SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » रोल नम्बर एक : चोर हुँ जस्तो !
बाल प्रतिभा

रोल नम्बर एक : चोर हुँ जस्तो !

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 20, 2021No Comments14 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

मदन पुरस्कार विजेता एवं ‘मर्यादित महिनावारी’ की सामाजिक अभियन्ता राधा पौडेलको बाल्यकालीन संस्मरण ‘रोल नम्बर एक’ पुस्तक बजारमा आएको छ । यसअघि पौडेलको ‘खलङ्गामा हमला’ पुस्तकले मदन पुरस्कार पाएको थियो ।

पौडेलका मर्यादित र सुरक्षित महिनावारीका विषयमा तीन पुस्तक प्रकाशित भइसकेका छन् । ‘रोल नम्बर एक’ उनको पहिलो बाल्यकालीन संस्मरण हो । सांग्रिला बुक्सले प्रकाशन गरेको यो पुस्तकको मूल्य २७५ रुपैयाँ छ ।

‘रोल नम्बर एक’ समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पीडाहरुको कथा हो । बाल्यकालमा अब्बल बन्ने र छोरीहरुलाई हेर्ने हेयात्मक दृष्टि बदल्ने लेखकको सपना यो पुस्तकमा समेटिएको छ । महिला र पुरुषबीच समानताको चाहनाले बाल्यकालमै अंकुरित विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झाँगियो भन्ने पौडेलले पुस्तकमा व्याख्या गरेकी छिन् ।

‘रोल नम्बर एक’ पुस्तकको एउटा अंश यहाँ प्रस्तुत गरिएको छ ।

चोर हुँ जस्तो !

काम गर्न खुब रमाइलो लाग्थ्यो । मैले पहिला ठ्याक्कै के काम गरें भनेर सम्झिन भने सक्दिनँ । पहिलो सम्झिएको काम थियो सोह्र सत्रवटा बाख्रा हेर्नु । त्यसमध्ये कम्तिमा पनि पाँच छवटा पाठापाठी हुन्थे । एउटा बाख्राले बढीमा तीन चारवटा पाठापाठी पाउँथे । धेरैले चाहिँ दुईवटा पाउँथे । पहिलो पटक पाउनेले भने एउटा मात्रै पाएको सम्झिन्छु ।

अलिक ठुलो भएपछि मेरो काम पनि ठुलो भयो । कम्तिमा पनि आठ दशवटा भैंसी र गोरु हेर्नु पथ्र्यो । स्कुल भएका बेला कुनै पनि हालतमा स्कुल जानु पथ्र्यो । त्यसपछि काम गर्ने चलन । छुट्टीको बेला बाख्रा भैंसी जे भए पनि जङ्गल लानुपथ्र्याे । दिनभरि चराएर, कहिले ठुलो घोल त कहिले बिस हजार तालसम्म पुगेर पानी खुवाएर फर्किन्थें । फर्किंदा कहिले स्याउला, कहिले दाउरा त कहिले झिक्रा लिएर आउँथें ।

छुट्टी छैन भने स्कुलबाट आएपछि पर्ती जग्गामा ती भैंसी गोरm चराउन जान्थें । सिँचाइको विकास भइसकेको थिएन । त्यसैले आकाशे पानीको विकल्प हुने नै भएन । रोपाइँ गर्ने समयलाई ध्यानमा राखेर बर्खे छुट्टी हुन्थ्यो । सानो छ“दा दिदीहरु, आमाबा पर्म लगाउन जानु हुन्थ्यो भने मेरो काम घर कुर्ने र घरको काम गर्ने हुन्थ्यो । घरको काम भनेको झरी होस् वा घाम सबै भैंसी र गोरmलाई घाँस काटेर पु¥याउनु पथ्र्याे । हुनत बिहान मेला जानुअघि दिदीहरुले एकदुई मुठा वा भारी घाँस काटेर जानु हुन्थ्यो । कहिले काहिँ काटेको घाँस घर ल्याउन भ्याउनु भएन भने त्यो घाँस घर ओसार्ने, गोबर फाल्ने, सोतर ओछ्याउने मैले नै गर्नु पथ्र्यो । ओहो कलिलो बन्सो घाँस खाएको भैंसीको गोबर त गह्नाउने मात्रै हैन सोहोर्न पनि गाह्रो हुन्थ्यो । मान्छेको पखाला लागेको आची जस्तो । गोब्य्रायाउँदा पनि पटट… पटट… आवाज निकाल्ने । अनि टाढैबाट सुनिने । गोबर सोहोरेको दुईतिन घण्टापछि पनि हात झुक्किएर नाकको छेउतिर पुग्यो भने कलिलो बन्सोको गन्घ
दिमागसम्मै पुग्थ्यो ।

