प्रनेश थापा कक्षा दशमा अध्ययनरत छात्र हुन् । उनी कान्तिपुर इं. हाइ स्कुल, धुम्बाराही, काठमाडौँमा कक्षा दशमा अध्ययनरत छन् । उनी किशोर थापा र सम्झना थापाका सुपुत्र हुन् । उनका विभिन्न रुचिहरूमध्ये एक साहित्य सिर्जना पनि हो । साहित्यसागरको प्रस्तुत शृङ्खलामा थापाको ‘आदिकवि भानुभक्त’ शीर्षकको कविता समेटिएको छ । यस कविताले लोकलयमा भानुभक्तको कृतिगान गरेको छ ।
-सम्पा. |
नेपालका आदिकवि भानुभक्त हाम्रा
रामायण भक्तमाला लेखेका छौ राम्रा
घाँसी दाइले तिमीलाई दिए अरे अर्ति
त्यै अर्तिले राखिदियो तिम्रो ठुलो कीर्ति ।। १ ।।
तिम्रा राम्रा कविताले हाम्रो मन छुन्छ
सरल छन् कविता ती पढौँ पढौँ हुन्छ
धन्य भानु ! यो नेपाली भाषा जगाइ दियौ
भाषा अनि देशभक्तिको बाटो लगाइ दियौ । २ ।।
असारको महिनामा जन्मिएका तिमी
जन्मदिन मनाउँछाँैं सधँै तिम्रो हामी
उच्च राख्ने हाम्रो भाषा, हाम्रो देशको शान
हाम्रा प्यारा कविलाई सधँै गर्छौं मान ।। ३ ।।
प्यारा कवि, ज्ञानी गुणी प्रेरणाका खानी
तिम्रै बाटो लिई हामी बन्न सकौँ ज्ञानी
भाषाभक्त, रामभक्त आदिकवि तिमी
श्रद्धाले शिर झुक्छ हाम्रो देशभक्त भनी ।। ४ ।।
छोडेर त गयौ तिमीले संसार आफ्नै घर
तर पनि याद आउँछ तिम्रो बारबार
फेरि पनि जन्म लिई यही देशमा आऊ
सधँैंभरि नेपालको गौरवगाथा गाऊ ।। ५ ।।
कान्तिपुर इं. हाइ स्कुल,
धुम्बाराही, काठमाडौँ