सुतृष्ण पौडेल कक्षा आठमा अध्ययनरत छात्र हुन् । उनी ऋषिराम पौडेल र पद्मा पौडेल) का सुपुत्र हुन् । रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारी, काठमाडौँ कक्षा – ८ मा अध्ययनरत यी प्रतिभाको साहित्यिक अभिरुचि लोभलाग्दो छ । उनले विद्यालयस्तरीय प्रतियोगितामा विजयी बनी पुरस्कार हात पारिसकेका छन् । यहाँ उनको मेरो ‘सङ्कल्प’ शीर्षकको कविता समेटिएको छ । यस कविताले देशको असल नेता बनेर समाज र देशको परिवर्तन गर्ने चाहना अभिव्यक्त गरेको छ । मुक्त लयढाँचामा प्रस्तुत यो कविता निकै आकर्षक पनि रहेको छ । -सम्पा. |
आमा ! म यस्तो
नेता बन्दै छु
नवीन नेल्सन मन्डेला बनेर
कहिले हात्ती छाप सुनको
कहिले कालो,
कहिले गोरो बनेर
नाटक गर्नेलाई ठेगान
लगाउने छु ।
आमा !
म देशमै माली
गाईको दुधको
खिर बनाउने चेष्टा गर्छु ।
मुर्रा भैँसीमा लोभिन्न र
सहिदहरूको सपना पूरा गर्न
लाग्ने छु ।
आमा !
म मार्टिन लुथर किङ्ग
बनेर,
हिमाल, पहाड, तराईले
एकै पल्ट सुन्ने गरी
शंखघोष गर्छु कि
पाएदेखि
देशै बेच्नेहरू
अब समयको कठघरामा उभिने छन्
आÏनो असली रूप
देखाउने छन् ।
आमा ! म नवीन
बट्र्रान्ड रसेल बन्ने छु र
धर्मको नाममा समूह
फुटाउन खोज्नेलाई
साबधान गराउँदै
वशुधैव कुटुम्बकम्” को
पाठ सिकाउने छु ।
मलाई पराइको
सहयोग पनि चाहिन्न
आमा !
अथाह जलस्रोत
मेरै पेटभित्र छ ।
यत्ति चाहन्छु कि
मभित्रका खजानाहरूमा
कसैको आँखा
नलागोस् ।
मेरो हजुरबुबाले कहिले
नबताउनुभएको
भ्रष्टाचारको डरलाग्दो लहर
अवश्य छिन्छ आमा ।
म यस्तो
नेता बन्दै छु
जस्को हुँकारबाट
ख्याकहरू लाखापाखा
लाग्ने छन् ।
र आमा
म नवबुद्ध बनेर
पुनः एकपटक
प्रेमको
वीजारोपण गरी
सत्यम्, शिवम्, सुन्दरम्को
पवित्र
वातावरण निर्माण
गर्ने छु ।
कक्षा – ८
रिपुमर्दिनी सैनिक महाविद्यालय,
बाँसबारी, काठमाडौँ