दिव्य गिरी नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनका दर्जनौँ रचनाहरू साहित्यसागरमा प्रकाशन भइसकेका छन् । यहाँ उनको ‘भ्रष्टहरू’ शीर्षकको मुक्तक रचना समेटिएको छ । यसले देशमा मौलाएको भ्रष्टाचार र तस्करीको अन्त्य हुनुपर्ने कामना गरेको छ ।
-सम्पा. |
कति भ्रष्टहरूको मात्र बखान गरेर बस्ने
कति तस्करको मात्र वयान गरेर बस्ने
देश भ्रष्टाचारी र तस्करकै बिर्ता भयो
कहिलेसम्म अपराधीको सम्मान गरेर बस्ने ?