![]() -सम्पा. |
परदेशिएको कान्छो
छातीभित्र गाँठो पारेर
नयनभित्र आँसु र
सपनामा आशा लिएर,
सात समुद्रपारि
पाताल प्रवेश गरेर
वाध्यताका परिधिभित्र
खान्छ अनेकौँ हन्डर ।
विदेशिनुको शोक बोकेर,
शान्तिको खोजीमा
कर्मको खेती गर्छ हरपल,
विश्वासको पहाड़ चढेर
पुग्छ सगरमाथा
जित्छ जीवन डायस्पोरामा,
नेपाली भएर ।
वर्षिन्छन हीरा– मोती लगनका,
खुसी फल्छन्
नासिन्छन् पीड़ा
अनि मुस्कुराऊँछ ऊ निरन्तर
जित्छ जीवन डायस्पोरामा
नेपाली भएर ।