति बोलाउँदा पनि बिरालो आएन। तलतिर खोज्न जाँदा खडाउ चिप्लेर निनीकी आमा तल बाटोमा बजारिन पुगिछ। हतार हतार डाक्टर बोलाइयोस डाक्टर पनि छिटो आएन। ऐलेसम्म होश फर्केको छैन।

“जाबो बिरालोले गर्दा पो रछ त !” कालेकी आमाले बिस्तारै भनी– “यै हैन त्यो बिरालो ?”
सेतो बिरालो चुल्हाको तातोमा न्यानो मानेर भुत्ला चाट्दै बसिरहेको थियो।

कालेको आमा त्यसै त्यहाँदेखि उठेर हिँडिहाल्न सकिन। दैलोको काठमा बसिरही।
बस्दा बस्दै उसले लोग्नेचाहिँ रूँदै बाहिर आएको देखी। उसले सुनी– त्यो आइमाई मरिछ।
“कस्तो उदेक, हत्तेरी !” भनेर कालेकी आमाले ढुङ्ग्री झोला काँधमा भिरी।
चौकीदारनीको घरमा एक पावा दूध भरेर बटुको लिएर आएकी सानी छोरीलाई पनि अलिकति तुक्र्याइदिएपछि कालेकी आमा भूइँको बोरामा थ्याच्च बसी।

चौकीदारनीले तातिरहेको चिया उतारेर अँगेठीमा दूध बसाउँदै सोधीस् “बैनीहरूकोतिर कस्तो छ रु हुरीले सारो बिगार्‍यो होला है ! सखाप पार्‍यो होला …”

कालेकी आमाले के सम्झिरहेकी थिई, केही भनिन।
फेरि चौकीदारनीले भनी :
“यता बजारमा त क्यै आपद् छैन, कतै क्यै डर छैन। तर कमान बस्तीतिर कति दुक्ख छ, कस्तो बिजोग छ, मलाई थाहा छ। त्यै देखेर हाम्रा बाबुहरू बजार पसेका। …”

कालेकी आमाले ऐले अब अलिक बलियो भएर भनी:
“आपद् विपद् जहीँ पनि छ। हो, हुरीले बिगार्यो तर अब सबै ठीक बनाईहाल्छौ, कुनै नसकिने काम होइन त्यति गर्न। आफ्नो घर छ। गोठ छ, गोठमा गाईहरू छन्, बारी छ, बारीमा तीस चालीस झ्याङ बाँसहरू छ, गगून र नेभारोका रूखहरू छन्, काँक्राको लहरा आकासतिर जाँदैछ … हुरीले कति पो बिगार्न सक्छ र ?, इ अब गएर बनाइहाल्नुपर्छ। …”

अनि जिब्रो खुल्काउने तातो चियाको घुट्का हतारहतार निलेर ऊ बजारमा काँटी किन्न आइपुगी।

अनि मनमनै भन्दै थिई– एकदम ढिलो भइसकेछ, आज मलाई कालेको बाबुले मार्छ !
***
(‘विपना कतिपय’ बाट)

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 476
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

झगडा

February 6, 2024

केवल साक्षी

January 29, 2024

निष्कर्ष

January 9, 2024

बाध्यता

October 21, 2023

पश्चाताप

October 21, 2023

हैट, कति ठूलो मान्छे !!

October 8, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.