अलिक ठुलो भएपछि आमा दिदीहरुसँग पर्म लगाउन जान थाले“ । आफ्नो रोपाइँ हुनुअघि र पछि कम्तिमा पनि एकदुई घण्टा हिँडेर जग्गाधनीकोमा रोप्न जान्थेँ । अरुले बाह्र रुपैयाँ पाउँदा मैले भने आठ रुपैयाँ मात्र पाउँथें । कोही गाली गर्थे कोही माया पनि गर्थे । कहिलेकाहिँ त बितण्डा नै हुन्थ्यो । घरधनी बडो घमण्डका साथ छाता ओढेर आली आली हिँड्दै आउँथे । चोर औ“लाले मलाई इंगित गर्दै भन्थे, “यिनलाई फर्काउनू । ओठ निच¥यो भने आमाको दूध आउला जस्तै छ, मेला आउनु पर्ने !” यसको आसय म केटाकेटी नै छु । मलाई न रोप्न आउँछ न सक्छु नै भन्ने थियो ।

बाउसे गर्न आएको खेताला आलीको डिल डिल हिँडेको देखे पनि मेरो मुटुले ढ्याङ्ग्रो ठोक्थ्यो । निधारमा चिट चिट पसिना छुटेको सजिलै थाहा हुन्थ्यो । पसिना आँखामा पथ्र्याे र पोल्थ्यो । अनि एकछिन पछि सिँगान बग्न थाल्थ्यो । सिँगान तान्दा रोएर सिँक्क सिँक्क गरेजस्तो मेरै कानले सुन्थ्यो । आपूm विचरा भएको जस्तो, हीनताबोध हुन्थ्यो । अनि आफैंप्रति रिस र लाज दुवै लाग्थ्यो ।

जग्गाधनी वा घरमुली वा घरधनी को हो ठ्याक्कै थाहा हुन्थेन अर्थात् म चिन्दिनथेँ । विशेष गरी गङ्गा भाउजू, सानु भाउजू र मसिनी भाउजूहरुसँग यसरी मेला भर्न जान्थेँ । उहाँहरु आमाका मिल्ने साथी हुनुहुन्थ्यो । प्रायः जसो उहाँहरुले मलाई आपूmहरुको बिचमा राखेर रोप्न लगाउनु हुन्थ्यो । रोपो बराबरीको दुरीमा हार मिलाएर छिटो छिटो रोप्दा आफ्नो मेलो सर्लक्क छुट्टिने र सबैले सजिलै चिन्न सक्ने भएकोले म हरपल आपूmलाई फुच्ची भए पनि रोप्न सक्ने गनिन प्र्रयत्न गरिरहन्थेँ । केही गरी ढिलो भैहाले भने पनि भाउजूहरुले मेरो मेलो तानेर सघाउनु हुन्थ्यो ।

बेला बेला डिलडिलै, ठुलो स्वर गर्दै, धारे हात लगाउँदै घरधनी आएको सङ्केत उहाँहरुले दिनुहुन्थ्यो, म अलिक सेलाएको भए पनि रिचार्ज गरे जस्तो कस्सिएर मेलोलाई फेरि उस्तै र दुरुस्तै बनाउँथे ।

उसो त सबै घरधनी एकैनासे कहाँ हुन्थे र ? म अहिले पनि सम्झन्छु —एकचोटि घरबेटीले थर्काएर मलाई हिल्याएको गरोमा जाने अनुमति दिएनन् । मैले सुँकसुकाउँदै मेलो नबनाएको गरोमा उभिएर आँखा मिच्दै, आँशुको स्वादसँगै चित्त पोलाउँदै बस्नु बाहेक अन्य केही गर्न सकिनँ ।

घर फर्कौं न त भने पनि म एक्लै फर्कने अवस्था पनि थिएन । वर्षा मासको हिलो बाटो, पातला घरहरु । कतै मकै र तिल बारीले मान्छेको अनुहारै नदेखिने, कतै कलभर्ड नराखेको पानीको भेल । कतै हेर्दै डरलाग्दा पुरmषहरुको अट्टहास । म पूर्ण निराशाको मनस्थितिमा उभिइरहें ।

