डी.बी इलामे मोफसलमा रहेर निरन्तर साहित्य साधना गरिरहेका प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको नयाँवर्षसम्बन्धी एउटा कविता समेटिएको छ । यस कविताले नयाँ वर्षले सबैमा खुसी ल्याओस् भन्ने कामना गरेको छ । यस कविताले २०७९ त्यति राम्रो नभएको र अब यस्तो नहोस् भन्ने प्रार्थना गरेको छ ।
-सम्पा. |
लाग्यो वाक्क र दिक्क आज मनमा सम्झी पुराना कथा
सङ्लो स्वस्थ विचार शान्ति तनमा, बन्दै नपाई सदा
माछो बस्छ कहाँ उजाड जगमा, पानीविना सर्वदा
मान्छे टिक्छ कसो गरी अब यहाँ दुर्भाग्य भोगी सदा ।
००
देखिन्नन् नवचेतना मुलुकमा, ऐश्वर्य लाग्ने कुनै
छन् कोही विरलै पछाडि रहने, कुण्ठित् बनेका तिनै
मुर्खैको यिन राज भो यदि भने, होला र के उन्नति
जाला इज्जत मान शान सव त्यो,भोग्दै अरू दुर्गति ।
आओस् वर्ष नया ंनयां प्रकृतिको,उद्योग धन्दा लिई
गर्दै जावस कर्म कर्मठ बनी, यो विश्व व्यापी भई
सद्कर्मीहरू एकसाथ हुन गै, जागून् सदा प्रेमले
बाधा अड्चनका पहाड नबनुन्, बाटा खुलून् चेतले ।
००
देखूँ निन्य म ता यसै मुलुकमा, बन्धुत्वप्रेमीहरू
नाता प्रेम कतै टुटेर रिपु भै बस्दै नबस्नेहरू
गाली श्राप, विकास हैन बुझ यो, हो नै न सानै कुनै ।
यस्तो तुच्छ निकृष्ट वर्ष अब चैँ देख्दै नदेखूँ कवै ।
-इलाम