नायुमी खनाल नेपाली साहित्यमा नयाँ प्रतिभा हुन् । कक्षा आठमा अध्ययनरत यी प्रतिभा जिनियस आइ. बि. वल्र्ड स्कुल, लुभु, ललितपुरमा अध्ययनरत छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘हरेक दिन म उठ्छु’ शीर्षकको कविता समेटिएको छ । यस कविताले सूर्य र चन्द्रमालाई चेतना वा प्रकाश वा उज्यालोको विम्ब बनाई आफू जागृत हुने विचार अभिव्यक्त गरेको छ । -सम्पा. |
हरेक दिन म उठ्छु
हरेक दिन म उठ्छु, प्रार्थना गर्छु, यहाँका एक मुष्ट आँखा
हरेक दिन म उठ्छु, प्रार्थना गर्छु, यहाँका एक मुष्ट आँखामा
रहेका आँखाहरु आज पनि खुले
हरेक दिन म उठ्छु, प्रार्थना गर्छु, यहाँका एक मुष्ट आँखामा
रहेका आँखाहरु आज पनि खुले
हरेक दिन म उठ्छु ।
घाम ढल्यो
घाम ढल्यो, कदापि मेरो स्वाँस अर्को दिनलाई चल्यो
घाम ढल्यो, कदापि मेरो स्वाँस अर्को दिनलाई चल्यो
यो रात पछिको उज्यालो देख्न पाउँछु भन्ने आशामा हात जुध्यो
घाम ढल्यो, कदापि मेरो स्वाँस अर्को दिनलाई चल्यो
यो रात पछिको उज्यालो देख्न पाउँछु भन्ने आशामा हात जुध्यो
घाम ढल्यो ।
अर्को दिन हेर्न देऊ
अर्को दिन हेर्न देऊ, अँगाल मलाई
अर्को दिन हेर्न देऊ, अँगाल मलाई
आशीर्वादको न्यानोमा कबल आज घामलाई बिदा दिए
अर्को दिन हेर्न देऊ, अँगाल मलाई
आशीर्वादको न्यानोमा केबल आज घामलाई बिदा दिए
भोलिको साथी घाम नै भए, दैवको सृष्टि धन्य छ
अर्को दिन हेर्न देऊ ।
चन्द्रमा उठ्यो
चन्द्रमा उठ्यो, राति सोचले सतायो
चन्द्रमा उठ्यो, राति सोचले सतायो
भएका सम्झनाले कर्तव्य जगायो
चन्द्रमा उठ्यो, राति सोचले सतायो
भएका सम्झनाले कर्तव्य जगायो
मैले फेरेका प्रत्येक स्वाँसको ऋण तिर्न
मेरा तन र मन सधैँ तत्पर गरायो
मैले फेरेका प्रत्येक स्वासको ऋण तिर्न
मेरा तन र मन सधैँ तत्पर गरायो
चन्द्रमा उठ्यो ।
कक्षा – ८
जिनियस आइ. बि. वल्र्ड स्कुल,
लुभु, ललितपुर