घरधनी केहीबेर फलाके । मैले सबै राम्रोसँग बुझ्दा पनि बुझिनँ । मकैको भात छड्के झैं एकछिन फत्फत् गरेर कता हराए कुन्नि ? त्यही मौका पारेर मलाई मेलो सर्दै गरेको गरोमा भाउजू र छिमेकी आमाहरुले डाक्नु भयो ।

चेइ चेइ भनेर बोलाउँदा कुकुर पुच्छर हल्लाएर, आज्ञाकारी बनेर गए झैं म पनि लुरुलुरु गएँ । तिनै नुनिला आँशुको उर्जामा घिक्क घिक्क गर्दै मेलो अघि बढाएँ । मेरो रङबिहीन तातो आँशु र सिँगान चिसो हिलो पानीमा तप्प तप्प खस्यो । मेरो स्वाभिमान, मेरो श्रम पनि धमिलो पानीमा बिलायो ।

दिनभरी एक तमासले आमालाई सम्झिरहें । सायद मेरी आमा पनि सँगै आउनुभएको भए मेरो यो दुर्दशा हुँदैनथ्यो कि ! दौडिएर आमाको काखमा लुकेर, कुरा लाउन मन थियो । डाँको छोडेर रुन मन थियो । फेरि सम्झें, आफ्नै मनलाई सम्झाएँ– आमा नै नहुनेहरुको जिन्दगी झन् कति बिरसिलो होला !

जाडोको छुट्टीमा बर्षभरिलाई पुग्ने दाउराको बन्दोबस्त गर्ने चलन थियो । म पनि दाउरा खोज्न दिदी र छिमेकी आमाहरुसँग जङ्गल जान्थेँ । तर आमा सधैं सँगै हुनुहुन्थेन ।

ठुलो घोलतिर जाने भए गङ्गा भाउजूहरुसँग, बरुवातिरको जङ्गल जाने भए साहिँली दिदी, माहिली दिदी र बिन्दु भाउजूहरुसँग जाने चलन थियो । कतिपय बेला त सङ्गीता, बराइनी र सिता दिदीसँग म र उषा दिदी जङ्गल जान्थ्यौं ।

केटी केटीको ग्याङमा जानुको मतलब अर्कै थियो । फटाफट जङ्गलको मुखैमा, पुलिस चौकी पछाडि जाने । सटासट दुईतीनवटा सर्लक्क परेको लाथ्रा वा हुर्कंदै गरेको वा आफूले ढाल्दा नियन्त्रण गर्न सकिने सालको रुख काट्ने । भारी पु¥याउने । भर्खरको लाथ्रा वा हुर्कंदै गरेको रुख भएकोले बिस टुक्रा दाउराले नै भारी पुग्थ्यो । भारी हेर्दा सानो र दाउरा सबै सर्लक्क मिलेको देखिन्थ्यो तर उत्पातै गह्रौँ ।

बाघ, भालु, गैंडा, बँदेल, बाँदर, जरायो तथा सर्प बेला बेलामा भेटिए पनि तिनीहरुको न डर लाग्थ्यो न त परवाह नै । तर पुलिसको चिन्ता त सपनामा पनि भैरहन्थ्यो । जङ्गलको मुख काट्ने बेला पुलिसले देखे भारी फालिदिने, खुर्पा खोसिदिने, नाम्लोको बोरियो काटिदिन्थे । आमाहरुले सिकाए झैं पुलिसले खाना खाने मौका पारेर वा वल्लोपल्लो मुखमा गएको बेला पारेर हामी कुद्दै जङ्गलको मुख काट्थ्यौं ।

यसरी मुख मात्रै काट्न सक्दा पनि सगरमाथा चढे बराबरको खुसी र सफलताको अनुभूति हुन्थ्यो । यसरी दिनको तिन खेपसम्म पनि गर्ने चलन थियो । सालको रुखलाई हुर्कन कति सास्ती रहेछ अहिले बल्ल थाहा हुँदैछ । त्यतिबेला के थाहा र ! अहिले पनि त्यतिबेलाको आफ्नो अपराध सम्झेर ग्लानि भैरहन्छ । लामो दुरीको बसमा हिँड्दा बाटोमा देखिने सालका रुखहरुले मलाई अपराधी भनेर चोर औंलाले देखाएको अनुभूतिले एक्लै लाज लाग्छ, चोर हुँ जस्तो लागिरहन्छ ।

