बालिका कार्की कक्षा आठमा अध्ययनरत बालप्रतिभा हुन् । उनी गोविन्द कार्की र अनिला कार्कीकी सुपुत्री हुन् । उनी लाइसियम प्याराडाइज स्कुल, पेप्सीकोला, काठमाडौँमा अध्ययनरत छन् । उनी बाल्यकालदेखि नै साहित्यिक अभिरुचिका साजै सिर्जनामा रुचि राख्छिन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘देशभक्ति’ शीर्षकको लोकलयमा संरचित कविता समेटिएको छ । यस कविताले देशभक्तिको भावना अभिव्यक्त गरेको छ । -सम्पा. |
पुर्खाले लडी जोगाएको तराईं पहाड हिमाल
साँच्चै स्वर्गको टुक्रा हो, यो मेरो देश नेपाल ।
सगरमाथा शिखर, हाम्रो आँखाको नानी हो
बुद्ध भूमिमा जन्मने, म त क्या भाग्यमानी हो ।
सिपाही बनी राष्ट्रको सिमाना रक्षा गर्नेछु
झुक्दिनँ दुश्मनसँग त मरे बरु मै मर्नेछु ।
सिकेर सिप अनेक, भर्नेछु बुद्ध देशमा
गर्दछु गर्व सधैँ म आफ्नो भाषा र भेषमा ।
हेर त मेची र काली मेरै दाँया र बाँया छ
मलाई त मेरो भन्दा नि, यो देशको धेरै माया छ ।
भन्दिनँ देशले के दियो सकुञ्जेल दिन्छु
म पुज्छु मेरो माटोलाई ढोगेर हिँड्छु देशलाई ।।
कक्षा – ८
लाइसियम प्याराडाइज स्कुल,
पेप्सीकोला, काठमाडौँ