दुर्गा नेपाली नवोदित कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी समसामयिक विषयवस्तुमा जीवन्त कविता रचना गर्न सक्छिन् । प्रस्तुत शृङ्खलामा उनको उत्पीडनको लाभा शीर्षकको कविता समेटिएको छ । यस कविताले उत्डीडित समुदायका आवाज बोलेको छ । -सम्पा. |
किनलाई जोतेर
फसल भित्र्याउँछन तिनीहरू
सर्वहारा बिद्यार्थी झोसेर
प्रोपोगन्डा चलाउँछन तिनीहरू
धोती र टोपीलाई औँल्याएर
राष्ट्रियता साँध्छन् तिनीहरू
लिपुलेक कालापानी धमिल्याएर
राजनीतिक रोटी सेक्छन् तिनीहरू ।
सिद्धान्त , बिचार र रणनीति कागजमै
सत्ताको लागि एकै ठाउँमा रमाउँछन् तिनीहरू
समानताको कुरा त देखाउने दाँत मात्र
वर्ग बिचलनभित्र रमाउँछन तिनीहरू
धार्मिक सहिष्णुता भएको देशमा अछुत भनी
मान्छेको वलिदिने पिडकलाई बचाउँछन् तिनीहरू ।
जाग ए ! स्वाभिमान मरेकाहरू
अन्यायले सीमा नाघिसक्यो
घात प्रतिघातको खै के बखान गरौँ
सामन्तवाद त पहिले नै संविधानमा मरिसक्यो
आऊ त्यसका अवशेषहरूको मलामी जाउ
बृहत् शान्तिको उद्घोषले
शान्त पार्न नसकेको नेपाली मन
उत्पीडनले रापिएको
लाभा उम्लिने हृदय
कहिल्यै मान्छे हुन नपाएको पिड़ा!
मार्क्सवादको छायामा परेको छुवाछुत
सद ासदाको लागि हटाउन
आऊ ! परमादेश पस्किएर खानेहरू ।
सामन्तबादको समूल अन्त्य गर्न
बिभेदरहित समाज निर्माण गर्न
आउ फेरि एकजुट हौं ।
कानेपोखरी ६ रमाइलो मोरङ्ग