तुलसीप्रसाद भट्टराई (इलाम) मोफसलमा रहेर साहित्यसेवा गरिरहेका छन् । उनी हाल झापालाई कार्यक्षेत्र बनाएर साहित्य र समाजसेवा गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘बेकुफ’ शीर्षकको कविता समेटिएको छ ।
-सम्पा. |
म अग्लो छु
म गोरो छु, सुन्दर छु
म विद्वान् हुँ
मलाई सबैले मानेको छ
म ठुलो मान्छे हुँ
म धनी छु
मैले ठानेको छु
म नै सर्वोपरि हुँ
म नै यो संसारको
अकबरी हुँ
म असल छु
म राम्रो छु
यस्तै के के ठानेर
ठुलै हुँ भनेर
निकै गजक्क परेको थिएँ
फुरुङ्ग भएको थिएँ म
तर अचानक
यसो हेरेको त
म भन्दा ऊ राम्रो रहेछ
अनि भन्दो रहेछ
लाज नभएकोबेकुफ !!