![]() |
१.
अर्को ‘राक्षस’ नाम धारण गरी आएछ सम्वत्सर
‘कोरोना’ किन हो अझै छ अररो बन्दै अटेरी तर !
आफ्नै सामु अदृश्य शत्रुसँग नै चल्दैछ सङ्घर्ष पो !
सारा विश्व रमाउने तवरले आओस् नयाँ वर्ष यो।
२.
मान्छे हुर्मत लिन्छ जो प्रकृतिको बन्दै सधैँ बैगुनी
पृथ्वी रोइरहेछ धर्धर जहाँ सारै बिरामी बनी
पृथ्वीको हुनसम्मको सकस यो थाम्नै नसक्ने भयो
सारा विश्व रमाउने तवरले आओस् नयाँवर्ष यो ।