रेशा थापा काञ्जीरोवा नेसनल स्कुल, कोटेश्वरमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । उनी रविनसन थापा र वासना थापाकी सुपत्री हुन् । उनी साहित्य रचनामा रुचि राख्छिन् । यहाँ उनको ‘बा’ शीर्षकको कविता रचना प्रस्तुत गरिएको छ । कविताले कर्मठ र मायालु बुवाको चित्रण गरिएको छ । -सम्पा. |
तिमीलाई सबैभन्दा बढी डर लाग्ने सत्य के हो ?
बाको मृत्यु
सुन्न मन नलाग्ने कुरा ? बाको रुवाई ।
बासँग जान मन लागेको ठाउँ ? चिता ।
अनि बाको काँधमा कत्तिको बस्न मन छ ?
अहँ बालाई पीडा हुन्छ ।
बा बलिया छन् बहादुर छन् भनेर सधैँ सबैले आमाको काख रोजे
तर बाको काँध
मलाई त बाको काखमा निदाउन मन छ
म बाको काखमा निधाऊँ उनी मेरो कपाल सुम्सुम्याउन , खाना खुवाइदिउन्
बा जहिले पनि पीडा लुकाएर बलियो अनि दमदार हुन खोजे
हाम्रा अघि आखिर बाको निर्दोष लाग्ने कोमल मनको रूप कस्तो हुन्छ ?
यो देख्न मन छ ।
बाको दुःखबाट बग्ने पसिना कस्तो हुन्छ त्यो हेर्ने मन छ ।
बा जत्तिको हुन कति सङ्घर्ष गर्नुपर्छ ? यो जान्न मन छ ।
बा तिमी जिम्मेवारीको बोझ नउठाऊ , अब म उठाउँछु ।
घरको चिन्ता नलेऊ, अब घर धान्ने पालो मेरो
म सानो हुँदा मेरा अनगिन्ती रहरहरू पूरा गर्यौ ।
अब तिम्रो इच्छा पूरा गर्ने पालो मेरो ।
बस् अब तिमी गाह्रो भयो भनिदेऊ ।
म सब थोक गरिदिन्छु, तिमी यो गर, भन तिमी त्यो गर भन
म बेफिक्रीले गरिरहने छु ,
तिम्रा असीम त्यागलाई म हृदयमा सजाइरहने छु ।
कक्षा – ९
काञ्जीरोवा नेसनल स्कुल,
कोटेश्वर, काठमाडौँ