कुञ्जल शुभेच्छु लुइटेल नवोदित बाल प्रतिभा हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी निरन्तर पुस्तक समीक्षा र कविता बालगीत आदि सिर्जना गर्दै आएका छन् । यहाँ उनको एउटा असारसम्बन्धी कविता समेटिएको छ । -सम्पा. |
बियाडको बिउ राम्रो
आली लाको खेत
रोपाहार बाउसेको
काम राम्रो बेस ।
असारमा सबै राम्रो
गोरुलाई दुःख
मिसिन हलो किन्नु पर्यो
किसान दाइ अब ।
सबै जना रमाउँछन्
दाँदेमाथि चढ्छन्
हह भन्दै गोरुलाई
लौरो लगाउँछन् ।
ऐया भन्न नजानेर
कुद्छन् बरा गोरु
निकालिद्यौ सरकार
उपाय क्यै अरू ।
मैले पनि दाँदे चढी
रमाइलो गरेँ
गोरुलाई दुःख भयो
म नि दुःखी भएँ ।
कक्षा ७
युनाइटेड एकेडेमी, ललितपुर