चैत बैसाख ताका खुब हावा हुरी आउँथ्यो । राति आएको छ भने झिसमिसेमा नै जङ्गल पुग्थ्यौं । बिहान आएको छ भने दिउँसो पुग्थ्यौं । नजिक हुने, बल हुने, घरमा छोरा मानिस हुनेहरु नजिकै ढलेका रुख वा भाँच्चिएका हाँगाहरु जति सक्दो धेरै ओगटेर बस्थे । कसैले त साना बच्चा लगेर रुख ओगट्थे भने कतिले सारी फुकालेर जङ्गल नै मेरो हो भन्न पनि पछि पर्थेनन् ।

सबैले छोडेका, बाङ्गाटिङ्गा, हाँगाबिँगा बटुल्न मात्रै पनि खुब उत्साहका साथ जङ्गल गइन्थ्यो । सम्पत्ति, छोरा, निरोगी बाउ आमा जस्ता अवस्था इज्जत वा ठुलो घराना वा शक्तिको रुपमा पुनः प्रयोग भइरहन्थ्यो । चैत बैशाखमा प्रायः खडेरी पर्ने अनि जङ्गलमा आगो लगाउने हुनाले हरियो परियो र पानीको हाहाकार हुन्थ्यो । कहिले साना बचेरा त कहिले फुल पोलिएका हुन्थे । यस्तो देख्दा मनै कटक्क काटिएर आउँथ्यो । सानो वा कमजोर देखेर मलाई कसैले यसरी नै जबर्जस्ती पोली पोली मा¥यो भने मलाई कति दुख्थ्यो होला भनेर मलाई जति डर लाग्थ्यो त्यति नै मेरा बाआमा, दिदीहरु, भाइलाई कति पीडा हुन्थ्यो होला भन्ने सोचेर एकदम नरमाइलो लाग्थ्यो । कहिलेकाहिँ त जङ्गलमा लागेको आगो हावाले उडाएर आफूतिर नै आएको सपना देखेर अतालिँदै उठेको पनि थिएँ ।

कहिलकाहिँ घाँसपात नै खाएर जिउनु पर्ने चित्री, गै“डा जस्ता जनावर पनि अतालिएर हामीसँग ठोक्किन आइपुग्थे । अझ कहिलेकाहिँ त भौंतारिएर हाम्रो घरतिर पनि आइपुग्थे । म घरिघरि आफैं अलमल पर्थें । किताबमा भनिएको थियो – यो पृथ्वीमा मानिस सबैभन्दा बुद्धिमान जनावर हो । तर किन बुद्धि कम भएका जनावरलाई घरिघरि मानिस दुःख दिन्छन् ?

जङ्गल जाँदा पानीको व्यवस्था जङ्गलमा नै गर्नुपथ्र्यो तर खडेरीका कारण मूल वा कुवा सुकेर ज्यादै सास्ती हुन्थ्यो । खोल्सा खोल्सामा, कताकति बचेका र पलाउँदै गरेको पात हातमा लिएर काकाकुल बन्दै हिँडिन्थ्यो । धमिलो हिले पानी मात्रै पाउन पाए पनि के के न पाए जस्तो हुन्थ्यो । धमिलो पानीलाई हत्केलाले वा त्यही पातले हलुका यसो पतिङ्गर पन्छाएर, पातले उबाएर, एकछिन यसो सङ्लिन दिएर, घुट्को निल्दा शरीरमा कस्तो तागत आउँथ्यो ! त्यही पानीले बाक्लो थुकले ट्याप ट्याप परेको ओठ एकछिन भिजाउन पाउँदाको स्फुर्ति र मज्जालाई शब्दमा व्याख्या गर्न म आज पनि सक्दिनँ ।

एकप्रकारले जङ्गलको जीवन पनि रमाइलो थियो । कालीमाटीको घोलतिर पुगेपछि जमुना तथा क्यामुना खान पाइन्थ्यो । मलाई जमुनाभन्दा नि क्यामुना मन पथ्र्यो । गाढा बैजनी रङको सानाखाले गुच्चा जत्रो दाना तर टिप्न सक्ने हैन । लठ्ठीले हान्दा होस् वा आफैं झरेका तर हेर्दा ताजा लाग्ने टिपेर खान सक्नु नै मेरो उपलब्धि हुन्थ्यो । तर, बोक्रा र पात पनि मिठो गरी बसाउने चाहिँ जमुना हो । मलाई तिनको फलभन्दा बोक्रा मिठो लागेर बोक्रा नै चपाई दिन्थेँ भने मुन्टा चुँडेर मुठीभित्र कच्याककुचुक पार्दै माडेर वासना सु“घ्दै हिँड्थेँ ।

