निर्मलरमण पराजुली युवापुस्ताका सशक्त कवि प्रतिभा हुन् । उनी गद्य र पद्यशैलीका कविता रचना गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘एक दिन माटोमै मिल्नु छ’ शीर्षकको कविता समेटिएको छ । यस कविताले मानव जीवनको क्षणभङ्गुर यथार्थको उद्घाटन गर्दै मानवीय चेतना अभिव्यक्त गरेको छ । -सम्पा. |
मानव जन्म
परोपकारी भावनाले
ओतप्रोत छ तर
अहङ्कारमा
लिप्त हुने गर्दछ
दुखी मानव देखे
मानवता भुल्दछ
रमिते भई निर्दयताको
सर्बदा प्रदर्सन गर्दछ
सहयोगी भा कविता –
एकदिन माटोमै मिल्नुछ ….
मानव जन्म
परोपकारी भावनाले
ओतप्रोत छ तर
अहङ्कारमा
लिप्त हुने गर्दछ
दुखी मानव देखे
मानवता भुल्दछ
रमिते भई निर्दयताको
सर्बदा प्रदर्सन गर्दछ
सहयोगी भावना छैन
अरूको हित गर्दैन
आफ्नै स्वार्थमा
सधैं रम्न जान्दछ
पशुतुल्य व्यवहार गरेर
ज्ञानी हुँ भनी छातीमा
मानिसको तक्मा
भिर्न जान्दछ
कोही अगाडि बड्न खोजे
खुट्टा तान्दछ
आफू ठुलो अरू सानो
देखाउन जान्दछ
मानवता बिर्सिए
मानव भईन्न
मानिस भनेर सधैं
आफ्नै उपहास गर्न जान्दछ
कस्तो दुर्भाग्य हो मानवको
मानव भयर
आफ्नै रातो रगतमा
खेलवाड गर्दछ
दुई दिनको चोला हो
माटोबाट निर्मित
भेदभाब नगर
एकदिन माटोमै मिल्नुछ ..!!!
ना छैन
अरूको हित गर्दैन
आफ्नै स्वार्थमा
सधैं रम्न जाँन्दछ
पशुतुल्य व्यबहार गरेर
ज्ञानी हुँ भनी छातीमा
मानिसको तक्मा
भिर्न जाँन्दछ
कोही अगाडि बड्न खोजे
खुट्टा तान्दछ
आफू ठुलो अरू सानो
देखाउन जाँन्दछ
मानवता बिर्सिए
मानव भइन्न
मानिस भनेर सधैँ
आफ्नै उपहास गर्न जान्दछ
कस्तो दुर्भाग्य हो मानवको
मानव भएर
आफ्नै रातो रगतमा
खेलवाड गर्दछ
दुई दिनको चोला हो
माटोबाट निर्मित
भेदभाब नगर
एकदिन माटोमै मिल्नुछ ..!!!