|
भादगाउँले कती राम्रो मेरो शिरको टोपी
लाएपछि मलाई लाग्छ दशैँ आको हो कि
दौरासुराल लगाएर पिङ खेल्न जाँदा
तिहारको याद आउँछ सेलरोटी खाँदा ।
पढ्न लेख्न सिकेर नै ज्ञानी मान्छे बन्छन्
अशल मान्छे बन्नु पर्छ बाआमाले भन्छन्
सबका कुरा सुन्छु म त ज्ञानी मान्छे बन्न
पढ्न लेख्न पाएको छु भगवान मैले धन्न ।
हजुरबुबा भन्नु हुन्छ टोपी हाम्रो सान
ठुलाहरूको कुरा सुन ज्ञानीगुनी बन
आदर गर्छु कुरा सुन्छु भनेको म मान्छु
राम्रा राम्रा कुराहरू म भाइलाई भन्छु
दौरासुराल शिरमा टोपी मलाई मन पर्छ
नेपालको राष्ट्रपोशाक देशको गौरव बढ्छ
शिरको टोपी जस्तै मलाई प्यारो हुन मन्छ
भेदभाबविना सबको प्यारो बन्न मन्छ ।
बिर्तामोड, झापा, नेपाल
