आर्यन उप्रेती कक्षा नौमा अध्ययनरत छात्र हुन् । सूर्योदय सकेन्ण्डरी बोर्डिङ स्कुल, घट्टेकुलो, काठमाडौँका छात्र उप्रेती सानैदेखि साहित्यमा रुचि राख्ने प्रतिभा हुन् । उनका कविता पत्रपत्रिकामा प्रकाशन नभए पनि उनी विद्यालयका कार्यक्रमहरूमा पुरस्कृत हुँदै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘भानु’ शीर्षकको कविता समेटिएको छ । यस कविताले भानुभक्त आचार्यलाई विषय र विम्ब पनि बनाई भानुको महिमागायन गरिएको छ ।
– सम्पा. |
बिर्सनै नसक्ने ती
कलाका सारथी तिमी
कलाको जादु बोकेर
प्रेम रस बन्यौ तिमी
भाषाभित्र भाषा
गौरव ज्ञान हौ तिमी
ज्ञान गङ्गाभित्र हौ तिमी
सारथी सभ्यताका
चिनार नै हौ तिमी
काँडाबीच फुल्ने
गुलाफको फूल हौ तिमी
घाँसीको प्रेरणाबाट बसन्तको लाली छर्ने
नेपाली भाषाको हरियाली पनि तिमी
सुन्दर फल पनि तिमी
कविको कवि भाव तिमी
कलामा पोख्दछौ तिमी
सधैँभरि मनको राजा
हृदयमा बस्छौ तिमी
के नाम दिउँ आज
व्रहमायढको माझमा
जुन नाम दिए पनि
सिर्जना नै हो तिमी
पौरखीको आँखाहरूमा
दिव्यताको भाव बोल्दा
नेपाली भाषाका सिर्जना हो तिमी
नेपाली भाषारूपी अस्पतालमा
आत्मा उडेको बखतमा
सास हाल्ने तिमी नै हौ
हामी नेपालीको तन मनमा
भानु तिमीले शुभ सङ्कल्पको आँगनमा
शुभ संस्कारको बीज रोपेर
तिमीले दिएको शुभ आर्शिवाद
शुभभावनामा परिणत गर्दै
विश्वलाई आज
देखाउनु छ ।
शुभ घडी शुभ दिन शुभ समाचार
बोकेर असुरक्षित अभद्र, अमानवीय
संस्कार परीवर्तन गर्नु छ ।
अब हामीले कोइलीको धुनमा बोल्दै
लाली गुराँस, डाँफे, मुनाल
धर्ती भरी झुलाउनु छ
रगतका धारा हैन अब
दुध र घिउका नदी बगाउनु छ
शङख, चत्र गदा पद्मधरी
विष्णु भएर तिमी जस्ता
(धेरै भानु जन्माउनु छ)२
सूर्योदय से. बो. स्कुल,
घट्टेकुलो, काठमाडौँ