साहित्यसागरको प्रस्तुत शृङ्खलाको सम्पादकीय सत्यमोहन जोशीमा समर्पित छ । उनी नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । यस शृङ्खलामा जोशीको एउटा कविता ‘खोला’लाई पहिलो कविताका रूपमा समेटिएको छ । यस कविताले खोलालाई विम्ब बनाई प्राकृतिक पक्षको उजागर गरेको छ ।
-सम्पा. |
डाँडा काँडा वन सब डुली, भीरका खोंचबाट
बाटो खोज्दै हुनुहुनु, गरी फार्छ है झारपात
ठक्कर खाए यदि बगरमा, भर्छ गाना रमाई
उल्ला पाए पनि नजिकमा लान्छ बाटो बनाई ।
हाँगाबींगाहरू सब झरे फ्याँक्छ दायाँ र बायाँ
साना ताराहरू तल झरे, जान्छ खेलाइ छायाँ
घुम्दा डाँडा वरिपरि डुली, मोतिको बन्छु माला
मर्दा नाच्तै तलतिर बमी, सर्प झैँ गर्छ चाला ।
ठूला साना फनन भुमरी, घट्ट जस्तै घुमाई
खाना फोका फरफर उस, फुट्ट राम्रो उठाई
माछा कीराहरू पनि सबै, भित्रभित्रै नचाई
सर्द लड्दै हररर गरी, बाछु नाची, कराइ ।
साथी खोजी पुलहरू डुली, खेल्छ हाँसेर नाची
बारीलाई मल जल दिई, जान्छ शोभा बनाई
साथी देखे. परतिर यत, हर्षले सास फेरी
नाची हांसो सहज यसरी हिंड्छ केले नफर्की ।