![]() सम्पा. |
तल बग्छ माइखोला माथि इलाम बजार
चियासँगै हरियो भै समृद्धि छ हजार
स्वर्गजस्तो भूमि इलाम सधैँ हराभरा
श्रमसँग सुन फल्ने पाखा भित्ता गरा ।
वनभरि लालुपाते, बुकी, जाही जुही
लाली गुराँस, धुपी सल्ला सिपाहीँझैँ उभी
समृद्धिको भाका गाउँछन् डाँडा सजाएर
अर्को स्वर्ग कहाँ होला इलाम नभएर ?
वर पिपलको छहारीमा ढुङ्गे चौतारीमा
देउरालीमा, भञ्ज्याङमा मिल्ने शान्ति कहाँ
चार माई कल्कल गर्ने खोला होलान् कहाँ
अर्को स्वर्ग पक्कै छैन इलाम छोडी यहाँ ?
जरुवाको पानी स्वयम् अमृतको धारा
गाई दुध दिन्छन् दिन्नन् दिन्छन् अमृतकै धरा
बारी दिन्छ अन्न फल्न हैन सञ्जीवनी
किन अर्को स्वर्ग खोज्नु इलाम छँदै छ नि ।