आफैंले मजाले डालो नुघाएर पाकेपाकेको खान सक्ने त अँगेरी हो । यसको बासना जमुना र क्यामुनाभन्दा फरक र मिठो लाग्ने क्या ! लामो लामो सर्लक्क परेका औंलाजस्तो पात हुँदै टुप्पो रातो, कलेजी, पहेंलो आदि रङ मिसिएर फल्ने फल । खाइसकेपछि पनि मुखमा बैजनी रङ दिने, आम्मामा ! रङ मात्रै देखाउन सकियो भने पनि अँगेरी भेटेको धाक लगाउन पाइने ।

अझ स्वादको कुरा गर्दा त नुन खुर्सानी मोलेर सुकाएर दाना–दाना बनाएको होस् वा सखर राखेर बनाएको अचार होस् वा माडा बनाएको होस् वा पहेेंलो पहेंलो वा रातो दाना होस् मलाई मन पथ्र्यो बयर । तर, सानो रुख भए नि बयर चाहिँ टिप्न सारै गाह्रो लाग्ने । आँखाले फल मात्र देख्छ काँडा देख्दैन । आँखाले देख्दा नदेख्दै, मनले भने खाइसक्छ । त्यसैले लोभिएर हात बयरसम्म पुग्न हतार गर्दा नगर्दै बयरले हात मात्रै रगताम्मे बनाउनुअघि मुख, घाँटी कोतरेर, चिथोरेर झल्याँस्स ब्युँताउने । अनि त लोभी हात बयर टिप्नुअघि नै छोड्नु पर्ने । हाम्रो नजिकैको जङ्गलमा त्यति धेरै पाइन्थेन । भालेको डाकोसँगै शनिबारको दिन पारेर गाउँका दिदी, साथी, भाउजूहरु गोद्य्राङतिरको जङ्गलमा जानुहुन्थ्यो बयर टिप्न । केही मानादेखि पाथीसम्मका पोकाहरु लिएर साँझ मात्रै फर्कनु हुन्थ्यो उहाँहरु ।

जङ्गलमा सानो सानो झाडी आउनेबित्तिकै पाइने भनेको दहीकाम्लो र अर्चले हो । केही खानै नपाएका बेला त्यही खान पाउनु पनि ठुलो कुरा हुन्थ्यो । भैंसी चर्न थालेका बेला दायाँ बायाँ दहीकाम्लो र अर्चले खोज्ने । साथीलाई बाँड्ने र धेरै भए घर पनि ल्याउने गर्थें । अर्चले त सुकाएर धुलो बनाउँछन रे । अमिलोको सट्टामा अचारमा राख्न मिल्छ रे भन्नु हुन्थ्यो आमा । अझ भक्याम्लो पाए त झन् वेश । यसलाई पकाएर चुक अमिलो नै बनाउन मिल्छ रे । अझ निबुवाको भन्दा पनि राम्रो हुन्छ भन्थे ।

सबैभन्दा अग्लो रुखमा फल्ने चाहिँ बर्रो हो । बाहिर बोक्रा, त्यसपछि कडा खोल अनि भित्र मिठो, गुलियो गुदी । दाउरा खोज्दै हिँड्दा दाउराभन्दा पहिले बर्रो खोज्ने दाउ हुन्थ्यो । कहिलेकाहिँ बा“दरले बाहिरको बोक्रो खाएर दाना दाना बनाएर छोडेको थुप्रो नै भेटिन्थ्यो । झन्डै एकदुई माना बर्रो भेट्नेलाई भाग्यमानी मान्थे साथीहरु । ढुङ्गा माथि ढुङ्गा वा खुर्पाको धारको पछाडिको भागले फुटाएर वा कडा काठमा सानो प्वाल बनाएर बर्रोको दाना त्यहाँ अडाएर खुर्पा वा ढुङ्गाले फोरेर खाइन्थ्यो । एक–दुई दाना मात्रै भेटेर खान पाउँदा पनि दिनभरिको भोक मेटिन्थ्यो ।

