आकाश अधिकारी युवा पुस्ताका सक्रिय कवि एवम् नाटककार प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका विभिन्न अङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उको धमिलो चित्र शीर्षकको कविता समेटिएको छ । यस कविताले देशमा समृद्धिको सपना नारामै सीमित भएको पक्षलाई उजागर गरेको छ । -सम्पा. |
चिसो बढेको छ।
पोहोर हिँउदमा छिमलेर राखेका
सल्लोका दाउरा सल्काउनु छ।
अनि !
आंग सेकाउनु छ।
पटपटि् चर्केका पैताला तताउनु छ।
जसरी हुन्छ चिसो भगाउनु छ।
ताँउलोभरि पानी तताएर
यो हिँउदमा नुहाउनु छ।
……××……
कमाउन खाडी गएको छोरो
घरमा फर्केको छैन्!
पढ्न गएकी छोरी गाउँमा फर्केकि छैनन्!
माइत गएकी बुहारी
ससुराल मा फर्केकी छैनन्!
यो,दम्पती भरियाको सपना!
बिपना बनेर आएको छैन।
……××……
झरिले मक्किएको धुरीखाँबो!
डाँडा ,भाँटा र पालि सगै खसेपछि!
चिसो हिउँदे रात!
गजब भएको छ।
भरिया दम्पती!
जून र ताराहरूको साम्राज्य नियाल्दै!
जाग्राम बसेकाछन रातभरि।
हरेक रात नियाल्दैछन्
जिन्दगीको सुदूर भबिस्य।
…××…
सयौं कोष टाढा एउटा शहर छ!
जहाँ हजारौं अग्ला दरबारहरू छन।
त्येहि दरबार भित्र बसेर।
केहि बुँख्याचाहरू कोर्दै छन्।
एउटा धमिलो चित्र।
अनि !
माथिल्लो भागमा लेखिदैछ।
समृद्ध देशको
धमिलो चित्र ।
तनहुँ