इलामे जेठो विशिष्ट इलामेली स्रष्टा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको ‘नारीबिना’ शीर्षकको मुक्तक रचना समेटिएको छ । यस रचनाले केही मात्रामा लेखककै आत्मकथ्य र आम रुपमा नारीको महत्त्व उजागर गरेको छ ।
-सम्पा. |
पारिवारिक आनन्दको, पल हुन्न है नारीबिना ।
समस्यामा समाधानको, हल हुन्न है नारीबिना ।
इञ्जिनको अभावमा यन्त्र ठप्प भएजस्तै
जीवन गाडी चलाउन बल हुन्न है नारीबिना ।
माई नगरपालिका -१०,
लुम्बाक, इलाम।