कहिलेकाहिँ पुरानो वा अरु कुनै कारणले बर्रो फोर्दा कुहिएको प¥यो भने कस्तो नमिठो अनि नरमाइलो लाग्थ्यो । कता हो कता मन हो कि, पेट हो कि, छाती हो यही हो भन्न नसक्ने गरी चसक्क का“ढाले घोचेझैैं दुख्थ्यो दिनभरि नै । अर्को पटक त्यसरी नै बर्रो खोजेका बेला फेरि त्यस्तै कुहेको पर्छ कि भनेर कता कता डर पनि लागिरहन्थ्यो । हावाहुरीले बर्रोको रुख नै पल्टाएको, ढालेको रुख फेला पर्यो भने त बर्रोको धनी ! डोकामा बोकिएर बर्रो घर पुग्थ्यो ।

त्यहीबेला छुटेर हो कि कसरी हो घरमा बर्रोको रुख नै भयो । कहिले ठुलो होला र खाने होला भनेर कल्पिँदै गर्दा बाले नयाँ घर बनाउने बहानामा बर्रोको रुख नै काटिदिनु भयो । पुरानो, थोत्रो घरको दुःख भन्दा बर्रो खान नपाएको कुरोले पो मलाई धेरै दिनसम्म पीर पारिरह्यो । अहिले सम्झँदा आफूलाई नै म कति सोझी र अज्ञानी थिएँ भन्ने लाग्छ ।

किसानको परिवार भएकोले केही न केही काम भई नै रहन्थ्यो । केही छैन भनेको बेला पनि काम भ्याइ न भ्याइ हुन्थ्यो । बिहान घाम उदाएदेखि स्कुल जाने बेला वा नौ बजेसम्म गोबर फाल्ने, भैंसी गोरmलाई पानी खुवाउने, पराल हाल्ने काम गर्थें । बेलुका स्कुलबाट आएपछि पनि त्यही काम । कहिले घाँस काट्ने काम गर्थें । बाआमाले हामी साना–ठुला सबैलाई कामको बाँडफाँड गरिदिनु हुन्थ्यो । त्यसैले हामी सबै झैझगडा नै नगरी आफ्नो काम फटाफट गथ्र्यौं ।

दिदीहरुको भन्दा मेरो केही थप र अलि फरक काम पनि थियो । बाको दुध बेचेको हिसाब किताब राखिदिने । कहिलेकाहीँ ब्याजमा ल्याएको ऋणको हिसाब किताब गरिदिने । त्यतिबेला सयकडा तीनदेखि पाँच रुपैयाँ प्रति महिनाको दरले ब्याज तिर्नु पर्ने हिसाब हुन्थ्यो । पछि थाहा पाएँ, यो ब्याजदर त अचाक्ली पो रहेछ ।

काम जे पो होस, म पढ्दै हिँड्थेँ । आलीको डिलमा बसेर चिच्चाई चिच्याई पढ्थें । हिँड्दा पनि दुनोट वा अङ्ग्रेजी घोक्दै हिँड्थेँ । अरुहरुले के भन्छन्सँग केही, कुनै मतलब नै गर्दिनथेें ।

केटाकेटीमा खेलिने भनेका वा मेरा साथीहरुले खेल्ने खेल मैले धेरै खेलिनँ वा खेल्ने अनुकूल परेन । मलाई मनपर्ने र प्रायः खेल्ने भनेको डण्डीबियो थियो ।

डण्डीबियो दुई थरिको खेलिन्थ्यो । करिब ५÷६ इन्चको बियो जसको दुवैतिर तिखारेर चुच्चो बनाइएको हुन्थ्यो । बियो भुइँमा राख्दा चुच्चो परेको भाग केही उठेको हुन्थ्यो । करिब एक मिटर लामो डण्डी वा लठ्ठीले उठेको भागमा बिस्तारै हान्दा बियो उफ्रिन्थ्यो । म कम्तिमा पनि दुई पटक डण्डीले प्याट प्याट हानेर तेस्रो पटक जति सक्दो टाढा पु¥याउन कोसिस गर्थें । जति टाढा पु¥यायो उति धेरै पोइन्ट बनाएर खेल जित्ने दाउ हुन्थ्यो । म जित्थेँ पनि ।

