रितेश पौडेल बालप्रतिभा हुन् । उनी रामकृष्ण पौडेलर सङ्गिता पौडेलका सुपुत्र हुन् । हाल कक्षा – १० मा लोयल्टी एकेडेमी, एकता बस्ती, काठमाडौँ मा अध्ययनरत यी प्रतिभाको साहित्यिक अभिरुचि लोभलाग्दो छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा रितेश पौडेलको ‘भाभुभक्त आचार्य’ शीर्षकको कविता प्रकाशित छ । यस कविताले भानुभक्तकै जीवनीलाई सार्थक विम्बहरुबाट प्रस्तुत गरिएको छ ।
-सम्पा. |
धनञ्जयका ती एक्ला सन्तान तनहुँ चुँदीमा
जन्मेर चम्क्यो नेपाली साहित्य श्रेष्ठ हुन् कविमा
घाँसीको विचार सुनेर केही गर्नु छ भनेर
साहित्य क्षेत्र सुधार्दै गए मेहनती बनेर ।
आचार्य कुलको बलेको दियो ती आदिकवि हुन्
धार्मिक निष्ठा भएकी माता धर्मावती आमा हुन्
रामायण जस्तो धार्मीक ग्रन्थ नेपाली भाषामा
अनुवाद गरी सबैलाई दिए चस्मा भैँ आँखामा ।
गुरुकुल शिक्षा लिएका कवि चम्किए विश्वमा
प्रख्यात भए पाएर पदवी रहेर नेपालमा
हामीले पनि मेहनत गरी नेपालको सेवामा
गर्नु छ काम नगरी अल्छी मलजल मेवामा
आफू मात्र अघि बढ्ने यिन्को काम होइन
यिनीसँगै घाँसी देख्छु पछि पर्या छैन ।
श्रमजीवी व्यक्ति पनि अघि बढी राछ
हामी पनि अघि बढ्ने अब बेला भाछ ।।
हामी पनि अघि वड़ने अब वेला भादगा
कक्षा – १०
लोयल्टी एकेडेमी,
एकता बस्ती, काठमाडौँ