कुञ्जल शुभेच्छु लुइटेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी बालसमीक्षकका रूपमा परिचित छन् । उनको बालसमीक्षाको कृति मैले पढेका किताब (२०८०) प्रकाशित छ । यस शृङ्खलामा उनको शास्वत पराजुलीको रातो जामा कृतिमाथि लेखिएको समीक्षा समेटिएको छ । यस समीक्षामा बालसुलभ ढङ्गले रातोजामा कृतिको पुस्तक समीक्षा गरिएको छ ।
सम्पा.
)ब्ुकको कभर कुञ्जलको वालमा छ– नेपालीमा नाम छ) नेपालीमा आइडी छ ।
रातो जामा शाश्वत पराजुलीको बालकथाको किताब हो । यो सचित्र बालकथा हो । यस किताबमा युवक श्रेष्ठले चित्र बनाएका छन् । ती चित्र पनि रमाइला छन् । यो किताब मेला कुब्स ललितपुर नेपालले प्रकाशन गरेको हो । यो किताब २०७१ सालमा प्रकाशन भएको हो । यस किताबको मूल्य १२० रूपैया रहेको छ ।
रातो जामा कथा सानी केटीको कथा हो । प्रमुख पात्रको नाम कतै पनि छैन । यसमा म पात्र बाहेक बाबा, आमा, माइजू, मामा पात्रहरू छन् । यस किताबमा एउटा कुकुर पात्र पनि रहेको छ । बजारमा भेटिएका बाबाका चित्रकार साथी पनि पात्र भएर आएका छन् । पिङ खेल्न गएका ठाउँमा खेल्न आएका मानिस पनि पात्र बनेका छन् ।
रातो जामा कथाकी प्रमुख पात्र म पात्र हो । म पात्रलाई पहेँलो लुगा मनपर्छ । उनकी आमाले रातो जामा किनिदिनुहुन्छ । सानी नानीलाई त्यो रातो जामा पन पर्दैन । सानी नानीको कुरा कसैले सुन्दैन । मन नपरी नपरी रातो जामा लगाएर सानी नानी दशैँमा मामा घर जान्छे । ऊ माघा घर पुग्ने बित्तिकै माइजूले यसो भन्नुहुन्छ : ‘कति राम्रो लुगा लगाएकी । पुतलीजस्ती देखिएकी छौँ (पृ. ५) ।’ माइजूको यो कुराले सानी नानीलाई रातो जामा मन पर्न थाल्छ ।
मामा घर छेउमा ठुलो पिपलको रुख हुन्छ । त्यस रुखमा पिङ हालेको थियो । मामाले नानीलाई पिङमा चढाएर खेलाउनुहुन्छ । उनी खेल्दा खुब खुसी भएर खेल्छिन् । पिङबाट ओर्लने बेलामा जामामा अल्झिएर लड्छिन् । पिङ खेल्न आएका अरू मान्छेले त्यति लामो जामा लगाएर खेल्ने हो त ? भन्छन् । यस कुराले नानीलाई फेरि जामा मन पर्दैन । तर उनलाई चोट लाग्दैन । उठेर जामाको धुलो झारेर हिँड्छिन् ।
अर्को एक दिन बजार जाँदा उनी रातो जामा लगाउँछिन् । उनका बाबाले कति राम्रो जामा भनिदिनुहुन्छ । त्यासो गर्दा उनलाई फेरि जामा मन पर्न थाल्छ । बाटामा एउटा कुकुरले भुक्तै लखेट्छ । उनी भाग्छिन् । बाबाले कुकुर धपाइदिनुहुन्छ । उनलाई फेरि जामाका कारण कुकुरले भुक्यो जस्तो लाग्छ । त्यसपछि फेरि उनलाई जामा मनपर्न छोड्छ ।
बजारमा बाबाका ठुला चित्रकार साथी भेटिन्छन् । उनलाई सानी नानीले टेलिभिजनमा पनि देखेकी हुन्छिन् । ती चित्रकारले पनि सानी नानीलाई कति राम्री भन्छन् । उनले पनि कति राम्रो जामा भनिदिन्छन् । त्यसपछि सानी नानीलाई फेरि जामा मन पर्छ । त्यसपछि उनलाई जामा राम्रो रहेछ भन्ने लाग्छ ।
सानी नानी नयाँ वर्षका दिन उनले फेरि रातो जामा लगाइन् । उनलाई त्यो जामा ठिक्क भएछ । आमाले उनलाई तिमी हलक्कै बढ्यौ भन्नुहुन्छ । उनी तीन अमल बढिसकेकी हुन्छिन् । त्यस बेला उनी जामा लगाएर ऐनामा हेर्छिन् । ऐनामा हेर्दै भन्छिन् : आहा यो रातो जामा कति राम्रो । उनी ऐना हेर्दै भन्छिन् : आहा! मलाई मन पर्यो– मेरो रातो जामा । मलाई खुब सुहाएको छ– यो रातो जामा । (पृ. १६) अन्तिममा नानीलाई रातो जामा मन परेको छ ।
इो बिताब साना बालबालिकाका लागि उपयोगी छ । किताब पनि सानो छ । किताबमा जम्मा १६ पाना छन् । यसपालि म हलक्कै बढेँ रे (पृ. १५) भनेका ठाउँको हलक्कै अलि अफ्ठ्यारो शब्द परेको छ । यसको अर्थ छिटै बढीछ भन्ने हो । यी सानी नानीको नाम भएको भए कथा अझ राम्रो र सम्झन सकिने हुने थियो । अरू भाषाशैली पनि बुझिने खालको छ । चित्र हेर्दै पढ्दै गर्दा रमाइलो लाग्छ ।
रातो जामा किताब साना बालबालिकाका लागि लेखिएको हो । यसमा बनाएका रङ्गनि चित्रले किताब पढ्न प्रेरणा दिन्छन् । आवरण चित्रमा नानीले रातो जामा लगाएर पिङ खेलिरहेको तस्बिर छ । यो तस्बिर किताबकै सबैभन्दा मनपर्दो तस्बिर हो । भित्र पहिलो पेजमा ह्याङ्गरमा रातो जामा झुन्डाएको तस्बिर छ । त्यसपछि दशैँभरि लामो जामा लगाएको र नयाँ वर्षमा ठिक्कको जामा लगाएके तस्बिर छ । तस्बिर हेर्दै जाँदा पनि धेरै कुरा बुझिन्छ । यति राम्रो पुस्तक लेखेकामा शाश्वत पराजुलीलाई धन्यवाद । त्यत्तिकै राम्रा चित्र बनाएकामा युवक श्रेष्ठलाई धन्यवाद । राम्रो पुस्तक छापेकामा मेला बुक्स ललितपुरलाई पनि धन्यवाद ।