अर्को तरिकामा भने बियोलाई खोपी जस्तो सानो खाल्डो जमिनमा खनेर राखिन्थ्यो । आफ्नो विपक्षी साथीहरु बियोलाई समात्न वा फर्काउन सम्भावित ठाउँतिर बसेका हुन्थे । म डण्डी अड्काएर साथीहरुलाई झुक्याउँदै बियो फाल्थेँ । जति टाढा फाल्न सकियो उति धेरै पोइन्ट प्राप्त हुन्थ्यो । मलाई साथीहरुको बियो ट्वाङ्ङ हिर्काएर उनीहरुतिर फर्काउन सकेको बेला क्या मजा लाग्थ्यो ।

त्यसो त थोत्रो मोजा वा कपडाको पोकोबाट बनाएको फुटबल, कपर्दी पनि खेल्थेँ । कहिलेकाहीँ घरमा गट्टा मात्रै पनि खेल्थेँ । तर घरभित्र खेल्दा भने मलाई त्यति मजा लाग्थेन ।

स्कुलमा जसरी पनि अब्बल हुनुपर्ने सपना मनमा गढेकोले हो कि क्या हो पढ्नुको जति मजा केहीमा पनि लाग्दैनथ्यो ।

बेलुकाको खानापछिको धन्दा भ्याएर दिदीहरुसँगै पढ्थेँ । घडी नभएकोले आमाले कुखुरा बासेपछि वा शुक्रतारा हेरेर बिहानै उठाइदिनु हुन्थ्यो । अनि दिदीहरुसँगै घाम झुल्किने बेलासम्म पढ्थेँ । त्यसो त कहिलेकाहीँ त रातीसम्म वा राती नै उठेर काम गर्नु पनि पथ्र्यो ।

मलाई घरभित्रको कामभन्दा घरबाहिरको काम धेरै मन पथ्र्यो । सबैभन्दा गाह्रो काम खाना पकाउन लाग्थ्यो । केही गरी खाना पकाइहालें भने पनि पस्केर अरुलाई दिन मनै लाग्थेन । मैले पकाएको मिठो छैन, अब कसैले खान्नन् कि भन्ने डर लागिरहन्थ्यो । केही गरी सबैले खाना मिठो गरी खाइदिए भने भित्रभित्रै खुसी लाग्थ्यो । गदगद हुन्थेँ ।

मजस्ता स्कुले केटाकेटीको मुख्य काम त मिहिनेत, लगनशील भएर पढ्ने र केही खेल्ने नै हो । तर अवस्थाअनुसार बा, आमा, गुरm, साथीहरुलाई सघाउनु पर्दछ । सबैले मिलिमिली काम गर्न पाएको बेला झनै रमाइलो हुन्छ । काम गर्दा पनि धेरै कुरा सिकिन्छन् । किताबमा पढेका धेरै कुरा मिल्छन् । म पनि आमाले भन्नु भएको कुरा जहिले पनि सम्झिन्थें – काम भएन भने पो दुःखी हुने हो । फेरि बा सधैं सम्झाउनु हुन्थ्यो – काम ठुलो सानो केही हुँदैन । चोर्नु, ठग्नु पो अपराध हो ।

निष्ठाले गरे एकदिन सफल भइन्छ । म पनि आफूलाई ठिक लागेको काम एक्लै भए पनि गर्थें । सबैले गरेको काम रहेछ भने पनि सधैं उस्तैगरी वा अरुले गरे झैं नगरेर फरक फरक तरिकाले गर्ने कोसिस गर्थें । के के गरेर आफ्नै पाराको, नयाँ तरिका वा प्रक्रियाबाट गर्थें । साथीहरु कोही भन्न डराउँथे त कोही भनिहाल्थे – राधा तिमीले गरेको ठिक छ त ? म दृढ आत्मविश्वासका साथ जवाफ दिन्थेँ – किन नहुनु, नतिजा एकै भएपछि के फरक प¥यो ? किन डराउनु प¥यो र ? मेरो यसरी नै काम गर्ने बानीले यहाँ पुगिसकें । विश्वास छ अझै टाढा पुग्न सक्छु ।

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 658
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

शाश्वत पराजुलीको रातो जामा

December 7, 2023

नेपालको शान

June 26, 2023

किसान र भगवान्

June 17, 2023

मेरो टोपी

January 15, 2023

नबिराउनु नडराउनु

January 15, 2023

हाम्रो प्यारो दशैँ

October 9, 2022

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.