सदीक्षा अर्याल दिपिन अर्याल र सविता रेग्मीकी सुपुत्री हुन् । उनी विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । उनी शैक्षिक पाठ्यपुस्तक बाहेक साहित्यमा पनि रुचि राख्छिन् । साहित्यसागरको यस श्रृङ्खलामा उनको ‘मेरो देश’ कविता प्रस्तुत गरिएको छ । कविताले नेपालको बहुलताको वर्णन गरेको छ । –सम्पा. |
हिउँले सेतो हरियो वनले अन्नले पहेँलो
प्रकृति अनि संस्कृति साहस सबैमा पहिलो
दक्षिणतिर धानका बाला उत्तरमा हिउँ फुल्छ
हिमालको हिउँ नदी भई बग्दा सबैको मन भुल्छ ।
ढुकुरले प्रीत कोइलीले गीत कविता नदीले
सिकाउँछ र त जन्माउँछ कवि रम्घाका पाखाले
लेकमा नाच्ने नौरङ्गी डाँफे नेपालको पहिचान हो
सर्वोच्च शिखर सगरमाथा देशको शान हो ।
बुद्घको ध्यान कृष्णको लीला मनमै राखेर
अनेक धर्म एकताबद्घ ईश्वर भाकेर
सगरमाथा शिरमा बसी मुसुक्क हाँस्दछ
नेपाली हामी वीरको रगत नशामा बग्दछ ।
नेपालमा पनि विकासका लहर फैलाउँदै लानु छ ।
गरिब दुःखी अशक्त सबलाई सहयोग गर्नु छ
युवाको जमात नेपालमै बसी भविष्य कोर्नु छ ।
विश्वकै सुन्दर नमुना देश नेपाललाई पार्नु छ ।
टपक्क मुटु सुटुक्क चोर्न हिमाल जान्नेछ
हिमाली सूर्य मिर्मिरे बिहान पिरती गाँस्नेछ
परिश्रम गरे पसिना झारे नेपाल बन्ने छ
स्वर्गीय सुख पाउने स्थान नेपाल बन्ने छ ।